पछिल्लो अपडेट: मे 14, 2024
तस्विर क्रेडिट: RAH
यस छोटो उद्धरणचाहिँ Geerhardus Vos (गिरहार्डस् भोस) ले प्रचार गरेको र उनको प्रचारको सङ्कलनमा समावेश गरिएको The Wonderful Tree (अनुवादः त्यस सुन्दर रुख) बाट लिइएको हो जसलाई Banner of Truth Trust (ब्यानर अफ् ट्रुथ ट्रष्ट) द्वारा प्रकाशित गरिएको छ । यस प्रचार होशे १४:८ मा निर्भर छ र तल उद्धृत गरिएको चाहिँ होशे भविष्यवक्तालाई हो । पुरानो नियमको मन्दिरको उपासना जसले उपासनाको सत्य र झूटो रूपहरूलाई शुरुमै छुट्याउन भनेर बनाइएको छ, जसले पाठकहरूलाई उपासनाको वस्तु — परमेश्वर स्वयम्तर्फ देखाउँदछ ।
मानिसमा यस्तो स्वभाव निर्माण भएको छ कि, ऊ कि असल कि त खराब अभिप्रायबाट भए पनि धार्मिक बन्नैपर्छ । ऊ खराब अभिप्रायबाटको धार्मिक हुन सक्छ, तर ऊ साधारणतया गैर-धार्मिक हुन सक्दैन । परमेश्वरको मन्दिरमा जे ल्याउन ऊ असफल हुन्छ, अनि प्रायः यही ढोकामा होइन तर उपासनाको विरोधी वस्तुजस्तो उसले बाहिरनै खडा गर्नको निम्ति निश्चित हुन्छ । अनि बारम्बार जतिनै यी कुराहरू धेरै कथित हिसाबले आत्मिक र प्रशोधित छन्, त्यत्तिनै बढी प्रबल र धोकेबाज तिनीहरूको ललाई–फकाई हुँदछ । आधुनिक मानिस जसले आफैलाई बचाउन र सिद्ध पार्न खोज्छ, ऊसित विचारधाराहरूको एउटा ठूलै सर्वदेवमन्दिर (अर्थात् सबै देवताको निम्ति स्थापित मन्दिर) रहेको छ, ती प्रत्येक एक साक्षात् ईश्वरहरू (नाम मात्रको) बन्दछ जो यस व्यक्तिको धर्मको मुख्य वा केन्द्रविन्दु बन्दछ । होइन, यस भविष्यवक्ता योभन्दा पनि अझ परसम्म जाँदछन्: यहोवा आफैलाई एउटा मूर्तिपूजाको वस्तु बनाउन सकिँदछ । यदि एक व्यक्तिले उहाँको चरित्रको साँचो धारणा बनाउन चुक्छ र उहाँको बारेमा अन्य प्रायः इश्वरीय भनी मानिएको (झूटो ईश्वर) जीवबाट जम्मा पारिएका झूटो छविको मानसिक वा मात्र दिमागी चित्रमा बहकिन्छन् भने, त्यसपछि जुनसुकै नाम किन नदिइयोस्, चाहे त्यो परमेश्वर वा यहोवा वा ‘पिता’ नै किन नहोस्, इश्वरीय जीवनको वास्तविकता त्यस व्यक्तिमा हुँदैन । त्यस्तो अवस्थामा सत्य परमेश्वरको सट्टामा, त्यो अपवित्र पारिएको प्रतिरूपले नै उपासना जगाउँदछ ।
Geerhardus Vos, “The Wonderful Tree,” in Grace and Glory (Edinburgh: The Banner of Truth Trust, 2020), 16.

