प्रस्थान, प्रस्थान १:१५-२२
पछिल्लो अपडेट: सेप्टेम्बर 18, 2024
तस्विर क्रेडिट: Wikimedia Commons
योचाहिँ कसरी ख्रीष्टको परिश्रमले कामलाई हल्का गरायो भन्ने अर्को पोष्टको क्रमिक पोष्ट हो ।
जब याकूब आफ्ना छोराहरू र उनीहरूका परिवारहरूसित मिश्रमा प्रवेश गरे, उनले सो कुरा अब्राहामलाई दिइएको भविष्यवाणीअनुसार गरेका थिए (उत्पत्ति १५:१२-१६) । अब्राहामको वंशले एउटा भूमिमा पराईहरू भएर वास गर्ने छन् भनेर यसको सम्बन्धमा पहिल्यै बताइएको थियो । यो पनि थपिएको छ, अन्ततः उनीहरूलाई त्यही भूमिमा नै कष्ट दिइनेछ (पद १३); तर यहाँचाहिँ, हामीले उही भविष्यवाणीको दोस्रो भागलाई पनि ध्यान दिनेछौं: “अनि उनीहरूले जुन देशको सेवा गर्नेछन्, त्यस देशको पनि म न्याय गर्नेछु । अनि त्यसपछि उनीहरू धेरै धनसम्पत्ति लिएर निस्की आउनेछन्” (पद १४) । यस भविष्यवाणीले मिश्रमा इस्राएलको बसोवासलाई जनाएको छ, अनि यो देखिँदछ कि उत्पत्ति १५ मा शुरुमा उल्लेख गरिएको उक्त कष्टले त्यस देशबाटको इस्राएलको अन्ततः छुटकारालाई विफल पार्न सकेन; वास्तवमा, याकूबका सन्तानहरूले जब याकूब शुरुमा आइपुगेका थिए, त्योभन्दा कैयौं गुणा राम्रो अवस्थामा मिश्रलाई छोड्ने थिए ।
इस्राएलको सुधारको कार्य तुरून्तै देखिएको थिएनः त्योचाहिँ मिश्रीहरूले उनीहरूमा लादेका कष्टहरूद्वारा अरूले जान्ने माध्यम बनाइएको थियो । यस तवरले, आदमको पतनलाई ख्रीष्टको छुटकाराको सन्देशमा जोडिदिएर थपिदिँदै, उत्पत्तिको प्रकटित सन्देशमा प्रस्थानको पुस्तकले यसलाई प्रकट गर्दै ल्याउँदछ । यदि मिश्रबाट इस्राएलको छुटकाराले अन्ततः ख्रीष्टले पापीहरूलाई छुटकारा दिनुहुने कुराको पहिल्यै दर्शाउने काम गर्दछ भने, इस्राएलको दासत्व पनि पतनको प्रभावहरूसित जोडिएको छ भन्ने कुरामा त्यहाँ कुनै आश्चर्य छैन । सबैभन्दा महत्वपूर्ण कुरा भनेको, अन्त्यमा, प्रभुले इस्राएलको उन्नतिको निम्ति मिश्रको कष्टलाई एउटा सेवक हुन दिनुभयो । मिश्रमा इस्राएलको जीवनको यस विडम्बनापूर्ण विशेषताले, वास्तवमा, सुसमाचारको भविष्यवाणी गर्दछः श्रापले परमेश्वरको प्रतिज्ञालाई रोक्दैन ।
* * *
पतनपछाडि आदम र हव्वासित सम्बन्धित श्रापहरूचाहिँ मिश्रमा इस्राएलको दासत्व छुटकाराको कारण बन्दछ । इस्राएलीहरूको कठोर परिश्रमले भूमिमाथिको त्यस श्रापलाई सम्झना गराउँदछ — त्यही नै जुन उत्पत्ति ३:१७-१९ ले आदमको पापलाई जोडिदिन्छ; तर प्रस्थानको पहिलो अध्यायले हिब्रू सुँडिनीहरूको घटनामा हव्वाको अधर्मलाई पुनः स्मरण गराउँदछ । जब फाराओले हिब्रू सुँडिनीहरूलाई बोलाए र उनीहरूलाई यहूदी छोराहरूको हत्या गर्ने जिम्मा दिए, फाराओको सतावटले हिब्रू स्त्रीहरूलाई हव्वाको त्यही श्रापको विन्दुमा छुँदछः परमेश्वरले हव्वालाई भन्नुभएको थियो, “कष्टसँग तिमीले छोराछोरीहरू जन्माउनेछ्यौ” (उत्पत्ति ३:१६) ।
