तस्विर क्रेडिट: Museum of Modern Art, Manhattan, Wikimedia Commons मार्फत
तल C.S. Lewis (सी. एस्. लेवीस्) को The weight of Glory (अनुवादः महिमाको तौल) भन्नेप्रचारको छोटो र प्रख्यात अंश रहेको छ । उक्त प्रचार १९४१ मा अक्सफोर्डको University Church of St. Mary the Virgin (यूनिभर्सिटी चर्च अफ् सेन्ट मेरी द भर्जिन्) मा प्रचार गरिएको थियो । जसकसैले यो कुरालाई ख्याल गर्न सक्छ कि प्रेमको सद्गुणलाई जोड दिँदै गर्दा लेवीस्ले चाहना गर्ने वा त्यसमा सन्तुष्ट हुन खोज्ने कुराको विरोध गर्दैनन्, बरु त्यसको खराब खोजहरूको गर्दछन् । चाहना गराइको असन्तुष्टि प्रेमलाई गलत दिशामा मोडिदिनाले उत्पन्न हुँदछः वर्तमानको क्षितिजभन्दा माथि हेर्न नचाहने हाम्रो अनिच्छाले गर्दा, हाम्रा विचलित लालसाहरू – हाम्रा निश्चित र अलमल्याउने आत्म-प्रेमभन्दा माथि परमेश्वरका वरदानहरूलाई मान्न अस्वीकार गर्नाले त्यसो हुन जाँदछ । त्यसपछि, ती आफैलाई प्रेम गर्नेहरू, अन्ततः निराश हुन्छन् ।
यदि तपाईंले आज बीसजना असल मानिसहरूलाई उनीहरूको विचारमा सद्गुण भनेको के हो भनी सोध्नुभयो भने, उनीहरूमध्ये उन्नाइसजनाले जवाफ दिनेछन् – निःस्वार्थपना । तर यदि तपाईंले पहिलेका महान् ख्रीष्टियानहरूमध्ये करिब प्रायःजसोलाई सोध्नुहुन्थ्यो भने उनको जवाफ हुन्थ्यो – प्रेम । तपाईंले देख्नुभयो के भएको रहेछ ? सकारात्मक कुरालाई एउटा नकारात्मक शब्दावलीद्वारा हटाइएको छ, अनि योचाहिँ केवल दार्शनिक महत्वको भन्दा बढ्ता रहेको छ । निःस्वार्थपनाको नकारात्मक विचारले अरूहरूको निम्ति मुख्यतया असल कुराहरू गरिदिने भावलाई होइन, बरु उनीहरूबिना आफू अघि बढ्ने कुरालाई बोक्दछ, मानौं कि उनीहरूको खुसी होइन तर हामी अलग हुनु नै महत्वपूर्ण कुरा हो । ख्रीष्टियान प्रेमको सद्गुण यही हो भन्ने मलाई लाग्दैन । नयाँ नियमले आफैलाई इन्कार गर्ने बारेमा थुप्रै कुराहरू बताउँदछ, तर आफैलाई इन्कार गर्ने कुरा नै सबै थोक होइन । हामीले ख्रीष्टलाई पछ्याउन सकौं भनेर हामीलाई आफैलाई इन्कार गर्न र क्रूसहरू उठाउन भनिएको छ; अनि यदि हामीले त्यसो गर्यौं भने हामीले अन्तत्वगत्वा के पाउनेछौं भन्ने लगभग प्रायः विवरणमा हामीले एउटा चाहनाको अपिल पाउँदछौं । हाम्रो आफ्नै भलाइ खोज्नु र त्यसको आनन्द लिनको निम्ति यत्नपूर्वक आशा राख्नु भनेको एउटा खराब कुरा हो भन्ने खालको विचार यदि अहिलेको सबैभन्दा आधुनिक मस्तिष्कहरूमा लुकेका छन् भने, यो विचारचाहिँ कान्ट (Kant) र स्टोइक्स् (Stoics) हरूबाट घुसेको हो र यो ख्रीष्टियान विश्वासको कुनै भाग होइन । निसन्देह, यदि हामीले लाजमा नपार्ने इनामहरूको प्रतिज्ञाहरू र सुसमाचारहरूमा प्रतिज्ञा गरिएका इनामहरूको विशाल स्वभावलाई ध्यान दिँदछौं भने, यो यस्तो देखिन्छ कि हाम्रा प्रभुले हाम्रा इच्छाहरू अति बलियो होइन, बरु अति कमजोर पाउनुहुन्छ । हामीचाहिँ आधा-मन-भएका सृष्टिहरू हौं – हामीलाई असीमित आनन्द प्रदान गरिँदा पनि मद्यपान र यौनकै वरिपरि घुमिरहने मूर्खहरू हौं, एउटा नजान्ने बालकजस्तो जो एउटा फोहोर ठाउँमा माटोको डल्लो बनाउन जान मन पराउँछन् किनभने एउटा समुद्रमा गएर बिदा मनाउन दिइएको अवसर भनेको कस्तो हो भनेर उसले कल्पना नै गर्न सक्दैन । हामी अत्यन्तै सजिलोसँग खुसी बन्दछौं ।[1]C.S. Lewis, “The Weight of Glory,” in C.S. Lewis Essay Collection: Faith, Christianity, and the Church, ed. Lesley Walmsley (London: Harper Collins Publishers, 2000), 96.
नोट र सन्दर्भहरू
↑1 | C.S. Lewis, “The Weight of Glory,” in C.S. Lewis Essay Collection: Faith, Christianity, and the Church, ed. Lesley Walmsley (London: Harper Collins Publishers, 2000), 96. |
---|