तस्विर क्रेडिट: RAH
भिडियो
यहाँ तपाईंले संसारको ज्योति फिल्म हेर्न सक्नुहुन्छ । ७८ मिनट लामो यो प्रस्तुतिले येशू ख्रीष्टको सुसमाचारलाई वर्णन गर्दछ । यो फिल्मले चित्र देखाउँदै संसारको सृष्टिको र संसारमा पाप प्रवेश गरेको वृत्तान्त बताउँदछ । त्यसपछि यसले येशू ख्रीष्ट कसरी संसारको उद्धारकत्र्ता हुनुहुन्छ भनी देखाउँदछ । यो फिल्म चीक पब्लिकेसनले प्रकाशन गरेको थियो । तल दिइएका अनुवादहरू दक्षिण एसियामा गरिएका हुन् र अनुमति लिएर यहाँ राखिएका हुन् ।
ध्यानको लागी
देह-धारणः अपमानदेखि विजयसम्म
देह-धारणले अपमानमा पराक्रमलाई पुष्टि गर्दछ
परमेश्वरले दिनुहुने छुटकारामा धर्मलाई ध्यान दिइएको छ ।
हर्मन बाभिङ्कको पुस्तक The Wonderful Works of God बाट अनुदित खण्ड
पुनरुत्थानः धेरै बहसको माझमा एउटा अन्तिम शब्द
अब मानिसले आफैलाई पूर्णरूपमा विनाश गर्न सक्दैन ।
यूहन्नाद्वारा लिखित सुसमाचार

यूहन्नाको सुसमाचार
यहाँ तपाईंले बाइबलमा रहेका पुस्तकहरूमध्ये एउटा पढ्न सक्नुहुन्छ । त्यो होः यूहन्नाद्वारा लिखित सुसमाचार । यसले येशू ख्रीष्टको जन्म तथा जीवनको बारेमा बताउँदछ । यसले सम्पूर्ण विश्वासीहरूको मुक्तिको लागि भएको उहाँको जीवन, मृत्यु र पुनर्जीवनको बारेमा घोषणा गर्दछ ।
यूहन्नाद्वारा लिखित सुसमाचारको नेपाली संस्करण ट्रिनिटरियन बाइबल सोसाइटी र जीवन मार्ग प्रकाशनद्वारा प्रकाशित नेपाली बाइबल, प्रतिलिपि अधिकार © २०११ बाट लिइएको हो र उहाँहरूको दयालु अनुमतिद्वारा प्रयोग गरिएको हो । गूगल प्ले स्टोरमा यो नेपाली बाइबलको सगम्र संस्करण देखाउने एप उपलब्ध छ ।
पुस्तकका खण्डहरू
केही पुस्तकहरूका शुरूका अध्यायहरू यहाँ पढ्न सकिन्छ ।

एउटा गुरुको मृत्यु
रवि आर. महाराज
यो पुस्तक रवि महाराजको नेपाली भाषामा अनुदित जीवनी हो । सन् १९४७ मा ट्रिनिडाड र टोबागोमा जन्मिएका महाराज हिन्दू पूजाहारीहरू र गुरुहरूको लामो इतिहास भएको परिवारका सन्तान हुन् । तर तिनले सन् १९७० मा ख्रीष्टियन विश्वासलाई अङ्गाले । यो तिनको कथा हो ।

पर्सियाका सत्य कथाहरू
विलियम म्याकइल्वी मिल्लर
योचाहिँ विलियम म्याकएल्वी मिलरद्वारा लिखित एउटा पुस्तकको नेपाली अनुवाद हो । तिनी बीसौं शताब्दीको पहिलो अर्धभागमा पर्सियामा प्रिष्विटेरियन मिशनेरी बनेर गएका थिए । यो पुस्तकमा तिनी पर्सियामा हुँदाखेरिको समयका छोटा कथाहरू छन् । पर्सियालाई अहिले इरान भनिन्छ ।