तस्विर क्रेडिट: The Cleveland Museum of Art
यो लेख कुनै पनि हालतमा यहूदी चाडहरूको पूर्ण जानकारी होइन । बरु, यसको क्षेत्र सानो छ र यसलाई अर्को लेखका सीमित विषयहरूलाई प्रष्ट पार्नको लागि लक्षित गरिएको छ ।
पुरानो करारका तीर्थ यात्रा गरेर मनाइने मुख्य चाडहरूको शुरुवात इस्राएलले मिश्र देशबाट पाएको छुटकारा र त्यहाँबाट गरेको प्रस्थानसँग सम्बन्धित आज्ञाहरूमा, साथ-साथै परमेश्वरले इस्राएललाई कनानमा दिनुहुने भनी प्रतिज्ञा गर्नुभएको देशतर्फको इस्राएलको यात्रामा थियो । तीनवटा चाडहरूमध्ये पहिलोलाई कहिलेकाहीँ अखमिरी रोटीको चाड भनेर जनाइन्छ (प्रस्थान १२:१७, २३:१५), त्यसले इस्राएलले मिश्र देशबाट पाएको छुटकारा र त्यहाँबाट गरेको प्रस्थानलाई सम्झना गराउँदथ्यो । त्यसको ५० दिनपछि हप्ताहरूको चाड मनाइन्छ । यसको नाम एउटा बलिसँग जोडिएको छ जुन बलि इस्राएलमा गहुँको कटनीको शुरुमा चढाइन्थ्यो । प्रस्थान ३४:२२ ले यस चाडको नाम दिन्छ र त्यसलाई व्याख्या गर्दछ, तर यसले तेस्रो चाडलाई पनि जनाउँदछ जुन यहूदी पात्रोमा पछि आउँदछ, “वर्षको अन्त्यमा अन्न भित्र्याउने चाड ।” त्यसैले यो तेस्रो चाड हरेक वर्षको कटनीपछि आउँदथ्यो ।[1]यिनलाई प्रस्थान ३४ मा एकसाथ पढ्न सकिन्छ । अखमिरे रोटीको चाड (प्रस्थान ३४:१८) लाई हप्ताहरूको चाड र अन्न भित्र्याउने चाडसितको संयोजनमा उल्लेख गरिएको छ ।
अझ बारम्बार, यी तीनवटै चाडहरूलाई निस्तार चाड, पेन्टेकोस्ट र झुपडीहरूको चाड भनेर जनाउने गरिँदछ ।[2]अन्यथा, पाठकले यी चाडहरूलाई तिनीहरूको हिब्रू नामहरू पिसाच (Pesach), शाभुवट (Shavuot) र सुक्कोत (Sukkot) को अक्षरशः रुपान्तरणद्वारा जनाइएको पनि पाउन सक्छन् । वास्तवमा, यी नामहरू माथि उल्लेखित भन्दा फरक छन् । यो भिन्नतालाई प्राविधिक फरकपनामा बुझिँदछ । उदाहरणको लागि, पेन्टेकोस्टले वास्तवमा एउटै मात्र दिनलाई जनाउँदछ (यहूदी महिना निसानको १४ औं दिन), र अखमिरी रोटीको चाड निस्तार चाड सकिनेबित्तिकै शुरु हुँदछ (प्रस्थान १२:१–२० हेर्नुहोस्) । कहिलेकाहीँ तिनीहरूलाई ती एउटै चाड हुन् र सँगै मनाइन्छन् कि झैं गरी एकसाथ जोडेर उल्लेख गरिँदछ । तिनीहरूको सम्बन्ध यति घनिष्ठ छ कि तिनीहरूलाई प्रायः एउटा र उही चाडको रूपमा उल्लेख गर्ने गरिन्थ्यो, यद्यपि तीबीचको प्राविधिक भिन्नतालाई सबैले बुझ्दथे । यसको केही समानता ख्रीष्टमसको आधुनिक अवधारणामा हामी