तस्विर क्रेडिट: The Cleveland Museum of Art
यस लेख अघिल्लो लेखको अनुक्रम हो । छुटकाराः सृष्टिको महत्वलाई पुनः समझौता गर्नु
प्रस्थानको अभिलेखले छुटकाराको सवाललाई केन्द्रविन्दु बनाई प्रबलताका साथ परमेश्वरको सृष्टिको रूपमा पक्का गराएर परिचित गराउँदछ, यसले यि दुवैमा हाम्रा विचारहरूलाई परमेश्वरको उद्धेश्यहरूमा जोड्ने कार्य गरेको छ । प्रस्थानमा उल्लेख गरिएका विभिन्न आधारहरूमा – छुटकारा भनेर इस्राएललाई मिश्रबाट बचाउनु भएको तथ्य प्रमाणित छ – छुटकाराको कार्य झन् हामीले सजिलोसँग बुझ्न सक्दछौं, जो पछि र अन्तत क्रूसमा प्रकट भएको छ, जसले नयाँ सृष्टि हुनुपर्ने र परमेश्वरको उद्धेश्यको सवाललाई सुचिश्चित र फैलाइदिएको छ (१ कोरिन्थी ५:१७) । कलभरीमा गरिएको छुटकाराको अन्तिम कार्यले, परमेश्वरको मौलिक उद्धेश्यहरू पुन: जागृत गराइदिएको छ, जसमध्य कुनैचाहि पतनको कारण सधैं व्याकुल भएको सरह देखिन्थ्यो । यो र अरू चिन्तनले, पालैसँग, एक विश्वासीको मुक्ति सम्बन्धी आकलनलाई अझ गहिरो बनाउँछ, जो अलपज्ञ अवधारणाहरूभन्दा पर जान्छ जहाँ छुटकारा भनेको पापहरूको क्षमा सम्ममा घटाइएको छ ।
निश्चिन्त हुनका लागि, मानिसको क्षमाको निम्ति छुटकाराको सम्बन्धलाई उचित ठहर्याइएको छ, अनि अझ त पवित्र शास्त्रले नै माग गरेको छ ।[1]पावलले कलस्सीका विश्वासीहरूलाई आफ्नो पत्रमा यो लेख्छन् कि येशू ख्रीष्टमा विश्वासीले उसको मुक्तिदाताको रगतद्वारा छुटकारा पाउँदछ, अझ “पापहरूको क्षमासमेत पाएको” भन्ने कुरालाई थप्छन् (कलस्सी १:१४) । पावलले त्यस्तै गरीकन एफेसी … पढ्न जारी राख्नुहोस् त्यस्तै गरीकन, जब-जब हामीले पावलको पत्रहरूलाई पढ्छौं, हाम्रो मन पनि मिश्रबाट इस्राएलको छुटकाराको बारेमा पहिल्यै उल्लेख भएको कुरामा फर्किनुपर्दछ, जहाँ निस्तारको बलिदान छुटकारासित यतिविघ्न छुटाउनै नसकिने तरिकाले जोडिएको थियो जसद्वारा परमेश्वरको तीर्थ-यात्री मानिसहरूको रूपमा इस्राएलको नयाँ जीवनलाई स्थापित गरियो, आकार दिइयो र निश्चित तुल्याइयो, जोहरूले त्यसपछि कनानतर्फको आफ्नो यात्रालाई शुरुवात गरे । अर्को शब्दमा, छुटकाराले एक नयाँ र जीवन जिउने निश्चित बाटोलाई शुरू गरिदियो । अलपज्ञ अवघारणाहरू ठूलो मूल्यमा आउँदछन्: परमेश्वरको सृष्टि र उहाँको छुटकाराको विचमा रहेको सम्बन्धलाई अवलोकन गर्न असफल हुनु भनेको सुरूमा जीवनको चरित्र र त्यसलाई खुलासा गर्ने यो तथ्यहरूलाई बुझ्न चुक्नु हो । यी दुवैले एक‐अर्कासँगको समायोगलाई प्रभुत्वमा राख्दछन्, परमेश्वरको अटल इच्छामा, हामी आनन्द मनाउन सक्दछौ ।
