प्रेरित, प्रेरित २:१-१३
पछिल्लो अपडेट: सेप्टेम्बर 18, 2024
तस्विर क्रेडिट: Wikimedia Commons
लूकाद्वारा लिखित दुईवटा पत्रहरू — तिनको नाम जोडिएको सुसमाचारको पुस्तक, साथसाथै प्रेरितहरूका काम — ले तिनका पाठकहरूलाई बाइबलको पुरानो र नयाँ करारहरूबीचको सम्बन्धबारे बारम्बार स्मरण गराउँदछन् । पुरानो करारका तत्वहरूको विविधता लूकाले गरेका वणर्नहरूको अंश बन्दछन् । त्यसैले, पुरानो करारका खण्डहरूले पाठकलाई नयाँ करारमा के भइरहेको छ भन्ने कुरा बुझाइदिन्छन्ः नयाँपनलाई पुरानोसँगका त्यसका तुलनाहरूमा बुझिन्छ, जसरी पुरानो करारले विभिन्न निरन्तरताहरूलाई प्रष्ट पार्दछ जसलाई पछि पुष्टि गरिन्छ । लूकाले प्रस्तुत गरेका वर्तमानको अभिलेखले पुरानो करारलाई स्मरण गर्दछ र त्यो अभिलेख पुरानो करारमाथि भर पर्दछ भनी हामी बुझ्न सक्दछौं । यो कुरा तिनले आफ्नै जमानाका घटनाहरूलाई वणर्न गर्न र उल्लेख गर्न खोजेका काममा देखिन्छ ।
तर लूकाले लेखेका तिनै घटनाहरूले कहिलेकाहीँ भविष्यवाणी पनि गर्दछन् । यो कुरा प्रेरितको पुस्तकको शुरूमा नै प्रष्ट रूपमा देखिन्छ, स्वर्गदूतहरूका वाणीहरूमा देखिन्छ, जसले प्रभु येशू उचालिएर स्वर्गमा पिताकहाँ जानुहुँदा प्रेरितहरूलाई सम्बोधन गर्दछन्ः “हे गालीलका मानिसहरूहो, तिमीहरू किन आकाशतिर हेर्दै उभिँदछौ ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइनुहुने यही येशू नै यही प्रकारले आउनुहुनेछ, जसरी उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको तिमीहरूले देख्यौ” (प्रेरित १:११) । यसलाई लूकाद्वारा लिखित वणर्नमा व्याख्या गरिएअनुसार, प्रभु येशू अबउसो आफ्ना पिताकहाँ उचालिनुभयो र प्रेरितहरूलाई तिनीहरूका प्रभु फेरि आउनुहुने कुराको निश्चयता दिइयो । यी तथ्यहरूमा यो कुरा थपौं कि वर्तमान समयका विश्वासीहरूले आफै पनि उहाँको आगमनको प्रतीक्षा गर्दछन् । यसरी हामी सबैजना एउटा साझा युग र त्यसको अपेक्षामा एकसाथ बसेका छौं । यसको अर्थ के हो त ? कम्तिमा पनि योः विभिन्न स्थानहरूमा निर्दिष्ट क्षणहरूमा हुने धेरैवटा अद्वित्तीय घटनाहरूमा पनि, अहिलेका सबै ठाउँका विश्वासीहरू एउटै साझा इतिहासमा रहन्छन् जसले येशूको भविष्यको आगमन र उहाँको अनन्त राज्यको पूर्ण प्रकटीकरणको भविष्यवाणी गर्दछ । त्यसैले प्रेरितको पुस्तकले इतिहासद्वारा भविष्यलाई पुष्टि गर्दछ ।
* * *
अत्यन्त प्रष्ट रूपमा, घटनाहरू इतिहासको विषयवस्तु बन्दछन्, तर यो पनि उत्तिकै प्रष्ट छ कि हुन आउने घटनाहरूमध्ये अधिकांशलाई हाम्रा इतिहासका पुस्तकहरूमा कहिल्यै पनि अभिलेख गरिँदैन । यो कहिलेकाहीँ विवादको विषय हुन्छ, किनकि इतिहासकारहरू र पाठकहरू दुवैले निश्चित मानिसहरू र घटनाहरूलाई कहिल्यै उल्लेख नगरिनुको कारणबारे प्रश्न गर्दछन् । त्यसको विपरीत, यसले कहिलेकाहीँ नयाँ इतिहासहरूको लेखनलाई स्वागत गर्न लगाएको छ, तर अरूको घृणित दबाव पनि उत्पन्न गराएको छ । यसद्वारा पहिला साझा रूपमा बुझिएको कुरालाई खण्डन पनि गरिएको छ । अब हामीले यो विकाससँग जोडिएका धेरैवटा विषयहरूलाई सम्बोधन गर्नेछैनौं । यहाँ, हामीले सकारात्मक रूपमा यो कुरा पुष्टि मात्र गर्नुपर्दछ कि संसारमा हुने हरेक घटनाको वास्तविक महत्व हुन्छ ।