पाउँदछौं, जसले एउटा मात्र दिनलाई जनाउँदछ भन्ने हामी सबै जान्दछौं । तर अरू सम्बन्धित दिनहरूलाई पनि समेट्ने समग्र अवधिको रूपमा यसलाई प्रायः उल्लेख गर्ने गरिन्छ (उदाहरणको लागि, येशूको जन्मदिन गोठालाहरू पछि आएका दिनभन्दा फरक भए झैं) । त्यसैले, पवित्रशास्त्रमा पढ्दाखेरि, यहूदी चाडका भिन्न दिनहरूलाई कहिलेकाहीँ अर्को चाडसँगै उल्लेख गरिन्छ जुन त्योसँग घनिष्ठ रूपमा सम्बन्धित हुन्छ (लूका २२:१ ले यो कुरा हामीलाई प्रष्ट पार्दछ ।)
* * *
तर हामी यो पनि देख्न सक्दछौं कि ती चाडहरूलाई दिइएका विभिन्न नामहरू महत्वहीन भिन्नताहरू होइनन् । ती भिन्न नामहरूले इस्राएलको छुटकाराका विभिन्न पक्षहरू र तिनीहरूका उद्धारकर्ताको सामु तिनीहरूले जिएका जीवनलाई प्रष्ट पार्दछन् । उदाहरणको लागि, प्रस्थान ३४ मा, तीनवटा चाडहरूलाई दिइएका नामहरू खानेकुरा र कटनीसँग सम्बन्धित छन्, तर तिनलाई सम्झना वा खेतीसँग सम्बन्धितभन्दा बढी महत्व रहेको कुरा बुझिनुपर्दछ । पवित्रशास्त्रमा, भोजन आफै पनि जीवनसँग सम्बन्धित हुन्छ — तर त्यसको सम्बन्ध भौतिक र सांसारिक प्रकटीकरणभन्दा धेरै ठूलो कुरासँग पनि हुँदछ । यो तथ्यलाई येशूका वचनहरूमा बुझिन्छ, “यसकारण म तिमीहरूलाई भन्दछु, हामी के खाऔंला वा के पिऔंला भनी आफ्ना प्राणका लागि, साथै के पहिरौंला भनी आफ्ना शरीरका लागि तिमीहरू फिक्री नगर । के प्राण भोजनभन्दा र शरीर लुगाफाटाभन्दा बढी होइन र ?” (मत्ती ६:२५) । यूहन्ना ६:५३ मा रहेका प्रभुका वचनहरू अझ गहकिला छन् । त्यहाँ हामी देख्दछौं कि जीवनचाहिँ शरीरका कुराहरूभन्दा बढी हो र पोषणको अर्को श्रोतमाथि निर्भर हुन्छ ।[3]योचाहिँ यस्तो एउटा विचार हो जुन यूहन्ना ६:२६-५९ हामी देख्न सक्छौं, साथै प्रभु भोजलाई एउटा सहभागीको रूपमा मण्डलीले अभ्यास गर्नुपर्ने कुराद्वारा पुष्टि गरिँदछ (१ कोरिन्थी १०:१५-१७) । यूहन्ना ६ अध्यायको सन्दर्भमा, प्रभु येशूले … पढ्न जारी राख्नुहोस् त्यसैले, कटनी यो विचारभित्र पर्दछ कि जीवनलाई बौरिएर उठेको शरीरमा मूल्याङ्कन गरिन्छ, स्वीकार गरिन्छ र खुला रूपमा प्रदर्शन गरिन्छ । उदाहरणको लागि, येशूले दिनुभएको गहुँ र सामाहरूको दृष्टान्तले गहुँको कटनीलाई परमेश्वरले संसारको अन्त्यमा गर्नुहुने न्यायसँग जोडिदिन्छ, जहाँ केही मानिसहरूलाई विश्वासीहरू भएको देखाइएको छ र अरूचाहिँ अविश्वासी (मत्ती १३:३०) । त्यसैगरी, पावलले विश्वासीको बौरिउठाइबारे बताउनको लागि रोप्ने र कटनी गर्ने सम्बन्धी विचारलाई प्रयोग गर्दछन् (१ कोरिन्थी १५:३५–४४) ।
