पछिल्लो अपडेट: अक्टोबर 27, 2024
तस्विर क्रेडिट: RAH
हर्मन ब्याभिन्कले व्यक्तिगत दोष र व्यक्तिगत कष्टलाई एकरूप बनाउने विषयमा चेतावनी दिन्छन् । वास्तवमा, यो कर्म भन्ने विचारमा निहित विभिन्न त्रुटिहरू मध्यको एक हो, कारण यसले विवेकमा मानिसको कार्य र उसको व्यक्तिगत अनुभव बिच एक अनुचित समायोग बनाउँछ । जे भए पनि, ब्याभिन्कले मानिस र संसारको बिचमा रहेको सम्बन्ध अस्तित्वमा छ भनेर यसलाई पुष्टि गर्दछ । यसले परमेश्वरमा यसको उत्पत्ति पाएको छ, र पाप र यसको असरहरूले आजित भएतापनि, उद्धेश्यहरू छुटकारामा अभिपुष्ट छन् (२ तिमोथी १:९-१०) । यस नवीकरण गरिएको सम्बन्धलाई अवलोकन गर्दा, हामी यो सम्झना गर्न सक्छौ कि, परमेश्वरको सृष्टिको मौलिक मनसाय परमेश्वरमा वा मानिसमा हराएको छैन, तर परमेश्वरले वर्तमान र पतित अवस्थालाई मौलिक उद्धेश्यको सेवा गर्ने बनाउनुहुन्छ: बगैंचामा पापलार्इ पछ्याएर प्राप्त भएको श्रापहरूले मानिसलाई छुटकारा र येशू ख्रीष्टमा प्रस्थातिप नयाँ सृष्टि तर्फ उत्साहित बनाउँछ ।
यो आन्तरिक र बाह्य फेरी सहमत हुन्छ: त्यहाँ मानिस र उसको वातावरणसँग मिल्ती छ । हामी जुन पृथ्वीमा वास गर्छौ यो स्वर्ग होइन र यो नरक पनि होइन । यो यहाँ दुवैको विचमा उभिदँछ र यी प्रत्येकको गुणको केहि अंशलाई बोकेको छ । हामीले मानिसको पापहरू र जीवनको विपत्तिहरूको विचमा एउटा निश्चित सम्बन्धलाई औल्याउन सक्दैनौ । येशू आफैले यो गर्न देखि चेतावनी दिनुभएको पाउँछौं । उहाँले ती गालीलीहरूको विषयमा भन्नुभयो, जसको रगतलाई पिलातसले तिनीहरूकै बलिहरूसँग मिसाइदिएका थिए, उनीहरू अरूहरूभन्दा माथि रहेका पापीहरू थिएनन् (लूका १३:१-३), र जन्म भएकै समय देखिको अन्धा छोरा उसको आफ्नै पाप वा उसको बुबाआमाको पापको कारणले गर्दा दण्ड पाएका थिएनन् तर उसो कष्टमा परे ताकि परमेश्वरका कामहरू यसमा प्रकट होऊन् भनी भएको हो (यूहन्ना ९:३) । यसैकारण हामीले कुनै मानिसलार्इ कष्टहरू र विपत्तिहरू आउनुको तथ्य, उसको व्यक्तिगत दोषले त्यसलाई ल्याएको हो भनेर अनुमान लगाउन सक्दैनौं । अय्यूबको साथीहरूले तर्क गरें र तिनीहरू गलत ठहरिन्छन् ।
त्यहाँ कुनै शंका छैन, तरैपनि, पवित्र-शास्त्रको पूरै अध्यापन अनुसार, एक पट्टि पतन भएको मानव जातिको, र अर्को पट्टि पतन भएको संसारको एउटा सम्बन्ध अस्तित्वमा छ । तिनीहरू एक-अर्कासँग मिल्तीमा सृष्टि गरिएका थिए, दुवै व्यर्थताको निम्ति सँगै सुम्पिएका थिए, दवै ख्रीष्टले छुटकारा दिनुभएको सिद्धान्तमा छन्, र कुनै एक समय दुवै सँगै बौराइने र महिमित हुनेछन् । वर्तमान संसार न त सर्वोत्तम छ न हुन सक्ने सबैभन्दा खत्तम, तर यो पतन भएको मानिसको निम्ति असल छ । यो आफैको कारणले यसले अगिल्तिर काँडाहरू र सिउँडीहरू मात्र ल्याउँछ, यसले मानिसलाई काम तर्फ बाध्य गराउँछ, उसलार्इ सड्नबाट संरक्षण गर्छ, र उसको ह्रदयको फेदमा ननिभ्ने आशालाई सुसार गर्दछ ताकि त्यहाँ अझै पनि दिगो असलपन र अनन्त खुशी हुनेछ । यो पूरै बेचैनी र छोटो अवधीको जीवन भएतापनि, यस आशाले उसलाई जिउने बनाउँछ ।[1]Herman Bavinck, The Wonderful Works of God: Instruction in the Christian Religion According to the Reformed Confession (Glenside, Pennsylvania: Westminster Seminary Press, 2019), 239.
नोट र सन्दर्भहरू
| ↑1 | Herman Bavinck, The Wonderful Works of God: Instruction in the Christian Religion According to the Reformed Confession (Glenside, Pennsylvania: Westminster Seminary Press, 2019), 239. |
|---|