तथापि, हरेक घटनामा एउटै किसिमको सान्दर्भिकता हुँदैन । बच्चाको जन्मदिनका वा गर्मीको छुट्टीका सम्झनाहरूले परिवारलाई घनिष्ठ सम्झनाहरूमा जोडिदिन सक्दछन्, तर एउटा परिवारमा भएका घटनाहरूले अरूलाई वा पल्लो घरका छिमेकीहरूलाई समेत उस्तै तरिकाले प्रभाव पार्न असम्भव हुन्छ, । न त (अधिकांश परिस्थितिहरूमा) एउटा परिवारका सम्झनाहरूले समग्र देशलाई नै एकीकृत बनाउन सम्भव हुन्छ । अर्को शब्दमा, सबै इतिहासहरू केही घटनाहरूलाई मात्र स्थान दिने धेरैवटा मुख्य तथ्यहरूको अभिव्यक्ति बन्नुपर्दछ र त्यसपछि तिनले त्यसैअनुरूप प्रदर्शन गर्ने कुरामा तिनलाई प्रयोग गरिनुपर्दछ । इतिहासकारको महत्वपूर्ण तथा कठिन काम भनेको आफूले गर्ने वणर्नमा केही ऐतिहासिक वणर्नहरूलाई मात्र समावेश गर्ने र अरूलाई समावेश नगर्ने निर्णय गर्नु हो ।
निश्चित रूपमा, मानवीय स्वभावको पापमय पक्षले आफैलाई कहिलेकाहीँ इतिहासकारको काममा प्रकट गर्दछ । इतिहासको प्रस्तुतिलाई बङ्ग्याउने — असान्दर्भिक कुरालाई समावेश गर्ने वा मूलभूत तथ्यलाई छुटाउने — परीक्षा पनि इतिहासको एउटा तथ्य हो । निश्चित रूपमा यो परीक्षाको श्रोत विभिन्न अभिप्रायहरूमा रहन्छ, तर शक्तिको खोजीचाहिँ एउटा प्रष्ट अभिप्राय हो । यस्ता अवस्थाहरूमा, विगतलाई भविष्य निर्धारण गर्ने गरी दोहोर्याइन्छ । तर कम प्रष्ट अभिप्रायहरूको बारेमा नि, ती पनि जो भावनात्मक झुकावहरूमा रहन्छन् ? यदि कसैले एक्लोपनाले ब्याकुल भएर विगतको सम्झनाबाट त्यो कुरा खोज्यो भने नि जुन अहिले उसँग छैन ? यो पनि एक किसिमको शक्तिको खोजी बन्न सक्दछ, तर यो अर्कोभन्दा कम खतरापूर्ण हुन्छ र मानिसको प्रेम पाउने सबैभन्दा आधारभूत चाहनाहरूसँग जोडिएको हुन्छ । यस्तो चाहना मानिसमा यति गाडिएको हुन्छ कि यसको उचित पूर्णता र संवेदनशीलताबिना, मानिसहरूले विगतको अनुचित सम्झनाले आफ्नो वर्तमानलाई सिंगार्ने मात्र होइन, तर प्रेम पाउनको लागि वर्तमान चलाखीलाई स्वागतसमेत गर्नेछन् । त्यसैले, एउटा खतरापूर्ण शक्तिले अर्कोले गर्ने त्यसकै खोजीबाट फाइदा लिन्छ, जसले प्रेममा नै शक्तिको भावनात्मक अभिव्यक्ति खोज्दछ ।
त्यसैले विगतचाहिँ अर्थ खोजिने ठाउँ बन्न सक्दछ, तर त्यो खोजी व्यर्थ हुन्छ । बिडम्बनाको कुरा, यी प्रयासहरू आफैमा महत्वको स्वीकारोक्ति बन्दछन्, त्यो स्थानमा पनि जहाँ अझै यसलाई महशुस गरिँदैन — योचाहिँ अर्थ महत्वपू्र्ण हुन्छ भन्ने स्पष्ट चेतना हो । पहिला महत्वको केही अपेक्षा गरिएको स्थानमा महत्वहीनताले चिढ्याहट मात्र अनुभव गर्दछ । वास्तवमा, महत्वको खोजी यो अज्ञात स्वीकारोक्तिको आधारमा अगाडि बढ्दछ कि मानिस उसको आफ्नै अस्तित्वभन्दा ठूलो जगमा उभिन्छ, ऊ परमेश्वरको स्वरूपमा बनाइएको थियो र उसले परमेश्वरबाट नै प्रतिष्ठाको भाव पाउँदछ, र वास्तवमा त्यो पाइसकेको छ । त्यसैले, त्यो अन्तरज्ञान प्रकाशसँग अप्रत्यक्ष रूपमा नजोडिएको स्थानमा, यो भौतारिन्छ र गुपचुप बस्दछ । यो अवस्थामा, भावना बिरलै भावनात्मक बन्दछ । आधुनिक जीवनको वियोग यो हो कि मानिसहरूले आफ्ना व्यक्तिगत इतिहासहरूलाई सार्वजनिक अभिलेखमा घुसाउने गरी अप्रभावित भएको महशुस गर्दछन् र विभिन्न किसिमको आदर खोज्दछन् जसले प्रशंसालाई मूर्खतासँग साट्दछ (यूहन्ना ५:४४) । विश्वासले खोक्रो खोजीमा दीर्घकालीन दृढता पाउन सक्दैन ।
