पछिल्लो अपडेट: अप्रिल 28, 2023
तस्विर क्रेडिट: Wikimedia Commons
प्रस्थानको पुस्तक एउटा अनुमानित इतिहास र भविष्यवाणीद्वारा शुरु हुँदछ । यस पुस्तकको नामले नै मात्र पनि एक पाठकलाई यो निश्चय गराउँदछ कि इस्राएललाई चाहिँ मिश्रबाट छुटाइनेछ; त्यसो भए पनि, यस पुस्तकको शुरुवाती दृश्यले वास्तवमा आदमको दासत्वलाई स्मरण गराउँदछ । यसले पछिल्तिर हेर्दछ । यो महत्वपूर्ण छः प्रस्थानमा भएको छुटकाराले अदनमा आदमको श्रापहरूलाई मिश्रमा इस्राएलको अनुभवलाई स्मरण र सम्बन्धित गराउँदछ । उक्त तथ्य स्थापित भएपछि मात्र, प्रस्थानको क्रमबद्ध विवरण इस्राएल र सबै मानवजातिलाई त्यस्तो एउटा छुटकारातर्फ नजिक लैजाएर अघि बढ्दछ, जुनचाहिँ मिश्रबाट इस्राएललको दासत्वभन्दा परसम्म फैलिँदछ ।
प्रस्थानको पहिलो अध्यायले शुरुमै तिनीहरूको विवरण उल्लेख गर्दछ जोहरू याकूबसँगै मिश्रमा प्रवेश गरेका थिए । साथै त्यसमा मिश्रबाट निस्केर आउने ती इस्राएलीहरूको परिवारको नाम उल्लेख गरिएको छ । पद ७ नै हो जहाँ आएर पाठकलाई पहिलो महत्वपूर्ण सङ्केत दिइँदछ कि, वास्तवमा उत्पत्तिका पहिलो अध्यायहरूले जरुरी रूपमा प्रस्थानको व्याख्यालाई नै प्रभावित पार्दछ । पद ७ ले इस्राएलीहरूका सन्तानहरू फल्दै-फुल्दै गएको कुरा बताउँदछ; उनीहरू प्रशस्तै मात्रामा बढेका थिए; उनीहरूमा गुणात्मक वृद्धि भएको थियो । हिब्रूहरू शक्तिशाली भएका थिए र मिश्रको भूमिलाई भरिदिएका थिए । यो मिश्रमा इस्राएलको अस्थायी वासको चरित्रलाई व्याख्या गर्नका निम्ति मात्र भनिएको होइन, जबकि यसले त्यो गर्छ नै; तर त्यसले अकाट्य रूपले उक्त आज्ञालाई स्मरण गराउँदछ जुन परमेश्वरले शुरुमा आदमलाई (उत्पत्ति १:२२,२८) अनि पछि गएर नूहलाई (उत्पत्ति ९:१) दिनुभयो । यहूदीहरू मिश्रमा हुँदा यस्तो तरिकाले फल्दै-फुल्दै गएका र गुणात्मक रूपमा बढेका थिए कि त्यसले दुवै आदम र नूहलाई दिइएका उस्तै आज्ञाहरूलाई स्मरण गराएको थियो ।
तर पक्कै पनि, मिश्र कदापि अदन होइन । वास्तवमा, पवित्रशास्त्रमा मिश्रको महत्व अदन र इस्राएलको विपरितमा रहँदछ । मिश्र एउटा बगैंचा थियो, तर त्यो परमेश्वरको बगैंचा थिएन । नाइल अर्थात नील नदीले मिश्रमा एक प्रकारको हराभरा सिर्जना गर्ने भएकोले त्यसलाई अदनको बगैंचासँग तुलाना (उत्पत्ति १३:१०) गर्ने गरिएको भए पनि, त्यो एउटा समानताले अन्य थुप्रै महत्वपूर्ण भिन्नताहरू देखाउने काम गर्दछ । साँच्चै, प्रस्थानकोक्रमबद्ध वृत्तान्त शुरुवात हुने बेलासम्म, मिश्र एकजना राजा र सरकारी-अधिकारीहरू वा प्रशासनिक तन्त्रले शासन गरिसकेका हुँदछन् जसले यहूदी मानिसहरूलाई दास बनाउँदछन् । आफूसँग तुलनात्मक रूपमा भएका धन-धौलतको बावजुत, मिश्रचाहिँ परमेश्वरको प्रतिज्ञाको परिधिभन्दा बाहिर हुने त्यस्तो एक जीवनको प्रतिनिधि बन्दछ । त्यसको सुन्दरता र प्रसन्नताहरू (हेर्नुहोस् गन्ती ११:५) को बावजुत, मिश्रमा रहँदाको जीवनमा इस्राएलले आफ्ना पिता-पुर्खाहरूले उपासना गरेको परमेश्वरलाई निराश तुल्यायो, जसले इस्राएलको सहभागिता र आनन्दको लागि पहिल्यै अर्को भूमि — कनानको भूमि दिइसक्नुभएको थियो ।