* * *
यदी हामीले छुटकारालाई केवल त्यसको सम्पत्तिसितको आधारभूत संलग्नताद्वारा[2]यो भन्दा अघिको लेखमा मैले उल्लेख गरेझैं, इन्टरनेशनल स्ट्यान्डर्ड बाइबल इन्साइक्लोपीडियाको १९३९ संस्करणले छुटकाराको परिभाषालाई पहिल्याउछ, जो सम्पत्तिको स्वामित्वमा शुरूवात हुन्छ र पैसाको भुक्तानद्वारा त्यो सम्पत्तिको … पढ्न जारी राख्नुहोस् (अनि त्यसको स्वामित्वमा अवश्म्भावी सँग-सँगै आउने भौतिक लाभ र सुखको महत्व) विचार गर्न खोज्छौं वा गर्छौं भने पनि, मानिसको मुक्तिको सवालमा हाम्रो बुझाइमा यसले के अर्थ राख्दछ भन्ने कुरालाई हामीले होसियारपूर्वक ध्यान दिनैपर्छ । यदि छुटकाराले सम्पत्तिको विचारलाई मान्दछ भने, त्यस्तै तरिकाले, एउटा वाणिज्य व्यवसायको कारोबारको सम्बन्धलाई चाह गर्ने कुरालाई मान्दछ, त्यसो भए, एउटा पापीको छुटकाराको कारणचाहिँ के त ? यो खरिद गरिनुको कारणचाहिँ के त ? के हामीले यसलाई यस्तो एउटा मान्छेमा हामीले पाउन सकिने जस्तो गरी सोच्ने त, जसले आफ्नो खल्तीमा अतिरिक्त पैसा राखेर एउटा पसलको सामान राखिएको दराजलाई नियालिरहन्छन्, र ऊसित भएको बाँकी पैसालाई खर्च गर्न एउटा उपयुक्त कुरा नभेट्टाएसम्म असन्तुष्ट रहन्छन् ? वा एउटा बच्चाको जसले आफ्नी आमाको चोलीलाई बेस्सरी तान्छन् किनभने उनको अगाडि नै भएको दराजमा उसले पहिला कहिल्यै पनि कल्पना नै नगरेको (र, त्यसैले कहिल्यै इच्छा नगरेको) खेलौनाचाहिँ एक्कासी खोजतलास गरिँदछ ? अथवा के हामीले यस्तो प्रकारको खरिदको बारेमा विचार गर्ने, जस्तो एउटा स्त्रीले गर्दछिन् जतिबेला उसले एउटा लुगा किन्छिन् किनभने त्योचाहिँ अन्तत्वगत्वा एउटा सहुलियत दाममा उपलब्ध छ ? यी र यस्तै उदाहरणहरूले परमेश्वरको छुटकाराको कार्यको कारणलाई वर्णन गर्न असफल हुन्छन्, किनभने तीहरूले त बरु हामीलाई हामी सबैमा आवेगी कार्यहरू हुन्छन् भन्ने तरिकाहरूको बारेमा बताउँदछ । अर्को शब्दमा, हाम्रो मूल्याङ्कन गराइमा नै धेरैचोटि चाहना र कार्यको बीचमा, जसमा उद्देश्य रहँदछ, मनासिब सम्बन्धको कमी हुँदछ । हाम्रा उद्देश्यहरू घरि-घरि प्रायः त्यही घडी नै, सनक वा अवस्थाको दास बन्दै कल्पना गरिँदछन् । ती, निश्चय नै, विचारहरूमा आधारित हुन्छन्, तर बारम्बार प्रायः त्यस प्रकारको हुँदछ जुनचाहिँ आत्मपूर्तिको आशामा उब्जिएको हुँदछ, जसलाई अभिलाषा भनेर भन्न सकिन्छ । तरै