प्रस्थान, प्रस्थान १:१-१४
पछिल्लो अपडेट: सेप्टेम्बर 18, 2024
तस्विर क्रेडिट: Wikimedia Commons
योचाहिँ जब इतिहासले भविष्यवाणीको सेवा वा पूरा गर्दछ भन्ने अर्को पोष्टको क्रमिक पोष्ट हो ।
मिश्रमा इस्राएलले भोगेको कष्टले एउटा कठिनाई मात्र भन्दा पनि एउटा भिन्दै चरित्रको पूर्वानुमान गर्दछ — त्यसले पाठकलाई पतन हुँदाखेरि मानिसमाथिको असरहरूलाई स्मरण गराउँदै, अदनमा इतिहासको शुरुवाततर्फ लैजाँदछ । आदमको पापको लेखाजोखा नगरी यस संसारको कुनै पनि अवस्थालाई, हामीले सम्झनैपर्छ, ठीक तरिकाले विचार गर्न सकिन्न । अनि यस अध्यायमा हामीलाई दिइएको विवरणहरूको माने प्रस्थानको वृत्तान्तको यस भागलाई पढिँदाखेरि उक्त पतनचाहिँ इन्कार गर्नै नसकिने कारक बन्दछ । साँच्चै, पतन भएपछि आदम र हव्वासित जोडिएका ती शुरुका श्रापहरू मिश्रमा इस्राएलको दासत्वको भाग बन्दछ, अनि यो कुरा मनमा नराखीकन हामीले प्रस्थानलाई राम्रोसित पढ्न सक्दैनौं ।
प्रस्थानको पहिलो अध्यायले इस्राएललको कष्टहरूलाई दुई फरक तरिकाहरूद्वारा वर्णन गर्दछ, जसमा ती दुवैले उत्पत्तिको तेस्रो अध्यायमा अभिलेख गरिएका घटनाहरूलाई पुनः स्मरण गराउँदछ । यीमध्येको पहिलोचाहिँ मिश्रमा इस्राएलको परिश्रमको सम्झनामा रहँदछः हामी जान्दछौं, मिश्रीहरूले इस्राएलका सन्तानहरूलाई यस्तो प्रकारको एउटा परिश्रमद्वारा आफ्नो सेवा गर्ने तुल्यायो जसलाई पवित्रशास्त्रले कठोरता र कठोर परिश्रम भनी जनाउँदछ (प्रस्थान १:१३-१४) । महत्वपूर्ण तवरले, यस विवरणले केवल कामलाई मात्र भन्दा पनि अरू नै गुणात्मक भिन्नताको कुरालाई जनाउँदछ — उनीहरूको परिश्रमहरूलाई कठोर जोताइ भनिएको छ (प्रस्थान १:१३) । काम र कठोर जोताइ तथा काम र परिश्रमबीचको भिन्नता यसरी प्रष्ट हुदँछ । यो यस्तो एउटा भिन्नता हो जुनचाहिँ पतनअघि असम्भव थियो । सोही भिन्नताचाहिँ पछि उत्पत्ति ५:२९ मा पुष्टि हुँदछ जतिबेला लेमेक नाम गरेका एकजना मानिसले आफ्नो छोरालाई नूह नाम दिए, जसको अर्थ सान्त्वना हो, जुन उनले यो अपेक्षाअनुसार राखेका थिए, “यसले हाम्रो काम र हाम्रा हातको परिश्रमबाट, जो परमप्रभुले श्रापित पार्नुभएको यस भूमिको कारणले हो, हामीलाई शान्ति दिनेछ ।” यसरी, इतिहासको सबैभन्दा शुरुवातमै आदमको पाप र यसैद्वारा आएको श्रापको कारणले गर्दा कामचाहिँ परिश्रमसित जोडियो (उत्पत्ति ३:१७-१९) ।
* * *
यस विन्दुमा आएर अर्को तथ्यलाई केही ध्यान दिन सकिएला, अर्थात् आदमको काम र उसको बोलावटबीचको सम्बन्ध । यस सम्बन्ध निश्चित तर सूक्ष्म छः शुरुमा, परमेश्वरले मानिसलाई बगैंचाको खनजोत गर्न र त्यसको देखरेख गर्नका निम्ति राख्नुभयो (उत्पत्ति २:१५) । कामचाहिँ मानिसकहाँ तब उनको अस्तित्वभन्दा फरक उद्यम हो जस्तो गरी आएन; बरु, मानिसको सृष्टि र उसलाई तुरून्तै उक्त बगैंचामा राखिएको कुराले उसको जीवनको मौलिक स्वभाव र परमेश्वरसितको