* * *
त्यसो भए, मिश्रको मुख्य चरित्र भनेकै त्यसको नक्कली महिमा र धार्मिक चरित्रमा रहँदछ । सरल भाषामा भन्दा — अनि यसले महत्व पनि राख्दछ — मिश्र यस समयसम्म यस्तो एउटा अयोग्य स्थानको रूपमा रह्यो जहाँ परमेश्वरले आफैलाई प्रकट गर्नुहन्थ्यो र इस्राएलले त्यस ज्ञानलाई उपासनासँग फिर्ता गर्दथ्यो । त्यो सत्य हो कि मिश्रले एउटा बाहिरी महिमा धारण गर्थ्यो; तर जस्तो त्यो थियो, मिश्रमा एक धनवान् शहरभन्दा बरू उजाडस्थानमा भएको एउटा निवासस्थान नै स्वर्गीय निवासस्थान र उपासनाको अझ एउटा राम्रो ढाँचा र प्रकाश बन्दथ्यो ।
यही भएकोले गर्दा नै, जब हामीले बाइबलीय प्रकाशमा मिश्र र त्यसका ठाउँहरूलाई विचार गर्दछौं, हामीले मिश्रको बारेमा त्योचाहिँ इस्राएलसित केवल नैतिक कुराहरूमा मात्रै विपरितमा छन् भनेर सोच्न सक्दैनौं । मिश्रले वास्तवमा यस्तो प्रारूपको औचित्यलाई बोक्दछ जुन सजिलैसँग देखिने नैतिक भिन्नतासँगै थपिँदछ । पाठकले यो जान्दछ कि फाराओ र उसको विषयचाहिँ यस्तो एउटा राज्यमा पर्दछ जुन परमेश्वरको इच्छा र महिमाको प्रत्यक्ष र यत्न विपक्षमा उभिएको छ । यो यस्तो होइन कि मिश्रले अनजानमा यस्तो एक परमेश्वरको अनुसारको जीवन बिताउन असफल भए जससँग उनीहरू अन्यथा सहमत नै थिए; त्यसको साटो, तिनीहरूले त्यस्तो केही कुराको चाहना गरे जुन परमेश्वरले आज्ञा गर्नुभएको भन्दा बिलकुल फरक थिए । फाराओले परमेश्वरको जस्तै उपासना खोजे, अनि त्यहीअनुसार उसको आफ्नै महिमाको निम्ति एउटा राज्य खडा गरे ।
यसकारण, बाइबलीय प्रकाशमा, मिश्रले नैतिक पतनभन्दा बढी कुरालाई प्रतिनिधित्व गर्नमा आउँदछ; त्यसले धार्मिक मूर्तिपूजालाई, जुन संस्कृति र सरकारका जगहरूमा सम्मिलित हुँदछ, प्रतिनिधित्व गर्दछ । मिश्रले, यसप्रकारले वृहत्त संसारको चरित्र र वर्णनको रूपमा वर्तमान संसारमा आफ्नो कार्य गर्ने कुरालाई धारण गर्दछ । प्रेरित पावलले त्यस्तै गरिकन, “यस वर्तमान दुष्ट संसार” को गलातीमा भएको मण्डलीलाई लेख्दछन् (गलाती १:४) । यस संसारलाई यसरी दोषी ठहर्याउनुले यसको शुरुवातको, सृष्टि गरिएको आकारलाई होइन, तर त्यसको वर्तमान दुरुपयोगको अवस्थालाई इङ्गित गरिएको हो जुन शैतान र त्यसका पापपूर्ण कार्यमा साझेदार हुनेहरूले गर्दा भएको हो ।