पनि, अब्राहामसित परमेश्वरले गर्नुभएको प्रतिज्ञाचाहिँ मिश्रको छुटकाराको उहाँको कार्यभन्दा अगाडि आउँदछ भन्ने हदसम्म, हामीले यसलाई एउटा ईश्वरीय कार्यको चरित्र भनेर छुट्याउन पनि सक्छौं । हाम्रो बाटोहरू, जो प्रतिबिम्बित र द्रुत छन्, परमेश्वरले उहाँको उद्धेश्यहरूमा प्रतिज्ञा गर्नुभएको बाटोहरू भन्दा भेद हुन्छन्, र आफैलाई त्यसको कार्य समापन गर्नको निम्ति बाध्दछन् । तिनीहरूको प्रारम्भ र तिनीहरूको सम्पादन दुवै परमेश्वरको अपरिववर्तनीय चरित्रमा अघि बढ्दछन् ।
जब हामी अझ अघि छुटकाराको विचार सम्बन्धी मनन गर्दछौ, परमेश्वरले आश्चर्यजनक उद्धेश्यमा राख्नुभएको विमर्श प्रति हाम्रा विचारहरू अन्तत सुम्पिएकै हुनुपर्छ, छुटकाराको कार्य यसैको खरिदमा केन्द्रित भएको छ, जो आफैमा, कुनै उद्धेश्य थिएन – वा, तैबिसेक, पापको भ्रष्टताले यसमा रहेको यसको मौलिक उद्धेश्यलाई गुम्ने तुल्याइदिएको थियो । बिडम्बना पक्कै हुन्छ, र यसको माने हाम्रो छुटकारा भनेको परमेश्वरको इच्छाको निश्चित बुझाईमा निहित रहन्छ, यस्तो जो उसकै आफ्नो इच्छाद्वारा अभारग्रस्त हुन्छ। यसबाट हामीले के गर्नुपर्छ सो ठयाक्कै जान्दैनौं, कि परमेश्वरको त्यस उद्धेश्यहरू जबरजस्त गर्नुपर्छ भन्नेसँग बाँधिएका हुदैनन्, तर उहाँको चरित्र भित्र अवस्थित हुन्छन् । एक पुरूष वा महिलाले पैसालाई सामानहरू वा सुविधाहरू सँग सट्टापट्टा गर्दछ, किनभने ऊ विभिन्न अवस्थाहरूले बाध्य भएको हुन्छ । मानिस प्रकृतिभित्रनै आकस्मिकताहरूद्वारा बाँधिएको हुन्छ, तर हाम्रो परमप्रभु यस्ता कुराहरूबाट स्वतन्त्र हुनुहुन्छ; सृष्टिको अनिवार्य दासत्वसमा उहाँले कुनै पनि भूमिका निर्हाव गर्न आवश्यक छैन । अझ तथ्य त यो हो, मानिसको निम्ति छुटकाराको अभिप्राय राख्न, परमप्रभुले अन्तत तैबिसेक फाल्तू उधम अनुचरित गर्नुभएको छ ।
तरैपनि, यस फाल्तू खोजले, येशू ख्रीष्टको शरीरको प्रकट हुवाईमा बिडम्बनापूर्ण चरित्रलाई बिलकुल आवश्यक तरिकामा आखिर हासिल प्राप्त गर्दछ । जब परमेश्वरले मानिसलाई पाप र भ्रष्टताबाट छुटाउने उद्धेश्य राख्नुभयो – परमेश्वरको दासको रूपमा, मोशा अनुसारको व्यवस्था अन्तर्गत, उहाँले आफैलाई एक मानिसको रूपमा विभिन्न दायित्वहरूको अधिनतामा राख्नुभयो (फिलिप्पी २:७‐८, गलाती ४:४‐५)। हामीले यस कार्यको नाम सम्झना नगरेसम्म यससँग के गर्ने भनि जान्न सक्दैनौँ, त्यो जुन हो प्रेम । अभिलाषाले कार्यलाई दुरूपयोग र उद्धेश्यहरूलाई गलत तोक्न प्रोत्साहन