पछिल्लो अपडेट: मार्च 19, 2023
तस्विर क्रेडिट: RAH
पावलले गलातीहरूलाई लेखेको पत्रमा अध्याय ५ ले महत्वपूर्ण तरिकाहरूले एउटा परिवर्तन ल्याउँदछ । उक्त परिवर्तन आंशिक रूपमा पावलको एउटा छोटो अर्तीमा देखिन्छः “यसकारण जुन स्वतन्त्रताद्वारा ख्रीष्टले हामीलाई स्वतन्त्र पार्नुभयो, त्यसैमा बलियो गरी खडा होओ ।” योचाहिँ उनका केही पत्रहरूमा पाइने किसिमकै परिवर्तन होः पावलले आफ्ना पाठकलाई तथ्यहरूको शुरुको प्रस्तुतिदेखि तिनलाई पालन गर्नको लागि निर्देशन र प्रयोग गर्ने तरिकातर्फ लैजान्छन् । तर यसको आशयचाहिँ यो हो कि उनको अर्ती भनेको ती तथ्यहरूलाई पालन गर्न को निम्ति हुन् । यस पत्रमा पछाडि गएर मात्र पावलले आफ्ना पाठकहरूलाई खडा रहन अर्ती दिन्छन् ।
अध्याय ५ मा आइपुग्दासम्म, गलातीको पत्र मा एउटा पनि आज्ञा पाइँदैन, यद्यपि अब ती आज्ञाहरू एकपछि अर्को गरी आउनेछन् । तर पनि पावलले आफ्नो सल्लाहलाई आफ्नो मूल आशयभन्दा अगाडि जान दिँदैनन् जसमा परमेश्वरले इतिहासमा गर्नुभएको कामको होसियारी संकलन समावेश गरिएको छ । (गलातीको पत्रमा ती ऐतिहासिक तथ्यहरूलाई वाचाहरूसित तुलना गर्दै प्रस्तुत गरिएको छ) । साँच्चै, यसो भन्न सकिन्छ कि परमेश्वरको प्रकाशले इतिहासलाई परमेश्वरकै कामहरूको अभिलेखले भर्दछ र यसरी मानवीय आज्ञाकारिताको परिभाषा दिँदछ र माग गर्दछ । मानिसले केचाहिँ गर्नैपर्ने हो भन्ने कुरा परमेश्वरले जे पहिल्यै गरिसक्नुभएको छ, त्यसबाट नै जवाफदेही बनाइँदछ — यस्तो एउटा तथ्य जुन अन्ततः देह-धारणमा पुष्टि गरिएको छ । इतिहासका तथ्यहरूले यो जानकारी दिँदछ कि ख्रीष्टियान आज्ञाकारिताचाहिँ विश्वासद्वारा आउँदछ, तर विश्वासचाहिँ जे लेखिएको छ, त्यससँग मेल खाने खालको रहेको छ[1]सन्दर्भ रोमी १६:२५-२६: “अब उहाँलाई नै, जोचाहिँ मेरो सुसमाचार र येशू ख्रीष्टको प्रचारअनुसार तिमीहरूलाई स्थिर पार्नलाई सामर्थी हुनुहुन्छ, त्यस रहस्यको प्रकाशअनुसार, जो संसारको उत्पत्तिदेखिa गुप्त राखिएको थियो, तर अहिले प्रकट … पढ्न जारी राख्नुहोस् ।
त्यस्तै गरीकन, Martyn Lloyd Jones (मार्टिन ल्वोइड जोन्स) ले रोमी पाँच अध्यायसम्बन्धी एउटा प्रवचनमा भनेका कुरा स्मरण गरौं । तिनले एकपटक भनेका थिए, “म कहिलेकाहीँ सोच्दछु कि ख्रीष्टियान जीवनको मुख्य रहस्य ‘यसकारण’ भन्ने शब्दलाई प्रयोग गर्ने तरिकालाई जान्नु हो ।” यो लगभग प्रष्ट छ । निश्चय नै, मुख्य विचार यो हो कि ख्रीष्टियान आज्ञाकारिता पवित्रशास्त्र स्वयंले दिने सत्यताको प्रस्तुतिबाट उत्पन्न