यसको माने हामीले मिश्रलाई एउटा पापले पूर्ण राष्ट्रको रूपमा सोच्नहुँदैन, यो तबसम्मका लागि जबसम्म हामीले शुरुमा यो देख्दछौं कि पापको जराचाहिँ मानिसले आफैलाई प्रेम गर्ने र मूर्तिपूजाहरूको कुरामा गाडिएको छ, जसलाई उसले त्यसपछि व्यवस्थाहरू र परम्पराहरूमा साबित गराउन खोज्दछ जुन वर्तमान घडीमा समेत भइरहेको छ । यदी मिश्र र कनानबीचको भिन्नताचाहिँ नैतिकता र संस्कृतिको केही कथित सतही परिधिमा सीमित हुन्थे भने, मिश्रचाहिँ हिब्रूहरूको निम्ति विश्रामस्थलको रूपमा काफी हुनेथ्यो । त्यो परिदृश्यमा, अब फाराओलाई परास्त गरिनु र उसको स्थानमा मोशालाई सत्तारोहण गराउनु मात्र आवश्यक हुन्थ्यो । तर जस्तो त्यहाँ भएको थियो कि इस्राएल मिश्रबाट निस्की आयो, अनि त्यसपछि मिश्रको विनाश भएको थियो, अनि फाराओ डुबेको थियो । साँच्चै, मिश्रको बारेमा त्यस्तो दुवै अपूर्ण र आपत्तिजनक केही कुरा थियो, जसको कारणले गर्दा परमेश्वरले आफैलाई इस्राएलकहाँ त्यहाँ अझ बढी पूर्ण रूपमा प्रकट गर्न अस्वीकार गर्नुहुन्थ्यो । मिश्र र कनानको बीचमा भएको अझ बढी महत्वपूर्ण भिन्नताचाहिँ, अब, परमेश्वरले आफैलाई प्रकट गर्नुहुने विषय रहन्छ ।
* * *
मिश्रबारेको यो अझ आधारभूत तथ्यचाहिँ इस्राएलीहरूले बलिदान चढाउन किन मिश्र छोड्न खोजेको भन्ने विभिन्न कारणहरूमध्ये यो एउटा थियो (प्रस्थान ५:१-२, ८:२६, १०:२५) । उनीहरूलाई मिश्री धर्मको ढाँचाअनुसारको उपासनामा सहभागी हुनका निम्ति दिइने थिएन; परमेश्वरको साँचो उपासनामा त्यस उपासनालाई, जुनचाहिँ पहिल्यै स्वर्गमा रहेको छ, ध्यान दिइनैपर्छ र दर्शाइनैपर्छ । फेरि पनि, यसको माने के हो भने, यहूदीहरूको धार्मिक अभ्यासहरू न मिश्रबाट सापट लिइएको थियो, न ता तिनको ढाँचाहरू स्वेच्छाचारी खालका थिए; तिनलाई चाहिँ त्यस्ता निश्चित तथ्यहरू सिफारिस गरिनका निम्ति बनाइएका थिए जसले ती स्वर्गीय ढाँचाहरूको चित्रण गर्दथ्यो, जुन मोशालाई प्रकट गरिएका थिए ।
तदनुसार, मोशाले उजाडस्थानमा पृथ्वीय पवित्रस्थान निर्माण गर्नुअघि, कम्तिमा पनि दुईवटा तथ्यहरूलाई पूरा गरिनुपर्ने थियो । पहिलो, पवित्रस्थानको उपासनाको ढाँचाको शुरुवात गरिनुअघि नै इस्राएलीहरू मिश्रबाट निस्की आउनुपर्ने थियो । यसरी, उपासनाचाहिँ छुटकारा र कृतज्ञतासँग छुटाउनै नसकिने गरी गाँसिएर आउने थियो । दोस्रो, मोशाले पवित्रस्थानको ढाँचा परमप्रभु आफैबाट प्राप्त गर्नुपर्ने थियो । उसरी नै, मोशाले त्यस पवित्रस्थानको एउटा विवरण प्राप्त गरे जसले गर्दा उजाडस्थानमा पवित्रस्थानलाई निर्माण गर्नका निम्ति उक्त विवरणले नमुनाको रूपमा काम गर्यो । मोशालाई त्यस्तो एउटा ढाँचा दिइनुपर्ने थियो जुन माथिबाटको थियो (प्रस्थान २५:८-९,४०) । साँच्चै, उचित यहूदी मन्दिरको उपासनाका समेत सीमितताहरूले यो सिकाउँदथ्यो कि परमेश्वरसँगको सङ्गतिचाहिँ पापपूर्ण मानिसहरूले दिन सक्नेभन्दा बढी त्यस्तो केही कुरामा निर्भर हुँदथ्यो (हिब्रू ९:८-१०) । तर चुरो कुरो, योचाहिँ परमेश्वरको योजनाको एउटा कडा ढाँचा र स्थानमा मात्रै प्रकट गरिने थियो ।