ती चाडहरूलाई निस्तार चाड, पेन्टेकोस्ट र झुपडीहरूको चाडहरू भनिने अति सामान्य नामहरूले परमेश्वर कसरी आफ्ना जनहरूको माझमा उपस्थित गर्नुहुन्छ भन्ने तरिकालाई प्रष्ट पार्दछन् । निस्तार चाडको भोजन — बलिदानको भोजन[4]वास्तवमा, यी सबै चाडहरूसित बलिदान जोडिएका छन्, जुन कुराले यस कुरालाई पुष्टि र अनुमान गर्दछ कि यस्तो एउटा प्रतिस्थापित मृत्युले, जसले परिणाम्स्वरूप परमेश्वरको उपस्थितिलाई मनन गराउँदछ, जीवन मिल्दछ । — ले इस्राएलका छुटकारावालाको रूपमा भएको परमेश्वरको उद्धार गराउने उपस्थितिलाई सम्झना गराउँदथ्यो । त्यसले तिनीहरूलाई मिश्रमा मोशाका चेताउनीहरूलाई अस्वीकार गर्नेहरूदेखि अलग पारेको थियो । अर्कोतर्फ, पेन्टिकोस्टले सिनाई पर्वतमा इस्राएल आइपुगेको कुरालाई सम्झना गराउँदथ्यो, जहाँ परमेश्वरले इस्राएलसँग औपचारिक रूपमा करार स्थापित गर्नुभएको थियो । परमेश्वर सिनाई पर्वतमा उपस्थित हुनुभएको कुरा हुरी, आगो र भूकम्पद्वारा प्रदर्शिन भयो । तेस्रो चाड, अर्थात् झुपडीहरूको चाड वर्षको निकै पछि आउँदथ्यो, जसले इस्राएल उजाडस्थान भएर कनानसम्म पुगेको र प्रतिज्ञाको देशतर्फको यात्राहुँदि अस्थायी झुपडीहरूमा वास बसेको कुरालाई स्मरण गराउँदथ्यो (लेवी २३:४१–४४) । यो यात्राको सबैभन्दा महत्वपूर्ण गुण यो हो कि परमेश्वरले आफूले मिश्र देशबाट छुटकारा दिनुभएका मानिसहरूसँगै यात्रा गर्नुभयो । एउटा गुणस्तरीय तरिकाले, तिनीहरूको अनुभव उहाँको अनुभव बन्यो, र उहाँले बादल र आगोका खाँबोहरूमा तिनीहरूका माझमा आफ्नो प्रष्ट उपस्थिति देखाउनुभयो जुन खाँबोहरूले इस्राएललाई उजाडस्थानमा अगुवाइ गरेका थिए (प्रस्थान १३:२१) । गन्ती ९:१५–२३ ले इस्राएलको यात्राको तरिकालाई वर्णन गर्दछ, अनि जहाँसम्म परमेश्वरको उपस्थिति भेट हुने पालसँग सम्बन्धित भएको कुरा छ, यो पनि तिनै अवस्थाहरू र परीक्षाहरूमा प्रकट हुन्छ जुन इस्राएललाई उक्त उजाडस्थानको यात्रामा तिनीहरू आफ्ना पालहरूमा बस्दाखेरि आइपरेका थिए । यो महत्व अन्ततः ख्रीष्टको देह धारणमा पुष्टि भयोः “अनि वचन शरीर हुनुभयो, अनि हाम्रा माझमा… वास गर्नुभयो…” (यूहन्ना १:१४) ।