* * *
यी सबै कुराको चर्चाको सान्दर्भिकता लूकाले आफ्नो सुसमाचारको पुस्तकमा दिएका आफ्नै परिचयात्मक टिप्पणीमा पाइन्छ । लूका १:१-४ मा हाम्रा लेखकले शुरुका चेलाहरूले विश्वास गरेका “विश्वास गरिएका कुराहरूको विषयमा क्रमैसँग बयान दिने” आफ्ना अभिप्रायहरूलाई व्याख्या गर्दछन् । प्रेरितको पुस्तकमा लूकाले लेखेका प्रथम हरफहरू (प्रेरित १:१-३) ले यिनै अभिप्रायहरूलाई पुष्टि गर्दछन्; र पनि लूकाको अभिलेख त्यसका अग्रजहरूका लेखोटलाई पुष्टि गर्ने गरी तिनीहरूभन्दा फरक भएको हुनुपर्दछ । त्यसैले, हामी बुझ्दछौं कि लूकाले सठीकता खोजेका छन्, तर हामी यो पनि बुझ्दछौं कि तिनले अर्को कुरा पनि खोजेका छन्, साथै — तथ्यहरूको एउटा विशेष प्रस्तुति जहाँ अर्थलाई प्रष्ट्याइन्छ, विश्वास गर्न योग्यको कुनै कुरा पाइन्छ । लूकाले घटनाहरूको सठीकताप्रति मात्र फिक्री गरेका छैनन्, तर एउटा वणर्नमा तिनको व्यवस्थापनप्रति पनि फिक्री गरेका छन् जसले त्यसका पाठकहरूलाई निश्चित सत्यताहरू बताउँदछ । त्यसैले तथ्यहरूको यो व्यवस्थापन हरेक बुँदामा अर्थपूर्ण छ जसरी तथ्यहरू पनि सत्य छन् । तिनको आपसी सम्बन्धमा नै अर्थलाई पुष्टि गरिन्छ र विश्वास प्रदान गरिन्छ । त्यसैले लूकाको प्रस्तुतिमा इतिहास प्रकाशको माध्यम बन्दछ र यसरी पवित्र आत्माले आफ्नो इतिहासलाई सुसमाचारको चरित्रले भर्नुहुन्छ ।
यस प्रकारले, पवित्रशास्त्रको अर्थचाहिँ परमेश्वर आफैले मानिसमा जगाउनुहुने प्रश्नहरूप्रति उहाँले नै दिनुहुने दान हो । यो कुरा पेन्टेकोस्टको दिनमा प्रष्ट भयो जतिबेला यरूशलेममा भेला भएको भीडको माझमा अनौठो घटना घट्योः हुरीको जस्तो आवाज माथिबाट ओर्लियो; आगोजस्तो कुरा देखा पर्यो; र त्यसपछि आवाजहरू प्रकट भए । यो तेस्रो विकास शुरुका दुईवटाजत्तिकै असाधारण छः भेला भएका मानिसहरूमध्ये केहीले तिनै भाषाहरूमा बोल्न थाले जुन भाषाहरू श्रोताहरूका जातिहरूमा बुझिन्थ्यो । तर यी घटनाहरू जतिसुकै असाधारण भए पनि — र ती एकपछि अर्को गर्दै अनौठो श्रृङ्खलामा प्रस्तुत हुँदा — हामी देख्दछौं कि कसैले पनि यसरी सोध्दैन, “भर्खरै के भएको हो ?”
वास्तवमा, मानव इन्द्रियहरू त्यो दिनका घटनाहरूलाई निरीक्षण गर्न प्रयाप्त छन् । हरेक कुरा तिनीहरूको माझमा महशुस गर्न सकिने तरिकाले आयो, प्रकृतिका तत्वहरू र अभिव्यक्तिहरूजस्तै गरेर । हरेकले सजिलैसँग थाहा पाउँदछ कि त्यो आवाज हुरीजस्तै छ, जसरी त्यहाँ भेला भएका व्यक्तिहरूमाथि आगोजस्तै कुनै कुरा बसेको तिनीहरूले देखे । तिनीहरू सबैले तब बोलिएका विभिन्न भाषाहरू पनि बुझे (प्रेरित २:८) । तर यो सबैको अर्थ पो तिनीहरूले बुझेनन् । वास्तवमा खोक्रो प्रकृतिवादले प्रकृतिलाई पूर्ण रूपमा व्याख्या गर्दैनः ती प्रक्रियाहरूका साक्षीहरू अति धेरै थिए, र तिनको तथ्य अति परिचित थियो तर (साथसाथै) माथिबाट अनुवाद गर्ने वचन नआएमा व्याख्या गर्नै नसकिने गरी अति असाधारण पनि थियो । त्यसैले, तिनीहरूले आपसमा भने, “यसको मतलब के हो ?” (प्रेरित २:१२), र ठीक त्यति नै बेला पत्रुसले आफ्ना श्रोताहरूलाई सम्बोधन गरे ।