हुन्छ । हामी पहिला जान्दछौं अनि — यसकारण र तब मात्र — के गर्नुपर्ने हो भनी पत्ता लगाउँदछौं । वास्तवमा, यो “यसकारण” शब्द नै गलाती ५:१ मा देखिन्छ । त्यो एउटा संयोजक क्रियाविशेषण हो जसले पावलले अध्यायहरू १-४ मा गरेका परमेश्वरको प्रकाशको वणर्न र व्याख्यालाई तिनले आफ्नो पत्रको अन्तिम भागमा अन्ततः प्रस्तुत गर्ने अर्तीहरू र आज्ञाहरूसँग जोडिदिन्छ । ख्रीष्टियानहरू यसकारण मात्र खडा रहन्छन् किनभने ख्रीष्टले तिनीहरूलाई स्वतन्त्र पार्नुभएको छ ।
* * *
यति भनेपछि, परमेश्वरको वचन र मानिसको कामबीचको सम्बन्ध कडा व्याकरणीय संरचनामा मात्र रहँदैन । पावलले पद १ मा प्रयोग गरेका शब्दहरूले त्यही विचारलाई बलियो पार्दछन्, कि परमेश्वरका तथ्यहरूले ख्रीष्टियान आज्ञाकारिता तय र परिभाषित गर्दछन् । ख्रीष्टियानहरू खडा रहन्छन् किनभने ख्रीष्टले तिनीहरूलाई स्वतन्त्र पार्नुभएको छ । खडा रहनुले जानीबुझी स्थिर रहनु, चलमल गर्न अस्वीकार गर्नुलाई जनाउँदछ — र पनि, उक्त ख्रीष्टियान स्वतन्त्र हुन्छ । साँच्चै, पावलको पत्रले यसमा जोड दिँदछ कि विश्वासीहरू मोशासित गरिएको वाचाबाट स्वतन्त्र छन्; तर यस तरिकामा, त्यस स्वतन्त्रता नै जुन ख्रीष्टमा र सुसमाचारमाथि गरिएको विश्वासद्वारा स्थापित हुँदछ, विश्वासीहरू अब खडा रहने मुख्य कारण बन्दछ । यति हुँदै गर्दा पनि, त्यसको साटो व्यंग्यात्मक रूपमा उनी खडा भएको कठोरताचाहिँ सुसमाचारद्वारा प्राप्त हुने स्वतन्त्रता र छुटकाराद्वारा उत्पन्न भएको छ। पावलले आफ्नो पत्रको अधिकांश भाग गलातीको मण्डलीमा रहेका त्रुटिहरूविरुद्ध तर्क गर्ने विभिन्न तथ्यहरूलाई व्याख्या गर्नको लागि प्रयोग गरेका छन् । यो काम पूरा गरेपछि मात्र तिनले विश्वासीहरूलाई आज्ञाकारी हुन निर्देशन दिन थाल्दछन् जुन आज्ञाकारिता तिनको पत्रको तर्कमाथि आधारित हुन्छ ।
* * *
त्यसपछि, हामीले पवित्रशास्त्रमा विशेष रूपहरू र प्रस्तुति पाउँदछौं, जसमा त्यसका तथ्यहरूको घोषणालाई पछ्याउन त्यसले दिने आज्ञाहरू छन् । त्यसैले, पावलका पत्रहरूको मूलभूत रचनामा एउटा महत्वपूर्ण भिन्नता रहन्छ । धेरै मानिसहरूले नयाँ नियमका पवित्रशास्त्रहरूमा हुने क्रियापदको भूमिकालाई जोड दिएर यो विशेषतालाई ख्याल गरेका छन् । मौखिक सञ्चारमा, यी विभिन्न भूमिकाहरूलाई भावहरू भनेर जनाइन्छ । एउटा भावमा, वाक्यको क्रियापदले वक्ताको मनोभाव र उद्देश्यलाई जनाउँदछ । तिनले लेख्दाखेरि आज्ञा दिन्छन् कि जानकारी दिन्छन् ? उसको भनाइले वर्णन गर्दछ कि आज्ञा दिँदछ ?