सम्बन्धमा अनि सृष्टि गरिएको संसारको प्रस्तुति (वर्णन) लाई दर्शायो । त्यो सत्य हो कि परमेश्वरका पछिल्ला आज्ञाहरूले आदमका गतिविधिलार्इ एउटा निश्चित रूप र उद्देश्य दियो, तर त्यहाँ अझै पनि काम र बोलावटको बीचमा एउटा अपरिहार्य अन्तर थिएन किनभने आदमको अस्तित्व र आफ्नो उद्देश्यप्रतिको उसको धारणामा त्यहाँ कुनै दरार आएको थिएनः आज्ञालाई एउटा बोलावटको रूपमा बुझिएको र ग्रहण गरिएको थियो, परमेश्वरको संसारमा मुख्य गरी उद्देश्यको गरिमालार्इ वहन गरेजस्तो । अर्को शब्दमा भन्नुपर्दा, त्यस बगैंचामा रहँदाखेरि आदमको जीवनमा शुरुवातदेखि नै काम समावेश थियो, जसले मानिसको कामको असल (भलोपन) लाई परमेश्वर र उहाँको कामसँग जोडिदिएर पुष्टि गर्दथ्यो (उत्पत्ति २:२-३) ।
यसरी नै, कामचाहिँ संलग्न भइराख्नका निम्ति थपिएको एउटा मन नपरी-नपरी गरिनुपर्ने छुट्टै दबाब थिएन, तर न ता त्योचाहिँ उसको सृष्टिकर्ता र सृष्टिको ढाँचाको लामो निचोड – परमेश्वरको महिमा (प्रकाश ४:११) बाट पर गएर मानिसले खाली काममा मात्र पूर्णता पाउनका निम्ति गर्ने अत्याधिक प्रयास थियो । वास्तवमा, माथि उल्लेखित दुवै प्रवृत्तिहरू प्रबल इच्छाहरूले गर्दा उत्पन्न हुँदछन्; तीचाहिँ प्रतिक्रियावादी हुन्, यस्ता प्रयासहरू जुन यस संसार र त्यसको वर्तमान अवस्थाहरूलाई हाम्रा आफ्नै चाहनाहरूको स्वरूपमा र हाम्रा आफ्नै गतिहरूमा – त्यस्ता गतिहरू जसमा हामी त्यसलाई काम भनेर नामाकरण गर्दै इन्कार र पुष्टि दुवैद्वारा, पुनः क्रमबद्ध गर्दछौं । हामी यही नै व्यग्रतालाई भजनसंग्रह १०४ अध्यायलाई ध्यान दिँदै गर्दा पाउँदछौं, जहाँ हामी प्रयोगमा ल्याउनका निम्ति पद २३ भित्रै दुईवटा भिन्न शब्दावलीहरू (नेपालीमा दुईवटा शब्दलाई एकै ठाउँमा जोडिएको अवस्था) लाई जोड दिँदछौः “मानिस आफ्नो कामका लागि र साँझसम्म आफ्नो परिश्रम गर्न निस्कन्छ ।” हामी उदाहरणद्वारा, यसरी ख्याल गर्दछौं कि एकजना मान्छे शुक्रबारको दिन आफ्नो कार्यालयको कुर्सीबाट ४:४५ मा अगाडि नै फुत्किन्छन्, यस उद्देश्यले कि त्यस दिनको पूरा समय सकिनुअगावै सप्ताहान्त अर्थात् बिदाको शुरुवात गर्नलाई, तर उही भवनमा अर्को मानिसचाहिँ लगातार सातौं दिनसम्म एउटा आइतबार बिहान प्रवेश गर्दछन् । एकजना उसको कामलाई इन्कार गर्दछन्; अर्कोले चाहिँ त्यसलाई बेठीक तरिकाले पुष्टि गर्दछन् ।
यी दुई प्रवृत्तिहरूले — अनि त्यहाँ त्यस्ता अन्य तरिकाहरू पनि छन् जसद्वारा तिनलाई वर्णन गर्न सकिन्छ — मानिसलाई परमेश्वरले सृष्टि गर्नुभएको क्रममा, पहिलोमा आफैलाई परमेश्वरप्रति जिम्मेवार बनाउन र उहाँको इच्छालाई प्रकट गर्ने कुरालाई चिनाउन एउटै तरिकाले असफल हुँदछ । अर्को शब्दमा, हामीले यी र अन्य झुकावहरूलाई यस्तो एउटा पतित संसारमा हुने अभिव्यक्तिहरूको रूपमा पहिचान गर्न सकौंला, जहाँ परमेश्वरबाट मानिसको छुट्ट्याइएको अवस्थाले गर्दा उसलाई