तस्विर क्रेडिट: RAH

नवीनतम सामग्री र टिप्पणी
पोस्ट हेर्नुहोस्

पतित मानिसहरूको निम्ति असल संसार

हामी बस्ने संसारमा कष्टहरूलाई एकातिर राखेर, फाइदालाई टिकाउ दिने सवालमा ब्याभिन्कको विचार
"वर्तमान संसार न त सर्वोत्तम छ न हुन सक्ने सबैभन्दा खत्तम, तर यो पतन भएको मानिसको निम्ति असल छ ।"
साझा
पोस्ट हेर्नुहोस्

छुटकारा: अनुलेखको खरिद

छुटकारा सम्बन्धी स्वभावको सवालमा परमेश्वरको इच्छाको अटलतालाई टिप्पणी गर्नु
हाम्रो बाटोहरू, जो प्रतिबिम्बित र द्रुत छन्, परमेश्वरले उहाँको उद्धेश्यहरूमा प्रतिज्ञा गर्नुभएको बाटोहरू भन्दा भेद हुन्छन्, र आफैलाई त्यसको कार्य समापन गर्नको निम्ति बाध्दछन् । तिनीहरूको प्रारम्भ र तिनीहरूको सम्पादन दुवै परमेश्वरको अपरिवर्तनीय चरित्रमा अघि बढ्दछन् ।
साझा
पोस्ट हेर्नुहोस्

छुटकाराः सृष्टिको महत्वलाई पुनः समझौता गर्नु

इस्राएलको प्रस्थानले हामीलाई छुटकाराको बारेमा जे भन्दछ
अभिलाषाले एउटा मान्छेलाई—पापलाई औचित्यद्वारा पुष्टि गर्नका निम्ति—उद्देश्यहरूलाई गलत तरिकाले निर्धारण गर्न र कार्यलाई दुरुपयोग गर्न प्रेरित गर्न सक्छ, किनकि त्योचाहिँ उसको आफ्नै आनन्द हो जसलाई उसले अत्यन्तै बारम्बार खोजी गर्दछ; परमेश्वर यति धेरै प्रेमिलो हुनुहुन्छ जसले यस्तो एउटा संसारमा उद्देश्यलाई पुनः राख्ने र आशालाई पुष्टि गर्ने चाहना गर्नुभयो जसले परमेश्वरको ज्ञानलाई पर सार्दाखेरि नै अर्थको मूल मर्मलाई गुमाएको थियो ।
साझा
पोस्ट हेर्नुहोस्

तथ्यहरू अर्थपूर्ण हुँदा

प्रेरितको दोस्रो अध्यायको एउटा छोटो परिचय
यस प्रकारले, पवित्रशास्त्रको अर्थचाहिँ परमेश्वर आफैले मानिसमा जगाउनुहुने प्रश्नहरूप्रति उहाँले नै दिनुहुने दान हो । यो कुरा पेन्टेकोस्टको दिनमा प्रष्ट भयो जतिबेला यरूशलेममा भेला भएको भीडको माझमा अनौठो घटना घट्यो ।
साझा
पोस्ट हेर्नुहोस्

एउटा कथालाई विचार गर्नु

पावलले आफ्ना पाठकहरूलाई यदि ख्रीष्टियान अभिलेख वास्तवमै त्रुटीपूर्ण पो छ कि भन्ने अवस्थाहरूलाई कल्पना गर्नका निम्ति भन्दछन्
जसरी अरूहरूले पनि पहिल्यै उल्लेख गरिसकेका छन्, यो एउटा असाधारण बहस हो । पावलले वास्तवमा, आफ्ना पाठकलाई बौरिउठाइको तथ्यलाई यो एउटा काल्पनिक कथा नै हो जस्तो गरी लिन भन्दछन् । यो एउटा असाधारण खालको तर्क हो, किनभने त्यसले यस्तो एउटा आधार दिँदछ जसमाथि अन्तत्वगत्वा अत्यन्तै आलङ्कारिक कुराको भर पर्नुपर्ने बनाइँदछ — यस्तो बलियो, भावनात्मक मतहरू जसलाई कहिलेकाहीँ तथ्यहरूको अनुपस्थिति (वा इन्कारी) मा खडा हुने तुल्याइँदछन् ।
साझा
पोस्ट हेर्नुहोस्

