पछिल्लो अपडेट: फेब्रुअरी 8, 2023
तस्विर क्रेडिट: The Metropolitan Museum of Art, New York
अर्जुन सिंहले Daily Caller मा यो रिपोर्ट गरेका छन् कि अमेरिकाको पूर्वराष्ट्रपति बिल क्लिन्टनले भर्खरै मात्र वासिङ्टन डि.सी. स्थित जर्जटाउन यूनिभर्सिटीका श्रोतालाई यो भनेका थिए कि “राजनीति भनेको शक्तिको लागि हो” अनि चुनावहरू भनेको “शून्य-योग खेलहरू हुन्” । उसले यसो भन्नुको मतलब एउटा दलको हरेक जित वा हार भनेको विपक्षी दलले चुकाएको वा लाभ प्राप्त गरेकोले संभव हुँदछ । एउटा पक्षको फाइदा उत्ति नै गरी अर्कोको घाटाको कारणले गर्दा हुँदछ । यदि श्रीमान् क्लिन्टन सही छन् भने, राजनीतिक अभ्यासहरू खतरायुक्त तवरले विचार गरिन्छन् र त्यसपछि चुनावी जितहरूमा सिद्ध गरिन्छन् ।
सिंहको लेखअनुसार, श्रीमान् क्लिनटनका मन्तव्यहरू उनको आफ्नै राजनीतिक दलप्रति एउटा चेतावनीको रूपमा लक्षित थिएः बढ्दै गरेका ती विभिन्न अलोकप्रिय नीतिहरू, जसलाई कानुनको रूपमा ढालिँदै छन्, त्यसले चुनावमा पराजयको नतिजाहरू दिनेछन् । ध्यान दिनुहोस् कि श्रीमान् क्लिन्टनले यी नीतिहरूको चरित्र वा ठीकपनालाई होइन, तर आउँदै गरेका मध्यावधि चुनावहरूमा तिनको अलोकप्रियतालाई सम्बोधन गर्छन् । जस्तो कि, उसले एउटा राजनीतिक लेखाजोखा गर्छन्, अलिकति दलगत तृष्णाको रूपमा उनले लेखाजोखा गरे पनि सो कुरा एक प्रकारको नयाँ, विश्वव्यापी नैतिकताको रूपमा उनी बताउँछन् ।
उनको २०१४ को पुस्तक, An Anxious Age मा जोसेफ बोट्टुमले यस कुरालाई अवलोकन गरेका छन्: थुप्रै अमेरिकी प्रोटेस्टेन्टहरूले हालैका दशकहरूमा ती पुराना संस्कृतिका मान्यताहरूलाई यस्तो तरिकाले बोकिरहेका छन् कि उक्त मान्यताहरूलाई आकार दिने ती अति नै महत्वपूर्ण कुरालाई नै अब उसो उनीहरूले कत्ति पनि विश्वास गर्दैनन् । उनले लेखे, यो अविश्वासले पछि गएर एकमत हुने कुरालाई असफल बताइदियोः “उनीहरू कुनै पनि अर्थपूर्ण तवरले हेर्दा सामान्यतय ख्रीष्टियान विश्वासीहरू बन्न पनि छोडे, जब कि उनीहरूले अमेरिकी संस्कृतिको केन्द्रलाई प्रतिनिधित्व गर्ने उनीहरूका प्रोटेस्टेन्ट बाबुआमाको आश्वासनलाई कायम राखिराखेको भए पनि ।”[1]अंग्रेजीमा: “They simply stopped being Christian believers in any meaningful way, even while they kept the assurance of their Protestant parents that they represented the center of American culture.” हेर्नुहोस्: Joseph Bottum, An Anxious Age: The Post-Protestant Ethic and the Spirit of America (Penguin Random House, 2014), 13. यो साँचो देखिन्छ; तरै