यो कुरालाई पनि स्मरण गरिनुपर्दछ कि जब परमेश्वरले शुरुमा स्त्रीलाई बनाउनुभयो र आदमकहाँ ल्याउनुभयो, आदमले नै उसको नाम राखे, जसरी उसलाई परमेश्वरको सृष्टिका थुप्रै प्राणीहरूको नाम राख्ने सौभाग्य दिइएको थियो (उत्पत्ति २:२१-२५) । महत्वपूर्ण तरिकाले, आदमले शुरुमा हव्वाको नाम उनी आफैसित सम्बन्धित गराएर राखे: उसले उनलाई नारी भने, किनभने उनीचाहिँ नरबाट निकालिएकी थिइन् (उत्पत्ति २:२३) । त्यसो भए पनि, पतनपछि — हव्वाको पापको कारणले गर्दा नै पापले मृत्युको सुरू गराएको भए तापनि त्यसपछि — आदमले आफ्नी पत्नीलाई त्यससँगै अर्को नाम दिँदछ । उसले उनको अर्को नाम हव्वा, अर्थात् सबै जीवितहरूकी आमा राखिन् (उत्पत्ति ३:२०) ।
आदमको कार्यले, अवश्य पनि, भविष्यवाणीको काम गरेको थियो, किनभने त्यसले उक्त प्रतिज्ञाको अभिलेख राखेको थियो जुन परमेश्वरले ती दुवैलाई दिनुभएको थियोः हव्वाको सन्तान (येशू ख्रीष्टलाई दर्शाउँदै) ले त्यस साँपको टाउको कुच्च्याउनेछ (उत्पत्ति ३:१५) । त्यस स्त्री, ठीकसँग भन्नुपर्दा, येशू ख्रीष्टको मातृ पुर्खा बनिन् — अनि त्यसरी, स्त्रीको नयाँ नामले यस तथ्यलाई भविष्यवाणी गर्यो; र अझ, यो यस्तो देखिन्छ कि अर्को केही कुरा पनि दृश्यमा रहेको छ । जतिबेला हव्वाले सबैभन्दा ठूलो लाज महशुस गरेको हुन सक्थिन् ठ्याक्कै त्यही विन्दुमा, उनको निम्ति आदमले दिएको नयाँ नामचाहिँ वास्तवमा आदरको घोषणा होः भयङ्कर विगतको सट्टामा आदमले उनलाई इमानदारीता र भिन्नताद्वारा — परमेश्वरको अनुग्रही भविष्यलाई अभिलिखित गर्ने एउटा नयाँ नामले — पहिर्याउँदछन् । निसन्देह, विगत नसिद्धिएको पनि होइन; तरै पनि ; यस स्त्रीको सन्तानद्वारा सबै कुराहरू क्षमा गरिनेछ र अदनभन्दा अझ राम्रो बनाइनेछ । त्यो, यसकारण महत्वको हुँदछ कि आदमले आफ्नी पत्नीलाई आफैसित सम्बन्धित गराएर पुनः नाम दिँदैनन्, तर परमेश्वरले त्यसपछि र अनुग्रहीपूर्ण तवरले उनलाई दिनुभएको महान् सौभाग्यको सम्बन्धमा दिँदछः ती स्त्रीले मृत्युको छनोट गरेकी थिइन्, तर परमेश्वरले उनलाई सबै जीवितहरूकी आमा बनाउनुभयो । हरेक समयमा जब हव्वा भन्ने नामको प्रयोग गरिँदछ, तब परमेश्वरको अनुग्रहको घोषणा गरिँदछ । यी तथ्यहरूले हामीलाई हिब्रू सुँडिनीहरूतर्फ फर्कन दिँदछ, जसरी उनीहरूलाई प्रस्थानमा वर्णन गरिएको छ ।
* * *
फाराओले इस्राएलीहरूको निम्ति भनेर बसेका शिप्रा र पूआ नाम गरेका सुँडिनीहरूलाई हत्याकै जिम्मेवारी दिएर, मिश्रमा हिब्रू स्त्रीहरूको ठट्ठा गर्छन् (प्रस्थान १:१५-१६) । यसरी, परमेश्वरले उत्पत्ति ३:१५ मा दिनुभएको त्यस प्रतिज्ञालाई विफल पार्नका निम्ति फाराओले सुँडिनीहरूको सहयोगको खोजी गर्दछन् । परमप्रभुले नानीहरूको आदरले स्त्रीलाई पहिर्याउनुभएको थियो; अनि अबचाहिँ फाराओले यी सुँडिनीहरूलाई एउटा नयाँ लाजमा — बच्चाहरूको हत्या गर्न डाक्दछन् । निश्चय नै, ती सुँडिनीहरूले फाराओको आज्ञालाई इन्कार गरे, जसले गर्दा यो अलिक अचम्मको छ कि परमेश्वरले तब उनीहरूलाई एक