जब इतिहास नै भविष्यवाणी बन्दछ

हव्वा, हिब्रू सुँडिनीहरू, अनि परमेश्वरको मुक्ति
यदि मिश्रबाट इस्राएलको छुटकारले अन्ततः ख्रीष्टले पापीहरूलाई छुटकारा दिनुहुने कुराको पहिल्यै दर्शाउने काम गर्दछ भने, इस्राएलको दासत्वचाहिँ आदमको पापका प्रभावहरूसित जोडिएको छ भन्ने कुरामा त्यहाँ कुनै आश्चर्य मानिनुपर्ने कुरा छैन ।
साझा
पवित्रशास्त्रका नोटहरू र टिप्पणी
पोस्ट हेर्नुहोस्

कसरी ख्रीष्टको परिश्रमले कामलाई हल्का गरायो

इस्राएलको कष्टको अवस्था र मिश्रबाटको छुटकारा
अन्त्यमा, प्रभुले इस्राएलको बढोत्तरीको निम्ति कष्टलाई एउटा सेवक बनाउनुभयो । यसले, वास्तवमा सुसमाचारको पूर्वानुमान गर्दछः श्रापले परमेश्वरको प्रतिज्ञालाई रोक्नेछैन ।
साझा
पोस्ट हेर्नुहोस्

यहूदी चाडहरूको संक्षिप्त टिप्पणी

मानिसहरूको जीवन र परमेश्वरको उपस्थितिको औपचारिक पहिचान
त्यसैले, यी सबै चाडहरूलाई परमेश्वरले इस्राएललाई मिश्रबाट छुटकारा दिनुभएर प्रतिज्ञाको देशमा ल्याउनुभएको घटनाको सम्झनाको रूपमा वर्षेनी मनाइनुपर्दथ्यो । यद्यपि, एउटा चाडलाई कहिल्यै पनि अरू चाडहरूदेखि अलग्गै मनाउनुहुँदैनथ्यो, किनकि तिनीहरूले एकसाथ मिलेर एउटा सिङ्गो वृत्तान्त र इतिहासलाई दोहोर्याउँदथ्यो ।
साझा
पोस्ट हेर्नुहोस्

भाव, माध्यम, र सन्देश

बाइबलीय प्रकाशको चरित्रले प्रवचनको विषयवस्तुको जानकारी गराउँदछ ।
पावलले सर्वप्रथम आफ्ना पाठकहरूलाई ती तथ्यहरू बुझाउँदछन् जसमाथि तिनीहरूको विश्वास आधारित हुन्छ, किनकि विश्वासले परमेश्वरको इच्छालाई पालन गर्नुभन्दा पहिला त्यसले परमेश्वरका कामहरूलाई बुझ्नुपर्दछ ।
साझा
पोस्ट हेर्नुहोस्

जब इतिहासले भविष्यवाणीको सेवा वा पूरा गर्दछ

प्रस्थान र भविष्यवाणी
यसकारण, बाइबलीय प्रकाशमा, मिश्रले नैतिक पतनभन्दा बढी कुरालाई प्रतिनिधित्व गर्नमा आउँदछ; त्यसले धार्मिक मूर्तिपूजालाई, जुन संस्कृति र सरकारका जगहरूमा सम्मिलित हुँदछ, प्रतिनिधित्व गर्दछ ।
साझा
पोस्ट हेर्नुहोस्

परीक्षा, धीरज र परमेश्वरको समयको दान

विजयको आधारको रूपमा परीक्षा
परीक्षाले नाश पार्न खोजेको कुरा — सद्‍गुण — उत्पन्न गराउने गरी विश्वासले मात्र परीक्षाको माझमा काम गर्न सक्दछ । यही नै याकूबको अर्तीको व्यङ्ग्य हो ।
साझा
पोस्ट हेर्नुहोस्

परमेश्वरको अधिकार, शक्ति र राज्य

येशूको अधिकार र शक्तिलाई उहाँका वचनहरू र कामहरूले पुष्टि गर्दछन् ।
उहाँलाई देख्ने सबैले उहाँको सामर्थ्यलाई जान्दछन् । तर तिनीहरूको लागि सबैभन्दा छक्क लाग्दो र टाउको दुःखाइको कुराचाहिँ येशूले प्रतिनिधित्व गर्नुहुने अर्कै अधिकारको प्रमाण हो ।
साझा
विविध लेखहरू