छोटकरीमा, भावले वाक्यमा हुने क्रियापदको भूमिकालाई वणर्न गर्दछ, अनि जसको कारणले गर्दा त्यसले विषयको मनोवृत्तिलाई व्यक्त गर्दछ । उदाहरणको लागि, अङ्ग्रेजी भाषामा तीनथरिका भावहरू हुन्छन्ः सङ्केतार्थक, आज्ञार्थक र इच्छार्थक । “एउटा क्रियापदको भाव (अथवा शैली) ले कुनै पनि कार्यलाई एउटा तथ्य, आज्ञा, चाहना वा त्यस तथ्यको विपरितमा गएर बुझ्ने कि कसरी बुझ्ने भनेर जनाउँदछ ।”[2]Floyd C. and Dillingham Watkins, William B., Practical English Handbook, Eighth Edition ed. (Boston: Houghton Mifflin Company, 1989), 446. प्रश्नवचाक र स्थितिजन्य भावहरूलाई कहिलेकाहीँ उही पहिलो तीनवटामा समावेश गरिँदछ, जसले गर्दा पाँचवटा विभिन्न भावहरू बनाउँदछ; तरै पनि कतिले चाहिँ यस सूचीमा अझ बढी थप्छन् भने कतिले चाहिँ योभन्दा थोरै छन् भनी जोड दिन्छन् । त्यसो हो भने, प्रायःजसो भावले त्यस्ता अवस्थाहरूलाई जनाउँदछ जहाँ क्रियापदको प्रकारहरू परिवर्तित हुँदछन्, जसलाई “विभक्ति” भनेर व्याख्या गरिँदछ । नेपाली भाषामा पनि क्रियापदहरूले अवश्य नै भावहरूलाई वंग्याउँदछ ।
यसो भनिरहँदा, नयाँ करारको संरचनाको बारेमा लेखहरू बारम्बार संकेतार्थक (व्याख्यार्थक) र आज्ञार्थक भावहरूबीचको भिन्नतामाथि केन्द्रित हुन्छन्, किनकि यी दुईको भिन्नतामा, हामीले अत्यन्त सजिलोसँग एउटा महत्वपूर्ण नमुना पाउँदछौं जुन पवित्रशास्त्रमा र त्यसको घोषणामा अन्तर्निहित हुन्छ । नेपालीमा पनि उही ढाँचा देख्न सकिन्छ किनभने त्यसले पनि संकेतार्थक र आज्ञार्थक भावहरूबीचमा उस्तै भिन्नता देखाउँदछ । John Carrick (जोन क्यारिक) ले लेखेका छन् कि “संकेतार्थक भावले उल्लेख गर्दछ, घोषणा गर्दछ र जोर दिन्छ । यसैकारणले गर्दा यो नै इतिहासको आधारभूत भाव हो; र यही नै प्रचारको आधारभूत भाव पनि हो । असल प्रचारले सदैव ठूलो मात्रामा संकेतार्थक भावमा काम गर्न पुग्नेछ, यद्यपि पूर्ण रूपमा त होइन ।”[3]John Carrick, The Imperative of Preaching: A Theology of Sacred Rhetoric (Edinburgh: The Banner of Truth Trust, 2002), 15.