दिन सक्ला – पापलाई कारणद्वारा यसको औचित्य प्रमाणित गर्न, किनकी यो त्यसले अतिनै खोजी गरेको त्यसको आफ्नै मोजमज्जा हो; संसारले अर्थको केन्द्रलाई गुमाएको अवस्थामा यसले परमेश्वरको ज्ञानलाई गुमाउने काम गर्यो जहाँ परमेश्वर जो ज्यादै प्रेम[3]१ यूहन्ना ४:१६ हुनुहुन्छ, उहाँले संसारमा उदेश्य र आशालाई अभिपुष्टि गर्न पुन: लगानी गर्ने चाहना गर्नुभयो । छुटकाराले मानिसलाई यति हद सम्म स्वतन्त्र पार्दछ कि उसलाई परमेश्वरको उदेश्यमा फर्कन, उहाँको इच्छामा स्पष्ट हुन मद्धत गर्छ । हामी, यसको बदलामा, एक सृष्टिको रूपमा हाम्रा आफ्नै पहिचानमा ठिक सँग सम्बन्धित भएर हाम्रा दायित्वहरूलाईनै अँगाल्दछौ । यस सम्बन्ध हाम्रो छुटकारामानै बलियो र तब पुष्टि गरिन्छ ।
* * *
तथापि, छुटकारा र दायित्व बिच त्यस उस्तै परस्पर सम्बन्ध, यसले पनि उनीहरूको अस्विकारको अन्तिम चरित्रलाई नै अनुमान गर्दछ – वैकल्पिक वा प्रथिस्थापित दायित्वहरू लागू गर्ने सवालमा, जो अब मानिसद्वारा नै आज्ञा गरिएको छ। यसले, अन्तत: आखिर कार्यहरूलाई सुम्पिदिने गर्छ जहाँ मानिसको उद्धेश्यहरू परमेश्वरको धर्ममय, चरित्रभित्र निहित हन्छ, र तब एक परिवर्तित मानिसले पूरै स्वादको साथ पछ्याउँदछ । यो आधुनिक “धर्मनिरपेक्षता” को एक बिडम्बना हो, जो, अन्तगत्वमा, आत्मिक र नैतिक आकांक्षाहरूबाट अलग रहन सक्दैन । हाल भईहरेहरेको अग्रसरताको पुनरावृत्ति कम्तीमा पनि यहि हो । शौभाग्यहरू र दायित्वहरू जुन सृष्टि गरिएको परिपाटिमा सम्बन्धित छन् यसलाई अस्वीकार वा पुन: निर्देशन गरिन्छ, किनकि त्यस परिपाटिद्वारा प्रस्तुत गरिएको दायित्वहरूले पनि कहिले काहिँ मानिसलाई उनीहरूको कुनै‐कुनै खोजी गरेका कुराहरूलाई प्रतिबन्धित गराउने अनुमान गर्दछ; र तैपनि, विरोधपूर्ण आकांक्षाहरू अघि बढ्दछ, ताकि एउटा सदगुणले चम्केको, स्तुतिको परियोजनाले तब पछ्याउँछ, र हामी बाँकी रहेकाहरूको निम्ति प्रगतिको रूपमा यो सिफारिस गरिन्छ । यस्तै नै, एक पूरानो मजाक, “यसमा म कुनै पनि गलत देख्दिँन” भन्ने भनाई अन्तत: यस्तो प्रकारको बन्यो, “तर आउन सक्ने सबै असललाई हेर त,” र तब, हाल, धर्मी सुनिने प्रकारको, “यसको बारेमा हामीले कसरी, केहि पनि गर्न सक्दैनौँ ?” यो र अरू उस्तै तर्कका श्रेणीहरूले हाम्रो पतित चाहनाहरू प्रतिको झुकाव र साँचो चरित्रलाई इन्कार गर्ने तर्फ अग्रसर गर्दछ, जुन अब पुन: क्रमबद्ध गर्ने कार्यको आधार बन्दछ, जसले पनि कुप्रथाहरूको परिणाम