पनि, यस अविश्वास एउटा नयाँ सकारात्मक सम्मतिको मुख्य आधार हो भनेर सोचिनुको कारण त्यहाँ छ । अर्को शब्दमा भन्नुपर्दा, उनीहरूको अविश्वास अब बिस्तारै नयाँ विश्वासका विचारहरूद्वारा प्रतिस्थापन भइरहेका छन् । यसले मानिससित सधैंझैं हुँदै आएको त्यस अपरिहार्य नैतिक र धार्मिक झुकावहरूलाई झन् जरूरी गराइदिँदछ, तर उनीहरूमा एकप्रकारको राजनीतिक र सामाजिक अभिव्यक्तहरू बाँधिदिँदछ जुन बोट्टुमले आफ्नो पुस्तकमा वर्णन गर्छन् । अर्को शब्दमा भन्नुपर्दा, धर्म-निरपेक्षता अब नैतिक र धार्मिक पहिचानमा चुर्लुम्मै डुबाइएको छ । बोट्टुमले त्यसलाई यसरी भन्छन्: “हामी यस्तो एउटा आत्मिक युगमा बाँचिरहेछौं जहाँ राजनीतिलाई मुक्तिवादमा परिवर्तन गरिएको छ ।अहिले जसरी हामीले मत दिन्छौं, उसरी नै हाम्रा प्राणहरूले उन्मुक्ति पाउँदछ ।”[2]अंग्रेजीमा: “We live in a spiritual age when the political has been transformed into the soteriological. When how we vote is how our souls are saved.” Ibid., 67.
तर यस आन्दोलनलाई अझ बढी परिवर्तितहरूको खाँचो छ । एउटा पूर्ण रूपमा एकमतको सम्मतिबिना, बयानबाजीले अहिले चलिरहेको कार्यलाई मानिलिनै पर्छ – जनसमुदायको चित्तलाई उत्तेजित पार्ने व्याख्यान नै त्यसको धर्मोपदेश बनेको छ । श्रीमान् क्लिटनले, कम्तिमा, उनको पार्टीमा भएका कोही-कोही अति नै चाँडो दौडिरहेका छन् भनी सोच्छन्; हामीले के कुराचाहिँ जान्न बाँकी छ भने, उनको विचारमा, कसैले अविश्वास गरेका छन् कि भन्ने कुरा हो ।
* * *
भाषण गर्ने तरिका जस्तो छ – त्यसको अति नै खराब अवस्थाहरूमा समेत – त्यसले शक्तिको रूपमा आफ्नो चरित्र कायम गर्छ भनेर अवस्थाले देखाउँदछ । त्यसले श्रोतालाई प्रभावित गराउँदछ, त्यसले लेखककै बारेमा केही प्रकट गर्दैछ भने पनि । उसको सानो पुस्तक, Abuse of Language, Abuse of Power मा जोसेफ पाइपरले यस्तो एउटा तरिकामा पुर्याउँदछन् जहाँ भाषणले प्रभावकारी रूपमा खराब अन्त्यहरूलाई हासिल गर्दछः
त्यो क्षण, जस्तो मैले भनेको छु, जतिबेला जसकसैले पूरा रूपमा जानेरै शब्दहरूको प्रयोग गर्छन् तरै पनि वास्तविकतालाई चाहिँ बेवास्ता गर्छन् भने, उसले त वास्तवमा अरूसँग केही पनि सञ्चार गर्न खोजिरहेको हुँदैन । यसलाई पाठकले धेरै वा थोरै स्वीकार गरेको हुनुपर्छ । तर यो एउटा शक्तिको साधन (पनि बन्दछ भन्ने कुराको) बारेमा चाहिँ ? के यो अति नै बलियो र धेरै कुरालाई अभिव्यक्त गर्ने खालको हुँदैन र ? त्यसले वास्तवमै यो जनाउँदछ कि एक क्षणबाट अर्कोमा पुग्दै गर्दा वक्ता र श्रोताबीचको मानवीय सम्बन्ध पनि