आफैसित र उसको टोली वा वंशसितको सम्बन्धमा, परमेश्वरको उद्देश्यबाट अलग रहेर, पुनः विचार गर्ने र पुनः रोजगार हुने सामर्थ्यहरूतर्फ ढल्काएको छ । राम्रोसँग बुझ्दाखेरि, कामचाहिँ मानिसको निम्ति ऊ मानिस भएकोले गर्दा दिइएको हो, तर मानिसचाहिँ, हामीलाई याद छ, परमेश्वरप्रति जिउँदछ । मानिस यस्तो एउटै अपवादको सृष्टि हो जसलाई परमेश्वरले मान र सृष्टिमाथि प्रभुता जनाउने कुराले सम्पन्न तुल्याउनुभयो (उत्पत्ति १:२६-२८) । यसरी, कामचाहिँ सृष्टिको पहिलो कदम र मानिसको चालप्रति परमेश्वरको उद्देश्यहरूको स्वरूपमा बहेर आएको कुरा हो भनी सबैभन्दा राम्रो तरिकाले बुझिँदछ । त्यसैले, येशूले आफ्ना आलोचकहरूलाई दिनुभएको जवाफले यस सम्बन्धलाई ध्यान दिइयो । उहाँले उनीहरूलाई एउटा सन्दर्भमा यसरी भन्नुभयो, “मेरा पिता अहिलेसम्म काम गर्नुहुन्छ, र म काम गर्छु (यूहन्ना ५:१७) ।” यसरी येशूको छुटकाराको कामचाहिँ परमेश्वरको सृष्टिको कामसँग जोडिएको थियो (यूहन्ना ४:३४, यूहन्ना ८:२८-२९) ।
आदमको कामलाई, त्यसो भए, एउटा सीपको रूपमा वर्णन गर्न सकिन्छ, परमेश्वरले दिनुभएको गतिविधि — यस्तो गतिविधि जसले उसलाई संसारमा पहिल्यै र स्पष्ट रूपमा प्रकट भइसकेको परमेश्वरको महिमाको पथमा सहभागी हुने सौभाग्य मिलाइदियो । अदनचाहिँ परमेश्वरको प्रकाशको एउटा परिधि थियो र आदमको कामले परिणामस्वरूप परमेश्वरको आफ्नै सञ्चारलाई स्वीकार गर्यो र कायम गर्यो । आदमको अनाज्ञाकारिताको कारणले गर्दा भूमिलाई श्राप दिइँदाखेरि, यो देख्न सकिन्छ कि परमेश्वरले आदमको बोलावटको स्वभावलाई परिवर्तन गर्नुभएन — वास्तवमा, आदमलाई सुम्पिइएका जिम्मेवारीहरू नूह र उनका सन्तानहरूलाई कायम गरियो (उत्पत्ति ८:१५-१७) । त्यसो भए पनि, उक्त आज्ञाकारितासित सम्बन्धी शर्तहरू र अनुभवहरूमा त्यहाँ एउटा वास्तविक परिवर्तन आएको थियो । आदमको कामचाहिँ सबैभन्दा शुरुमा व्यर्थता वा कठिन मिहिनेतबिनाको थियो, किनभने त्यो परमेश्वरको उद्देश्यहरूसँग जोडिएको थियो । त्यस पतनपछि मात्र शीपको अवधारणालाई केवल पेशा — उक्त कार्य जतिबेला आफ्नो उचित उद्देश्यबाट त्यसको विच्छेद हुँदछ जसलाई हामीले (केही छुटसहित) दिन सक्ने एउटा नाम — सित संभवतः दोधारमा पारियो । पेशाचाहिँ, यदि त्योभन्दा बढी हो कि होइन भनी हामी पक्का छैनौं भने पनि, कम्तिमा पनि, एउटा गतिविधि भने हो ।
* * *
बगैंचाबाट आदमलाई निकालिइनु, भूमिमाथिको श्राप पनि जोडिनुको माने मानवजातिलाई उसको मौलिक बाध्यताहरूमा अब उसो बाधा आइपर्यो (तर पुनः बोलावट भएको होइन); त्यसो भए पनि, यस विन्दुबाट कामचाहिँ अबउसो कडा मिहिनेत गरिनुपर्ने खालको भयो । आदम र उनका सन्तानहरूले, परमेश्वरको प्रकाशको परिधिमा परमेश्वरको महिमासितको सजिलो अनुकूलतामा रहेर काम गर्नुको साटो, परमेश्वरले श्राप दिनुभएको त्यस भूमिमा कडा मिहिनेत गर्न थाले । जब पाठकले, त्यसपछि प्रस्थानको पुस्तकका पानाहरू पल्टाउँदछन्, उसलाई यस तथ्यलार्इ र मिश्रमा एउटा कथनद्वारा त्यसको लागू गराइलाई मनन गर्ने तुल्याउँदछ ।