नानीहरू वैकल्पिक होइनन्

उपभोक्तावादले परिवारको अवधारणालाई झन्-झन् भ्रष्ट पार्दछ
“हामीलाई बेचिएको व्यक्तिगत स्वतन्त्रताको विचारले यौन र विवाहको मात्र होइन, तर विवाह र नानीहरूबीचको कुनै पनि अन्तर्निहित सम्बन्धलाई इन्कार गर्दछ ।”
छनोटि उद्धरणहरू

उपासनाको खोजीमा यसलाई अपवित्र पारिदिनु

मानिसको धार्मिक झुकावहरू सम्बन्धी गिरहार्डस भोस Geerhardus Vos
“अनि बारम्बार जति नै यी कुराहरू धेरै कथित हिसाबले आत्मिक र प्रशोधित छन्, त्यत्ति नै बढी प्रबल र धोकेबाज तिनीहरूको ललाई-फकाई हुँदछ । आधुनिक मानिस जसले आफैलाई बचाउन र सिद्ध पार्न खोज्छ, ऊसित विचारधाराहरूको एउटा ठूलै सर्वदेवमन्दिर (अर्थात् सबै देवताको निम्ति स्थापित मन्दिर) रहेको छ, ती प्रत्येक एक साक्षात् ईश्वरहरू (नाम मात्रको) बन्दछ जो यस व्यक्तिको धर्मको मुख्य वा केन्द्रविन्दु बन्दछ ।”
विशेष लेखहरू

जीवनका लयहरू र समयको सन्देश

दिनहरू बित्दै जाँदा अनन्तताप्रतिको प्रेमबारे मनन् गर्नु
तब हाम्रो लागि समयचाहिँ हामीले गर्ने कामको निर्दिष्ट अवधिभन्दा बढी बन्दछ । साथै पूरा नगरिने कामको बारेमा डरलाग्दो मनन् पनि गरिन्छः काम पूरा नगर्नु, मानिसहरूलाई नभेट्नु, परमेश्वरको अनुग्रहलाई स्वीकार नगर्नु ।

दानको रूपमा शमूएल

सन्तान, बैवाहिक घनिष्ठता र ईश्वरीय चाहना
सबै ठाउँका आनन्दवादीहरू होशियार हुनुपर्दछ । आखिर, अभिलाषा त्यही हो जस्तो त्यो सदैव भइआएको छ । आनन्द प्राप्त गर्दा पनि, अभिलाषा असन्तुष्ट नै रहन्छ र त्यसले सन्तोष दिँदैन । यसले कसैलाई पनि छक्क पार्नेछैन, तर यसले कतिपयलाई भने बिझाउँछ जस्तो देखिन्छ । अन्यथा, अभिलाषालाई प्रेम भनेर उचाल्न वा तिनका परिणामहरूलाई मिसाइदिन उस्तो हतार हुँदैनथ्यो ।

यहाँ तपाईंले बाइबलमा रहेका पुस्तकहरूमध्ये एउटा पढ्न सक्नुहुन्छ । त्यो होः यूहन्नाद्वारा लिखित सुसमाचार । यसले येशू ख्रीष्टको जन्म तथा जीवनको बारेमा बताउँदछ । यसले सम्पूर्ण विश्वासीहरूको मुक्तिको लागि भएको उहाँको जीवन, मृत्यु र पुनर्जीवनको बारेमा घोषणा गर्दछ ।

यूहन्नाद्वारा लिखित सुसमाचारको नेपाली संस्करण ट्रिनिटरियन बाइबल सोसाइटी र जीवन मार्ग प्रकाशनद्वारा प्रकाशित नेपाली बाइबल, प्रतिलिपि अधिकार © २०११ बाट लिइएको हो र उहाँहरूको दयालु अनुमतिद्वारा प्रयोग गरिएको हो । गूगल प्ले स्टोरमा यो नेपाली बाइबलको सगम्र संस्करण देखाउने एप उपलब्ध छ ।