तदनुसार, जब परमप्रभुले पछिबाट जब मोशालाई इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनको निम्ति डोहोर्याउन गर्न भनी पठाउनुभयो, परमेश्वरले शुरुमा आफ्ना जनहरूलाई छुटकारा दिनुहुन्छ, ताकि उनीहरूले उहाँको सेवा गर्न सकून् (प्रस्थान ४:२३) । मन्दिरको सेवा र उपासनाको विचारहरू एकसाथ जोडिएका थिए, यो उपासनालाई केवल ढाँचाहरूमा नियमन गर्नका निम्ति थिएन, तर योचाहिँ पृथ्वीय तरिकाहरू र ढाँचाहरू कसरी स्वर्गीय तथ्यहरूलाई प्रदर्शन गर्नका निम्ति स्थापित गरिएका थिए, साथ-साथै उक्त माध्यमलाई अनुमान गर्नका निम्ति जुन येशूले मानिसको मुक्तिको निम्ति सम्पन्न गर्नुभएको थियो, त्यसलाई देखाउनको निम्ति थियो। यसरी, उही ढाँचाले यो देखायो कि पृथ्वीयचाहिँ स्वर्गीयसँग एकै खालको कुनै न कुनै तरिकाले हुनैपर्छ । यो त्यही हो जुन हिब्रूहरूका निम्ति पत्रमा केही अंशमा पुष्टि गरिएको छ र आफ्ना पाठकहरूलाई बुझ्न माग गरिएको छ । अघिल्लो, लेवीय विधि र त्यसको निवासस्थानचाहिँ अरू केही नभएर “स्वर्गका चीजहरू” (हिब्रू ८:५) र येशूले आफ्नो मृत्यु, गडाइ, बौरिउठाइ, र स्वर्गारोहणमा पूरा गर्नुहुने सेवाको छाया थियो । यसबाट, प्रभु येशूले पृथ्वीमा के पूरा गर्नुभयो जब आफ्नो मृत्युपछि उहाँ मरेकाहरूबाट बौरिउठ्नुभयो र स्वर्गमा भएको मन्दिरमा प्रवेशमा गर्नुभयो भनेर हामीले बुझ्दछौं ।
* * *
मिश्रमा रहँदाखेरि, इस्राएलले अत्यन्तै बढी समयचाहिँ फाराओको सेवामा बिताएको थियो (प्रस्थान १:१४); परमेश्वरले अबचाहिँ इस्राएललाई त्यसको लक्षित गन्तव्यः उहाँको आफ्नै सेवा र उपासनामा पुर्याउनुहुने थियो । मिश्रमा भएको सुन्दर र गौरवशाली धनदौलतले पूर्ण शहरहरूले त्यस नयाँ यरूशलेमलाई, जुन स्थानमा परमेश्वर र छुटकारा पाएका मानिसहरू जतिबेला ख्रीष्टले गर्नुभएको बलिदानको कारणले गर्दा सँगै वास गर्नुहुन्छ (हिब्रू १०:८-१०), अनुमान गर्न र दाबी गर्न विशेष गरी अयोग्य नै थियो । साँच्चिकै, त्यहाँको सबै समस्या यो तथ्यमा आएर जोडिँदछ कि फाराओले उसको आफ्नै महिमा र उपासनाको निम्ति ती धनवान् शहरहरू निर्माण गरिरहेका थिए, जतिबेला परमेश्वरले उहाँको उपासनाको निम्ति उहाँको आफ्नै महिमालाई प्रकट गरिदिने एउटा स्थान र ढाँचाको इच्छा गर्नुभएको थियो । त्यहाँ केवल नैतिक भिन्नता मात्रै छैनः शैतानले यही प्रकारको मूर्तिपूजक व्यवहार प्रदर्शन गराउनका निम्ति अदनको उपासनालाई भ्रष्ट तुल्याएको थियो — अनि अदनलाई त्यागिएको थियो । बाबेलको जग (उत्पत्ति ११) उस्तै प्रकारको मूर्तिपूजक आशाहरूद्वारा शुरुवात गरियो, तर त्यसलाई नष्ट पारिएको थियो । पहिलो शताब्दीको यरूशलेमको बाहिरी महिमाले पनि, परमेश्वरको पुत्रको हत्याद्वारा मूर्तिपूजाको विचारलाई संहिताबद्ध गर्दछ । (रोमले पनि तब त्यसको बेबिलोनी अग्रजहरूलाई पछ्यायो।) केहि समयको अन्तरालमानै, परमेश्वरको सेवा र उपासनाचाहिँ खासै नजानिएका स्थानहरू — सिनैको एक उजाड पहाडमा, अनि अन्ततः कलभरी डाँडाको एउटा क्रूसमा स्थापित हुन्छ र अघि बढ्दछ ।