परिवर्तित हुँदछ । मैले यो भन्नुपर्ने हुन्छ – हो, निश्चय नै, ठ्याक्कै यही हुन्छ; यो वास्तवमा यस्तै भएर गइरहेको छ ! जसकसैले अर्को व्यक्तिसँग बोल्दछ भने – सामान्यतय त्यहाँ स्वेच्छाले कुराकानी हुँदछ भन्ने मात्र हामीले अनुमान लगाइरहेका हुँदैनौं तर त्यहाँ ठीक प्रकारले सोचविचार गरिएर शब्दहरूको प्रयोग गरिँदछ भन्ने पनि मान्दछौं । अनि जसकसैले त्यस्तो गरिरहँदा (अर्थात् बेवास्ता गरिरहँदा) उनी स्पष्ट रूपमा सत्यताप्रति प्रतिबद्ध हुँदैनन् – त्यस्तो व्यक्तिले, त्यस घडीबाट, अर्कोलाई अब उसो साझेदारको रूपमा, बराबरीको रूपमा मान्दैनन् । वास्तवमा त उसले अब उसो अर्कोलाई एक मानवीय व्यक्तिको रूपमा आदरसमेत गर्दैनन् । त्यस घडीबाट, ठ्याक्कै भन्नुपर्दा, सबै कुराकानी बन्द हुँदछ; सबै संवाद र सञ्चारको अन्त्य हुँदछ । तर त्यसो हो भने अब केले ठाउँ लिँदैछ त ? हो, यही प्रश्नको जवाफलाई शुक्रातले एउटा पहिल्यैदेखि चलिआएको शब्दले जवाफ दिएका छन् – चिप्लो घसाइ…। चिप्लो घसाइ भनेको के हो ? हामीले यो शब्दलाई त्यस प्रकारको सन्दर्भमा अब उसो प्रयोग गर्दैनौं; त्यसले आफ्नो टोकाइ (क्षमता) लाई गुमाएको छ, तै पनि विषय आफै नै सधैंझैं सान्दर्भिक छ ।
त्यसो भए, चिप्लो घसाइ के हो त ? यहाँ भनिएको चिप्लो घसाइ अरूले जे सुन्न रुचाउँछन् त्यसलाई भन्नु, उसलाई कुनै राम्रो कुरा भन्नु, उसलाई व्यर्थमा उचालिदिनु भन्ने जस्ता कुराहरूको बारेमा भन्न खोजिएको होइन । अनि त्यसैले जे भनिएको छ, त्यो एउटा झूट नै हुनुपर्छ भन्ने पनि छैन । उदाहरणको लागि, मैले एउटा साथीलाई भेटूँला र उनलाई भनूँला, “मैले तिम्रो हालसालैको लेख पढें, अनि म मोहित भएँ !” यो यस्तो पनि हुन सक्छ कि मैले उक्त लेख कत्ति पनि पढेको छैन अनि त्यही भएर मलाई अरू केही नभए पनि मोहित तुल्याएको भने छ । यतिसम्म हुँदा पनि यसमा अझै चिप्लो घसाइ हुँदैन ! अथवा मैले साँच्चै उक्त लेख पढिसकेको होउँला, र म साँच्चै मोहित बनेको पनि होउँला, र मैले जे भनें, यद्यपि त्यो पनि चिप्लो घसाइ हुन सक्छ । के कुरामा चाहिँ भिन्नता रहन्छ त ? केले भिन्नता गराउँदछ त ? निर्णायक भिन्नता यो होः अर्कै भित्री मनसाय हुनु । उसलाई खुसी पार्न सकूँ वा त्यस्तो केही सत्य कुरा बताउन मैले उसलाई अर्कै कुरा भनेको होइन । बरु, मैले उसलाई जे भनें, त्योचाहिँ ऊबाट केही कुरा प्राप्त गर्नको लागि योजना बनाइएको थियो ! त्यो भित्री योजनाले गर्दा त्यस शब्दको प्रचलित अर्थ जे छ, त्यसैमा रहेर समेत उक्त सन्देशलाई चिप्लो घसिएको तुल्याउँदछ । ती अर्को, जसलाई मैले उसैलाई सुन्न मनपर्ने