प्रकारको आदरले पहिर्याउनुहुन्छ: त्यस खण्डले हामीलाई यो बताउँदछ कि परमेश्वरले पनि त्यस्तै गरीकन, तिनीहरूलाई घरहरू दिनुभयो (प्रस्थान १:२१) । त्यहाँ त्यस्ता केही भिन्न तरिकाहरू छन् जसद्वारा यसलाई बुझ्ने गरिएको छ, तर यहाँको सन्दर्भले अरू सबै व्याख्याभन्दा माथि एउटालाई समर्थन गर्ने देखिन्छः जब ती सुँडिनीहरूले परमेश्वरको डर माने, परमेश्वरले ती यहूदी मानिसहरूलाई वंश रहेको परिवार दिनुभयो — अर्को शब्दमा भन्नुपर्दा, एउटा सफलताको सम्भाव्यता र भविष्य दिनुभयो ।
यदि यस खण्डको यो प्रस्तुति सही छ भने, प्रस्थान १ ले उनीहरूलाई नाश गर्ने फाराओका प्रयासहरूको बावजुत, मिश्रमा हिब्रू मानिसहरूको उन्नति र आशिषलाई देखाउँदछ — अनि यो आशिष ती सुँडिनीहरूको विश्वासयोग्यताद्वारा अघि बढ्दछ । यो उन्नति यही खण्डमा स्वयम् देखिँदछः प्रस्थान १:१ मा पढ्न सकिन्छ कि याकूबका छोराहरू इस्राएलमा शुरुमा आफ्ना घरानासित प्रवेश गरे; तर यस अध्यायको अन्त्यसम्म आइपुग्दा, ती बाह्र घरानाहरू अब थुप्रै घरहरू भए (पद २१), यसले ती फैलिएका थुप्रै घरानाहरूलाई जनाउँदछ जुनचाहिँ सुँडिनीहरूले उनीहरूको परमेश्वर डर मानेर बालकहरूलाई हत्या गर्नबाट जोगाएको कारणले गर्दा भएको थियो । यसमा अझ थप्नुपर्दा, जब अध्याय २ शुरु हुँदछ, त्यसले एउटा निश्चित घरानामा रुची राख्दछ, अर्थात् लेवीको घराना (प्रस्थान २:१) । योचाहिँ घर[1]थुप्रै पाठकहरूले पहिल्यै यो बुझ्नुहुनेछ कि बाइबलले मानिसहरूलाई उनीहरूको सम्मिलित सम्बन्धहरूको बारेमा निरन्तर र एकनासले बताउँदछ । यस सन्दर्भमा “घराना” (अङ्ग्रेजीमा ‘house’) भन्ने शब्द बाइबलमा पहिलोपटक कुनै भौतिक संरचनाको … पढ्न जारी राख्नुहोस् — घराना — बन्दछ जसबाट नै मोशा आफ्ना मानिसहरू — इस्राएलको छुटकाराकर्ताको रूपमा उदाउनेछ । यसको चुरो कुरोचाहिँ, यस्तो देखिन्छ कि परमेश्वरले ती सुँडिनीहरूलाई उनीहरूको आफ्नै घरहरू दिनुभएको होइन, तर ती सुँडिनीहरूचाहिँ मिश्रको सतावटको समयमा इस्राएलको असंभव वृद्धिको भाग बन्दछन् । ती सुँडिनीहरू हव्वाका महान् सन्तानहरू बन्दछन्, साथ-साथै मरियमका निम्ति, जसबाट मुक्तिदाता जन्मनुहुनेछ, अग्रदूतहरू बन्दछन् । तिनीहरू जीवितहरूका आमाहरू हुन्, किनभने उनीहरूले त्यस शुरुको माध्यमलाई सुरक्षित गरे जसबाट छुटकाराकर्ताहरू — मोशा र प्रभु येशू आउनुहुनेवाला थियो ।
यसै सम्बन्धमा, यो कुरालाई पनि ध्यान दिन सकिन्छ कि सुँडिनी राखिने अभ्यासचाहिँ पारिवारिक जीवनमा मात्रै उपयोगी हुँदैन, अनि विगतमा सँडिनीहरू बारम्बार अविवाहित र वृद्ध स्त्रीहरू हुने गर्थे जोहरू अन्य स्त्रीहरूभन्दा केही पारिवारिक बाध्यताहरूबाट अझ स्वतन्त्र हुन्थे । त्यो कुरालाई यहाँ लिखित रूपमा उल्लेख गरिएको त छैन, तर जसकसैले यस्तो विचार गर्न सक्लान् कि, त्यसो भए यदि यहाँको प्रारूप योभन्दा बढ्ता फैलिँदैन भने, शुरुमा जे देखिएको छ, त्यही नै हुनुपर्दछ । सायद