J. Gresham Machan (जे. ग्रेशाम मकान) को ख्रीष्टियानिटी एण्ड लिबरलिज्म्को एउटा भनाइलाई बारम्बार उल्लेख गरिन्छ किनभने यसले यो भिन्नतालाई संक्षिप्त रूपमा र शक्तिशाली रूपमा प्रष्ट पार्दछ । तिनी लेख्दछन्ः
वास्तवमा उदारवादी प्रचारकले ईशाइमतको सम्पूर्ण आधारलाई नै अस्वीकार गरिरहेको हुन्छ, जुनचाहिँ आकांक्षाहरूमाथि नभई तथ्यहरूमाथि आधारित धर्म हो । यहाँ उदारवाद र ईशाइमतबीचको सबैभन्दा आधारभूत भिन्नता पाइन्छ — उदारवाद पूर्ण रूपमा आज्ञार्थक भावमा हुन्छ, जब कि ईशाइमत विजयी संकेतार्थकसँगै शुरु हुन्छ; उदारवादले मानिसको इच्छालाई आकर्षित गर्दछ, जब कि ईशाइमतले सर्वप्रथम परमेश्वरको अनुग्रही कामलाई घोषणा गर्दछ ।[4]J. Gresham Machan, Christianity and Liberalism, (New York: Macmillan Company, 1923). 48. Accessed online.
मकानको आशय यो हो कि परमेश्वरका कामहरूले मानिसहरूबाट माग गरिने किसिमको विश्वासलाई तय गर्दछ र वणर्न गर्दछ । कुनै प्रचारकले पहिला परमेश्वरका कामहरूलाई उचित रूपमा वणर्न र व्याख्या नगरीकन आज्ञाकारिताको सिफारिस गर्दा, उसले आफ्ना श्रोताहरूलाई मानिसको विश्वासको परिभाषा र सारदेखि बञ्चित पार्दछ । “संकेतार्थक भावको महत्वपूर्ण प्राथमिकतालाई बेवास्ता गर्ने र आज्ञार्थक भावमाथि ठूलो मात्रामा वा पूर्ण रूपमा केन्द्रित हुने प्रचार अन्ततः नैतिकवाद र व्यवस्थावादतर्फ पुग्नेछ ।”[5]Carrick, The Imperative of Preaching: A Theology of Sacred Rhetoric, 27. यो विशेषताप्रति उचित ध्यान दिनुले यो तथ्यलाई जोर दिन्छ कि मानिसको विश्वास र उसका कामहरू परमेश्वरका कामहरूद्वारा उचित रूपमा मिलाइएका हुन्छन् ।
* * *
यस्ता किसिमका विचारहरू कतिपय पाठकहरूका लागि अत्यन्त स्वेच्छिक वा तुच्छ लाग्न सक्दछन् । तर तिनीहरूले तिनमा रहेका धारणाहरूमा हुने रूप र विषयवस्तुको सम्बन्धलाई ध्यान दिनुपर्दछ । आखिर, पावलका पत्रहरू पढ्दाखेरि कहिलेकाहीँ कठिनाइहरू भए तापनि,[6]cf. २ पत्रुस ३:१५-१६ तिनको लेखनशैलीले एकैनासले त्यही नमुना प्रदर्शन गर्दछ । पावलका पत्रहरूमा संकेतार्थक र आज्ञार्थक भावहरूबीच एउटा निश्चित सन्तुलन हुन्छ । वास्तवमा, संकेतार्थक भावहरूलाई जोर दिने खण्डहरू त आज्ञार्थक भावमा आज्ञाहरू र निर्देशन दिने खण्डहरूभन्दा प्रायः धेरै नै बढी छन् । उदाहरणको लागि, पावलले रोमीहरूलाई लेखेका पत्रमा १६ अध्यायहरू छन्, तर तीनवटा अध्यायहरूमा मात्र आज्ञार्थक भावहरू छन् । यो भिन्नता एफिसीको पत्रमा पनि अत्यन्त उल्लेखनीय छ । यसले पवित्रशास्त्रका आज्ञार्थक भावहरूलाई भन्दा संकेतार्थक भावहरूलाई प्राथमिकता दिँदैन, तर बरु संकेतार्थक भावहरूलाई मानिसको आज्ञाकारिताको जग र कारक बनाइदिन्छ ।[7]John Carrick, The Imperative of Preaching: A Theology of Sacred Rhetoric (Edinburgh: The Banner of Truth Trust, 2002), 15.
