Utilitarianism (“युटिलिटारियानिज्म”; अर्थ, उपयोगितावाद) एउटा दर्शनशास्त्र हो जसका धेरैवटा प्रकारहरू हुन्छन् । तै पनि त्यसले सिकाउँदछ कि सबैभन्दा बढी उपयोगी हुने तरिकालाई — सबैभन्दा ठूलो फाइदा र आनन्द दिने कुरालाई — नै मानिसले रोज्नुपर्दछ । अर्को शब्दमा, एउटा रोजाइको नैतिकतालाई त्यसको शर्तअनुसार निर्धारण गरिन्छ । पक्कै पनि, यसले भिन्न मानिसहरूलाई भिन्न अर्थ दिनेछ । अनि एउटा मानिसले आफ्नै भलाइको लागि रोज्ने कुरा प्राप्त गर्दा उसको छिमेकीलाई हानि पुग्न सक्दछ । Jeremy Bentham (जेरेमी बेन्थाम) लाई आधुनिक उपयोगितावादका संस्थापक मानिन्छ ।
समानार्थी शब्दहरू:
उपयोगितावाद