यी स्त्रीहरूचाहिँ — उनीहरूको आफ्नै परिवारहरूको (निर्माण गर्ने) अवसरबाहेक — चित्रात्मक रूपमा, एक प्रकारले बाँझी स्त्रीहरू वा कन्या आमाहरू हुन्, जे होस्, ती स्त्रीहरू यस्ताहरू हुन् जसबाट जीवनको आश्चर्यकर्म बाइबलको छुटकाराको घटनाको भागको रूपमा अघि बढ्दछ । यदि त्यसो हो भने, उनीहरू एक अर्थमा भन्नुपर्दा आफ्नै सन्तान नभएका आमाहरू, तरै पनि ती स्त्रीहरू हुन् जोहरू पवित्रशास्त्रमा भएका अन्य मुख्य स्त्रीहरूको पङ्तिमा जोडिँदछन् जसबाट परमेश्वरका प्रतिज्ञाहरू विडम्बनापूर्वक पूरा हुँदछन् । तीचाहिँ, यसकारण, सारा, हन्ना वा मरियमजस्ता स्त्रीहरूभन्दा विभिन्न तरिकाहरूद्वारा भिन्न हुन्छन्; तर जे भए पनि, तिनीहरूले पनि (अझ प्रख्यात उनीहरूको समकक्षीहरूले जस्तै) परमेश्वरको छुटकाराको कार्य उनीहरूद्वारा अप्रत्याशित तरिकाहरूमा अघि बढेको कुरालाई उसरी नै हिस्सा लिँदछन् ।[2]यदि त्यसो हो भने, यो सेवा पनि राज्यको अवधारणासित अनुरूप हुँदछ जसमा केही अविवाहितहरू, जो स्वर्गको राज्यको खातिर त्यसरी रहँदछन्, तर पनि, जे होस्, एउटा सुसमाचारको सेवामा फलवन्त हुन्छन् (मत्ती १९:९; यशैया ५६:३-५ पनि) ।
जेसुकै भए पनि, हामीले निश्चित गर्न सक्छौं कि प्रस्थानको वृतान्तमा, अदनको इतिहासलाई एउटा अझ महान् भविष्यवाणीको सेवा गर्ने तुल्याइयो । त्यसो हो भने, यो महत्वपूर्ण छ कि, जब फाराओले इस्राएलीहरूलाई कष्ट दिए, ती कष्टहरूले ठ्याक्कै त्यही श्रापहरूलाई जनाउँदछ जो भूमिमा मिहिनेत गर्नमा र गर्भधारणमा कष्टको श्राप हुन् जुनचाहिँ पतनपश्चात् आदम र हव्वामाथि राखिएका थिए। मिश्रमा इस्राएलीहरू फैलिन थाले तापनि, यी कष्टहररूचाहिँ मिश्रमा यहूदी मानिसहरूले भोग्नका निम्ति ल्याइए । यी दुःखहरूले चुनौती ता दिए, तर महत्वपूर्ण तवरले, परमेश्वरले अब्राहामलाई दिनुभएको प्रतिज्ञामाथि विजय हुन सकेन ।
नोट र सन्दर्भहरू
| ↑1 | थुप्रै पाठकहरूले पहिल्यै यो बुझ्नुहुनेछ कि बाइबलले मानिसहरूलाई उनीहरूको सम्मिलित सम्बन्धहरूको बारेमा निरन्तर र एकनासले बताउँदछ । यस सन्दर्भमा “घराना” (अङ्ग्रेजीमा ‘house’) भन्ने शब्द बाइबलमा पहिलोपटक कुनै भौतिक संरचनाको सन्दर्भमा नभाई नूहको परिवारका सदस्यहरूलाई जनाउन प्रयोग भएको पाइँदछ (उत्पत्ति ७:१), जब कि आज त्यस शब्दको व्यापक प्रयोगचाहिँ भौतिक संरचनाकै निम्ति गरिँदछ; तर आज पनि, हामी संयुक्त राज्य बेलायतको हालको राजपरिवारलाई “विन्ड्सोरको घराना (the house of Windsor)” भनेर जनाउँदछौं, जसले घराना (household) भन्ने शब्दको लागि एउटा पुरानो तर लागु गर्न सकिने एउटा छोटोरूपको प्रयोगलाई जनाउँदछ । |
|---|---|
| ↑2 | यदि त्यसो हो भने, यो सेवा पनि राज्यको अवधारणासित अनुरूप हुँदछ जसमा केही अविवाहितहरू, जो स्वर्गको राज्यको खातिर त्यसरी रहँदछन्, तर पनि, जे होस्, एउटा सुसमाचारको सेवामा फलवन्त हुन्छन् (मत्ती १९:९; यशैया ५६:३-५ पनि) । |