ल्याउँदछ । विभिन्न तरिकाहरूमा, अति नै धेरै राजनीतिक र सामाजिक कोशिसहरू, तथापी, जीउनको लागि मानिसको उस्तै कारणलाई बाढ्दँछ, तर उनीहरूले उहाँको नाम लिएतापनि, परमेश्वर र संसारको तथ्यहरू देखि अलग भएर जीवन जिउदँछन् । तब, त्यसो भए, विगतको डरलाग्दो अस्विकारमा भविष्यको अनुमान लगाइन्छ । राम्ररी बुझेर हेर्दा, छुटकाराले, यस्तो त्रुटिबाट मानिसलाई पुन: बोलाउने काम गर्छ, विश्वासीको निम्ति सृष्टि गरिएका आशिषहरूलाई आत्माद्वारा पुन: कार्यरत गरेर यसका कार्यहरूलाई उजागर गर्दछ जसमा सारा संसारले ख्रीष्टको उद्धेश्यको पूर्ण चरित्रलाई प्राप्त गर्नेछ (रोमी ८:१९-२३)। सुसमाचारले येशूको मृत्यु तर उहाँको बौरिउठार्ईलाई घोषणा गर्दा यसलाई अझ पुष्टि गर्दछ; र प्रभुले यसको भविष्यवाणी गर्नुभयो र ढुक्क पार्नुभयो जब उहाँ पिताकोमा जानुभयो र आत्मालाई पठाउनुभयो (यूहन्ना १६:७) ।
* * *
उधमबाट छुटकारा तर्फ रहेको सम्बन्धलाई पुन: स्मरण गर्दा, हामीले यसरी नचोड लिन सकौंला, यो यस्तो हो कि, बजारमा उपलब्ध भएको सरसामानहरू कतिले नकिन्न सक्लान्, तर न ता उनीहरू उनीहरूकै आधारभूत चाहनाहरूमा विग्रहकारी सोच रहित सन्तुष्ट भएर नै जिउन सक्दछन्; उनीहरूले आफ्नो आपूर्णतालाई पूरा गर्ने अर्कै तरिकाहरूको खोजी गर्दछन्: यस्तो प्रकारको मानिसले अरू खुद्रा ब्यापारीको बिचमा ठाउँ राख्नुपर्छ, अरूले पहिला त्यत्ति खाँचो नदेखेको त्यस सामानलाई अब सस्तोमा बेचेर गर्दछ । यस मानिसले अरू कसैले पनि बेच्नको निम्ति इच्छा नगरेको कुरामा चाहना राख्दछ; र यसरी, उसले अरूले नबनाउने कुराहरू निर्माण गर्न र बेच्न थाल्दछ, जसको माने अभिलाषा मानिसको सृजनशील कार्यको एक पुष्टिकरण बन्दछ, र एक मानिसको काम उसको मूर्तिपूजाको प्रमाण बन्दछ । एक उपभोक्ता, अनि, उत्पादक बन्दछ, र उत्पादक अन्तत: विक्रेता बन्दछ, किनभने उसले एक्लिएर अन्धकारमा चाहना गरेका कुराहरूमा रमाहट गर्न सक्दैँन; सबै अभिलाषाहरूले अरूसँग अन्तत: सहमती प्राप्त गर्नै पर्छ । र यसरी, परमेश्वरले उहाँको सृष्टको रूपमा जे अविस्कार गर्नुभएको छ त्यसलाई घुम्दै सामान बेच्ने व्यापारीले जस्तो, हाम्रो व्यापारीले बजारमा प्रतिबन्ध लगाएका सामानहरूद्वारा प्रशस्त ठाउँ लिनेछ ।