त्यसैले, यी सबै चाडहरूलाई परमेश्वरले इस्राएललाई मिश्रबाट छुटकारा दिनुभएर प्रतिज्ञाको देशमा ल्याउनुभएको घटनाको सम्झनाको रूपमा वर्षेनी मनाइनुपर्दथ्यो । यद्यपि, एउटा चाडलाई कहिल्यै पनि अरू चाडहरूदेखि अलग्गै मनाउनुहुँदैनथ्यो, किनकि तिनीहरूले एकसाथ मिलेर एउटा सिङ्गो वृत्तान्त र इतिहासलाई दोहोर्याउँदथ्यो । साथै, तिनको आपसी सम्बन्धले तीर्थ यात्री जातिको रूपमा इस्राएलको चरित्रलाई पुष्टि गरिदियो । तिनीहरूले कनानतर्फको यात्रा गर्नको लागि मिश्र देश छोडे । तिनीहरूलाई यी स्थानहरू बीचको ठाउँमा सधैंभरि बस्नको निम्ति मिश्र देशबाट उद्धार गरिएको थिएन । तिनीहरूले आफ्नो अन्तिम गन्तव्यतर्फको यात्रामा राम्रोसँग जिउनुपर्दथ्यो — विश्वासयोग्य भएर जिउनुपर्दथ्यो ।
नोट र सन्दर्भहरू
↑1 | यिनलाई प्रस्थान ३४ मा एकसाथ पढ्न सकिन्छ । अखमिरे रोटीको चाड (प्रस्थान ३४:१८) लाई हप्ताहरूको चाड र अन्न भित्र्याउने चाडसितको संयोजनमा उल्लेख गरिएको छ । |
---|---|
↑2 | अन्यथा, पाठकले यी चाडहरूलाई तिनीहरूको हिब्रू नामहरू पिसाच (Pesach), शाभुवट (Shavuot) र सुक्कोत (Sukkot) को अक्षरशः रुपान्तरणद्वारा जनाइएको पनि पाउन सक्छन् । |
↑3 | योचाहिँ यस्तो एउटा विचार हो जुन यूहन्ना ६:२६-५९ हामी देख्न सक्छौं, साथै प्रभु भोजलाई एउटा सहभागीको रूपमा मण्डलीले अभ्यास गर्नुपर्ने कुराद्वारा पुष्टि गरिँदछ (१ कोरिन्थी १०:१५-१७) । यूहन्ना ६ अध्यायको सन्दर्भमा, प्रभु येशूले परमेश्वरका वचनहरू आत्मा र जीवन हुन् (यूहन्ना ६:६३) भन्ने कुरालाई पुष्टि गर्न अझ बढी गर्नुहुन्छ – एउटा रोमन क्याथोलिक यूकेरिस्टिक विचारलाई परास्त गर्नुहुन्छ, जुन विचारअनुसार रोटी र दाखमद्यको स्वरूप र सार नै परिवर्तन हुँदछ भन्ने गरिन्छ । येशूले पनि अनि महत्वपूर्ण तवरले यस तथ्यलाई दर्शाउनुभयो कि जसरी उहाँ पिताद्वारा जिउनुहुन्छ, त्यसैगरी उहाँका चेलाहरू उहाँद्वारा जिउँछन् भन्ने कुराको सादृश्य बन्दछ (यूहन्ना ६:५४-५५ हेर्नुहोस्) । यहाँ हामी येशूले यूह्न्ना १४:१५-२६ मा जे कुरालाई अझ राम्ररी व्याख्या गर्न लागिरहनुभएको छ, सो कुराका सङ्केतहरू देख्दछौं — अर्थात् परमेश्वरको जीवनचाहिँ उहाँको आफ्नै अनन्त जीवनको श्रोतको रूपमा पवित्र आत्माको वरदानद्वारा विश्वासीहरूलाई प्रदान गरिँदछ । |
↑4 | वास्तवमा, यी सबै चाडहरूसित बलिदान जोडिएका छन्, जुन कुराले यस कुरालाई पुष्टि र अनुमान गर्दछ कि यस्तो एउटा प्रतिस्थापित मृत्युले, जसले परिणाम्स्वरूप परमेश्वरको उपस्थितिलाई मनन गराउँदछ, जीवन मिल्दछ । |