पछिल्लो अपडेट: फेब्रुअरी 8, 2023
तस्विर क्रेडिट: Wikimedia Commons
तलको छोटो उद्धरण हेर्मन बाभिङ्कले लेखेको एक पुस्तक The Christian Family बाट लिइएको हो । शुरुमा त्यो १९१२ मा डच भाषामा Het Christelijk Huisgezin को रूपमा प्रकाशन गरिएको थियो । यसलाई अङ्ग्रेजीमा Nelson D. Kloosterman ले अनुवाद गरेका थिए र Christian’s Library Press द्वारा २०१२ मा प्रकाशन गरिएको थियो । Christian Library Press का पुस्तकहरू Acton Institute for the Study of Religion and Liberty द्वारा प्रकाशन गर्ने गरिएको छ । यो पुस्तकको पाना १३३-१३४ मा, हामी पढ्न पाउँछौं:
जुनसुकै चासोले मानिसहरूलाई एक-अर्कासित एउटा सम्बन्ध निर्माण गर्न प्रेरित गरेता पनि, यी सधैं ती मानिसहरू हुन् जोहरू नैतिक रूपमै उत्तरदायी हुन्छन् र उनीहरूले जे इच्छाएका वा गर्न चाहेका हुन्छन्, सो कुरा गर्न नगर्न पनि सक्छन्… सबै कुराभन्दा पहिलो त, एउटा समाज भनेको नैतिक सम्बन्धहरूको एउटा जटिल सम्मिश्रण हो । यदि यी नैतिक सम्बन्धहरूलाई कानुनी नियमको रूपमा कानुनमा नै सम्मिलित गराइन्छन् भने पनि त्यसले अत्यन्तै थोरै मात्र फरक पार्दछ; बेला-बेलामा एउटा पाइनुपर्ने अधिकारलाई नै नियमबद्ध बनाउनु भनेको त्यस्ता प्रकारका नैतिक सम्बन्धहरू अब उसो मानिसहरूको विवेकमा पर्याप्त मात्रामा सुरक्षित छैन भन्ने कुराको एउटा प्रमाण हो । तर उनीहरूको उत्पत्तिदेखि नै, उनीहरू मानवीय व्यक्तिको आत्मिक, नैतिक स्वभावमा रहन्छन् र उनीहरूको अन्तिम दृढता त्यहाँ रहँदछ; यस्तो एउटा नियम जुन विवेकमा बलियो गरी आधारित छैन भने त्यो शक्तिहीन हुन्छ; जनताको अर्थतन्त्र उनीहरूको नैतिकतामा आधारित हुन्छ ।
यदि साँच्चै यही अवस्था हो भने, तब हामीले फेरि एकपटक समाजको नैतिक उन्नतिको निम्ति परिवारले बहन गर्ने त्यस असाधारण महत्वलाई देख्दछौं । किनभने त्यहाँ परिवारमा नै, हामी यस संसारमा प्रवेश गरेको त्यस पहिलो चरणबाट नै हामीले पछि समाजमा प्रवेश गर्ने ती सबै सम्बन्धहरूलाई जान्न पाउँदछौं – स्वतन्त्रताका कुराहरू र गाँसिएका कुराहरू, स्वधीनता र निर्भरता, अधिकार र आज्ञाकारिता, समानता र भिन्नताका सम्बन्धहरू । अनि हामीले तिनलाई परिवारमा रहेर जान्न पाउँदछौं, कुनै एउटा अमूर्त शैक्षिक तरिकाद्वारा होइन, शैद्धान्तिक निर्देशनद्वारा होइन, तर व्यवहारिक रूपमै जीवनमा रहेर अनि त्यसैद्वारा जान्न पाउँदछौं । हरेक नैतिक सम्बन्धहरू परिवारमा नै, रगतका नाताहरूमा गाँसिएको र बुनिएको हुँदछ, र ती मानवीय अस्तित्वका उत्पत्तिहरूमा जरा गाडिएका हुँदछन् । परिवारमा नै हामीले जीवनको रहस्यलाई जान्न पाउँदछौं – त्यस रहस्य अझ भन्नुपर्दा स्वार्थीपनामा होइन तर आफैलाई इन्कार गर्नुमा र स्वबलिदानमा, समर्पण र प्रेममा मानव जियाइको भरपूर सन्तुष्टता हुँदछ ।
अनि परिवारबाट नै हामीले ती नैतिक सम्बन्धहरूलाई समाजमा लैजाँदछौं । जसले आफ्ना बाबुलाई आदर गर्न सिकेको हुन्छ, उसले पछि गएर ती अधिकारीहरूलाई सम्मान गर्दछ जोहरूले उनीमाथि राज्य गर्दा परमेश्वर खुसी बन्नुहुन्छ । जसले आफ्नी आमालाई साँच्चै प्रेम गर्छन् उसले अर्की स्त्रीको सम्मानमा आँच पुर्याउन सक्दैनन् । जसले परिवारमा भएका दासरूलाई घरकै साथी भनेर हेर्दछ, उनी उसको आफ्नै कामदारहरूमाथि तानाशाही बन्न सक्दैन । परिवार भनेको प्रेमलाई हुर्काउने बगैंचा हो र त्यस प्रकारको प्रेमद्वारा समाजलाई सिकाउँदछ र भरिदिँदछ ।