कुराद्वारा प्रभावित पार्न खोज्दछु, उनी मेरो साथी हुन छोड्छः ऊ अब उसो साथीको विषय रहेन । बरु, ऊ त अब मेरो निम्ति हेरफेर गर्न सकिने, सम्भवत प्रभुत्व जनाउन सकिने, सम्हाल्ने र नियन्त्रण गर्न सकिने एउटा साधन बन्दछ । त्यसैले अवस्थाचाहिँ जस्तो त्यो बाहिरी रूपमा एक प्रकारको देखिँदछ, त्यसको ठीक विपरितमा हुँदछ । यस्तो देखिन्छ, विशेष गरी तिनलाई जसलाई साह्रै चिप्लो घसिएको छ, एउटा विशेष आदर दिइएको जस्तो देखिन्छ, जब कि वास्तवमा अवस्थाचाहिँ ठ्याक्कै यस्तो भइरहेको हुँदैन । उसको मर्यादालाई इन्कार गरिएको हुँदछ; मैले उसको कमजोरी र त्यस्ता क्षेत्रहरूमा ध्यान दिँदछु जसले उसलाई ध्यानाकर्षित गराउँदछ – यी सबै कुराहरूले उसलाई हेरफेर गर्न, उसलाई मेरै उद्देश्यको निम्ति प्रयोग हुनका निम्ति गरिरहेको हुँदछ । अनि जहाँसम्म शब्दहरूको प्रयोग भएको छ, तिनले सञ्चार गर्न छोड्दछ । आधारभूत रूपमा, यहाँ के हुँदछ भने एउटा साथीबिनाको भाषण मात्र हुँदछ (कारण त्यहाँ अर्को साँचो छैन); त्यस्तो भाषण, जुन भाषाको स्वभाविक मर्मको विपरितमा हुँदछ, यसले सञ्चार गर्न होइन तर हेरफेर गर्न (बङ्ग्याउन) खोज्दछ । शब्दलाई एउटा उत्प्रेरक, एउटा औषधी बन्नका निम्ति विकृत तुल्याइएको र निकृष्ट पारिएको हुँदछ – लाग्छ कि त्यो शब्द पहिल्यै त्यस्तो खालको हो र त्यस्तै देखिने गरी नै पस्किएको छ । यसको निम्ति अझ केही हदसम्म बलियो शब्दावली भनेको शक्तिको साधन देखिन्छ; अझै पनि, यो अब उसो त्यति धेरै हुनै नसक्ने खालको दखिन्न ।
Josef Pieper, Abuse of Language, Abuse of Power (San Francisco, Calif.: Ignatius Press, 1992), 20-23.
यहाँ मेरो उद्देश्य भनेको, अमेरिकी दलहरूको धरातल र नीतिहरू महत्वहीन छन्, तर उनीहरूको राजनीतिक अभ्यासहरूले दुर्भाग्यवश तवरले नीतिहरूलाई भविष्यवाणी गराउँदछन्, र हामीलाई यो सम्झना गराउँदछ कि शून्य-योग खेलहरूलाई सधैभरि पुनः खेलाइद्वारा पछ्याइँदैनन् ।
नोट र सन्दर्भहरू
↑1 | अंग्रेजीमा: “They simply stopped being Christian believers in any meaningful way, even while they kept the assurance of their Protestant parents that they represented the center of American culture.” हेर्नुहोस्: Joseph Bottum, An Anxious Age: The Post-Protestant Ethic and the Spirit of America (Penguin Random House, 2014), 13. |
---|---|
↑2 | अंग्रेजीमा: “We live in a spiritual age when the political has been transformed into the soteriological. When how we vote is how our souls are saved.” Ibid., 67. |