पछिल्लो अपडेट: अप्रिल 21, 2024
Utilitarianism (“युटिलिटारियानिजम्”; अर्थ, उपयोगितावाद) एउटा दर्शनशास्त्र हो जसले, अझ व्यापक रूपमा भन्नुपर्दा, यो सिकाउँदछ कि मानिसहरूले त्यस्ता जुनसुकै कार्यको खोज गर्नुपर्दछ जुन कार्यले सबैभन्दा उचित भलाइ ल्याउँदछ । निश्चय नै, “भलाइ” भन्ने विचारचाहिँ फरक-फरक मानिसहरूका निम्ति फरक-फरक कुराहरूको माने हुँदछन्, जुन तथ्यले नै अन्त्यमा समालोचनाहरूमा डोहोर्याउने तथा तत्वज्ञानमा फेरबदल ल्याउनेतर्फ पुर्याउँदछ । जेरेमी बेनथाम (Jeremy Bentham) लाई आधुनिक उपयोगितावादका संस्थापक मानिन्छ तर John Stuart Mill (जो स्टुवार्ट मिल) लाई प्रायः यस विचार सित जोड्ने गरिन्छ ।
Oliver O’Donovan (ओलिभर ओ’ डोनोभान) ले अरूहरूले झैं लेख्छन् कि उपयोगितावादको विचारलाई अझ राम्रोसित भन्नुपर्दा “consequentialism” (अर्थात् कुनै कार्यको नैतिकता त्यसको परिणामद्वारा मात्र मूल्याङ्कन गरिनुपर्छ भन्ने सिद्धान्त) भनेर नामाकरण गर्न सकिन्छ । तरै पनि ओ’ डोनोभानले यस कुरालाई प्रष्ट पार्दै आफ्नो विमतिलाई व्यवस्थित तुल्याउँछन् कि उपयोगितावादले यस्तो किसिमको निर्णय गर्ने तरिकालाई व्याख्या गर्दछ जसले शुरुमा सबैभन्दा उत्तम संभावित नतिजाको कल्पना गर्दछ र त्यसपछि उक्त मान्यताअनुसार उल्टोपट्टिबाट व्यक्तिगत निर्णयहरूमा काम गर्दछ । यस सम्बन्धमा, ओ’ डोनोभानले जोन स्टुवार्ट मिलको कमजोरी नै एउटा मानिसले सिर्जना गर्ने पूर्वानुमानहरूद्वारा नैतिक कार्यलाई मनासिब तुल्याउने मान्यतामा रहेको छ भनी थप्छन् । (एउटा मानिसले पहिला एउटा नतिजाको कल्पना गर्छन् र त्यसपछि त्यसलार्इ प्राप्त गर्न कार्य गर्छन् । त्यस्तै गरिकन, नतिजाको निम्ति स्वयम्-उत्पत्ति गरिएको मानिसको पूर्वानुमानलाई परमेश्वरको प्रतिज्ञाभन्दा माथि प्राथमिकता दिइँदछ, जसले परिणामहरूको पूर्वानुमानमा समझदार हुने विचारलाई घटाउँदछ ।[1] छलफल हेर्नुहोस्: Oliver O’Donovan, Finding and Seeking, vol. 2, Ethics as Theology (Grand Rapids: William B. Eerdmans Publishing Company, 2014), 201-02.
नोट र सन्दर्भहरू
| ↑1 | छलफल हेर्नुहोस्: Oliver O’Donovan, Finding and Seeking, vol. 2, Ethics as Theology (Grand Rapids: William B. Eerdmans Publishing Company, 2014), 201-02. |
|---|