नील नदीको छेउमा अवस्थित, मिश्र असाधारण सुन्दरताको एउटा स्थान थियो (उत्पत्ति १३:१०[1]यहाँ हामी एउटा उपमा देख्दछौं जसले यर्दनको मैदानको सुन्दरतालाई दुवै, मिश्र र अदनको बगैंचासित जोडिदिँदछ ।); र पनि, यो प्रष्ट छ कि मिश्रको बाइबलीय औचित्यचाहिँ त्यतिखेर मात्र पुष्टि हुँदछ जतिबेला त्यसको प्राकृतिक सुन्दरतालाई त्यसको धार्मिक चरित्र र त्यहाँ जोडिएको इस्राएलीहरूको कडा परिश्रमसित विचार गरिँदछ । नील नदी र त्यसको वरिपरिका कुराहरूमा यस्तो सुन्दरता थियो जुनचाहिँ दुवै अदन र नयाँ यरूशलेम (उत्पत्ति २:१ र प्रकाश २२:१) सित अनुरूप हुँदथ्यो । त्यसो भए पनि, मिश्र त्यही ठाउँ बन्दछ जहाँ फाराओले आफ्नो सिंहासन बसाल्दछ र आफ्नै लागि एउटा शहर निर्माण गर्दछन् । मिश्रमा, त्यही भएर, उपासना र परमेश्वरको शासनसँग[2]अर्थात्, एउटा शहर र एउटा सिंहासन अझ राम्ररी सम्बन्धित सङ्केतहरूचाहिँ मूर्तिपूजासँग पुनः समावेश गरिएका थिए । त्यस्तै गरिकन, जसरी प्रस्थानको कहानी शुरु हुँदछ, इस्राएलका सन्तानहरू संख्यामा बढिरहेका हुन्छन् । तर, जे होस्, उनीहरूलाई कहिल्यै पनि आव्हान नगरिएको एक प्रकारको धार्मिक कार्यमा व्यस्त भएरः तिनीहरूले फाराओको प्रकाशलाई — त्यस भण्डार-शहरहरू जसलाई पितोम र रामसेस भनेर चिनियो (प्रस्थान १:११), निर्माण गरे र सुन्दर तुल्याइदिए । यस कामले जोतिने खालको (प्रस्थान १:११) र कठोरता (प्रस्थान १:१३) को चरित्रलाई मात्र धारण गर्दैन, हामीले यो पनि देख्दछौं कि जुन जातिलाई परमेश्वरले आफ्नै निम्ति भनेर चुन्नुभयो (प्रस्थान १९:६ हेर्नुहोस्), उनीहरूचाहिँ अब यस्तो एउटा मानवीय राजाको महिमा गर्नका निम्ति दास तुल्याइएका र काममा लगाइएका छन् जसले दुष्ट तरिकाले आफैलाई एउटा ईश्वर तुल्याएका थिए । कामको उद्देश्यहरू अबचाहिँ मूर्तिपूजाको बन्धक तुल्याइए ।
अदनसितको भिन्नताचाहिँ तब दुवै, छर्लङ्ग, पीडादायी र वर्णनात्मक बन्दछ, तर त्यसरी नै क्रूसद्वारा विश्वासीको पापको छुटकाराको भविष्यवाणी गर्दै इस्राएलको मिश्रबाटको अन्तत्वगत्वा छुटकारा पनि बन्दछ । मानिसको मुक्तिको निम्ति येशूको कार्य प्रत्यक्ष रूपमा सार्थक बन्दछ किनभने त्यस क्रूसचाहिँ — एकजना शोकका मानिसले पहिर्याइएको, जुन मानिसलाई काँडाहरूले मुकुट लगाइएको छ — आदमको बन्धनप्रति परमेश्वरको जवाफ हो । त्यस्तै गरिकन, त्यसले बीउ छर्नेको दृष्टान्त (मत्ती १३:१८-२३) को परिवेशचाहिँ किन एउटा खेतीको चलनमा केही सांस्कृतिक सामञ्जस्य कायम गराउनेभन्दा पनि बढी छ भन्ने कुरालाई पहिल्यै औंल्याउँदछ र व्याख्या गर्दछ; यस दृष्टान्तले छुटकाराको अर्थलाई प्रसार गर्दछ किनभने त्यसले सृष्टि र पतनसित जोडिएको पहिल्यै गाँसिएका चिन्हहरू धारण गर्दछ ।