यो खुल्ला‐अन्त, काल्पनिक असलपना, यसको सृष्टिको उद्धेश्यबाट वर्जित — यसै भ्रष्ट पुनर्गठनको क्रम नै हो जहाँ मानिसको इच्छा सिर्फ प्रशंसनियताद्वारा तर्कसंगत बनाइएको हुन्छ । हास्यस्पद—जसले अब प्रविधिको विभिन्न प्रकारहरूद्वारा आएको प्रतिज्ञाहरूलाई समावेश गर्दछ—अब यसले परमेश्वरको इच्छाको तथ्यहरूलाई ललकार्न खोजी गर्दछ । तरैपनि, यसमा नयाँ जन्म नपाएको मानिसले अझैपनि नयाँ सृष्टको खोजी गर्दछ भनेर हामी टिप्पणी गर्न सक्दछौं । जस्तो छ, उनीहरूले रूपान्तरित, घरबारविहीनको पहिलो संस्करणलाई मात्र लक्ष्य बनाउन सक्दछन्: मानिसले विवाह बिनानै सन्तानको परिकल्पना गर्दछन्—वा महिला पनि—र अरबपतिहरूले मंगल ग्रहमा उपनिवेश बनाउने चिन्तन गर्दछन् । अनि उनीहरूले पुन: क्रमबद्ध बनाउन खोजेको संसारद्वारा, उनीहरूले एक प्रकारको प्रतिपादकको पनि खोजी गर्दछन् । छुटकाराको निम्ति सन्दर्भ, तब, मानिसको स्व‐धर्मीकरणसँग मिश्रण गरिएको बढ्दो विचार हुन्छ, उद्धेश्यहरू र तिनीहरूको अभिव्यक्ति स्व‐प्रेमद्वारा स्थापित गरिएका हुन्छन् ।
नोट र सन्दर्भहरू
| ↑1 | पावलले कलस्सीका विश्वासीहरूलाई आफ्नो पत्रमा यो लेख्छन् कि येशू ख्रीष्टमा विश्वासीले उसको मुक्तिदाताको रगतद्वारा छुटकारा पाउँदछ, अझ “पापहरूको क्षमासमेत पाएको” भन्ने कुरालाई थप्छन् (कलस्सी १:१४) । पावलले त्यस्तै गरीकन एफेसी १:७ मा पनि लेख्छन् । |
|---|---|
| ↑2 | यो भन्दा अघिको लेखमा मैले उल्लेख गरेझैं, इन्टरनेशनल स्ट्यान्डर्ड बाइबल इन्साइक्लोपीडियाको १९३९ संस्करणले छुटकाराको परिभाषालाई पहिल्याउछ, जो सम्पत्तिको स्वामित्वमा शुरूवात हुन्छ र पैसाको भुक्तानद्वारा त्यो सम्पत्तिको पुन: प्राप्तिको लागि विकास हुन्छ । प्रविष्टि टिप्पणी निम्नानुसार छ: “पुरानो नियममा छुटकाराको विचारको शुरुवात सम्पत्तिको विचारबाट हुँदछ (लेवी २५:२६; रूथ ४:४ यसपछिको पाना) । कुनै यस्तो कुरा जसलाई पुनः छुटाउनैपर्छ वा उद्धार गर्नैपर्छ भने कानुनअनुसार त्यसलाई पैसा तिरेर फेरि किन्न सकिन्छ (गन्ती ३:५१, नहेम्याह ५:८) । यही शुरुवातबाट ‘छुटकारा (redemption)’ भन्ने शब्द पुरानो नियमभरि नै छुटकारा (deliverance) भन्ने सामान्य अर्थमा प्रयोग गरिएको छ (यी दुवै शब्दलार्इ नेपाली बाइबलमा ‘छुटकारा’ नै भनेर प्रयोग गरिएको छ) ।” यसको विशेष उद्घरणलार्इ यहाँ हेर्नुहोस्; नत्र भने यसमा हेर्नुहोस्: “International Standard Bible Encyclopedia Online,” ed. John Nuelsen James Orr, Edgar Mullins, Morris Evans, and Melvin Grove Kyle, International Standard Bible Encyclopedia (1939), https://www.internationalstandardbible.com/. |
| ↑3 | १ यूहन्ना ४:१६ |