John Carrick ले यो सम्बन्धको व्यापकताको साथसाथै पवित्रशास्त्रहरू पढ्ने र त्यसपछि प्रचार पनि गर्ने व्यक्तिहरूको लागि यसले दिनुपर्ने अर्थलाई पनि उल्लेख गरेका छन् ।
थप कुरा, नयाँ करारको ईशाइमतको संकेतार्थक-आज्ञार्थक संरचनासम्बन्धी मूल तथ्यले यो कुरा प्रदर्शन गर्दछ कि, परमेश्वरका आत्माको पर्यवेक्षणमा, ख्रीष्टको सुसमाचारको ईश्वरशास्त्रलाई निश्चित व्याकरणीय वा आलंकारिक वर्गहरूको माध्यमद्वारा प्रकट गरिएको छ । यो तथ्यले प्रचारकलाई दिने प्रष्ट प्रतिफल यो हो कि परमेश्वरको वचनको प्रचारमा लागू गरिने व्याकरणीय वा आलंकारिक वर्गहरू स्वयंका विशाल ईश्वरशास्त्रीय भावार्थहरू हुन्छन् । ‘ईशाइमत विजयी संकेतार्थक भावसँगै शुरु हुन्छ’; यो अत्यावश्यक आज्ञार्थक भावसँगै शुरु हुँदैन । यो तथ्य पूर्ण रूपमा र आधारभूत रूपमा महत्वपूर्ण तथ्य हो ।[8]Carrick, The Imperative of Preaching: A Theology of Sacred Rhetoric, 148.
त्यसैले पावलको लेखनशैलीले तिनको अभिप्रायलाई प्रष्ट पार्दछ र यस प्रकारले ती प्राथमिकताहरूमध्ये एउटालाई पुष्टि गर्दछ जुन हामीले पवित्रशास्त्रको सन्देश विश्वासयोग्यतापूर्वक पढ्दा र घोषणा गर्दा हामीसँग हुनै पर्दछ । पावलले आफ्ना पाठकहरूको आज्ञाकारिता उत्पन्न गराउनप्रति निश्चित रूपमा फिक्री गर्दछन्,[9]उदाहरणमा: फिलिप्पी २:१२, “यसकारण मेरा प्रियहरूहो, जसरी तिमीहरूले सधैं आज्ञापालन गरेका छौ, त्यसरी नै मेरो उपस्थितिमा जस्तो मात्र होइन, तर मेरो अनुपस्थितिमा झन् बढ़्ता गरी डराउँदै र काम्दै आ-आफ्नो मुक्तिको काम पूरा गर!” तैपनि तिनले यो काम सर्वप्रथम तिनीहरूको विश्वासबारे जानकारी नगराइकन, तिनीहरूलाई यसमा हुनुपर्ने विषयवस्तु नदिइकन गर्दैनन् । पावलले सर्वप्रथम आफ्ना पाठकहरूलाई ती तथ्यहरू बुझाउँदछन् जसमाथि तिनीहरूको विश्वास आधारित हुन्छ, किनकि विश्वासले परमेश्वरको इच्छालाई पालन गर्नुभन्दा पहिला त्यसले परमेश्वरका कामहरूलाई बुझ्नुपर्दछ ।
नोट र सन्दर्भहरू
↑1 | सन्दर्भ रोमी १६:२५-२६: “अब उहाँलाई नै, जोचाहिँ मेरो सुसमाचार र येशू ख्रीष्टको प्रचारअनुसार तिमीहरूलाई स्थिर पार्नलाई सामर्थी हुनुहुन्छ, त्यस रहस्यको प्रकाशअनुसार, जो संसारको उत्पत्तिदेखिa गुप्त राखिएको थियो, तर अहिले प्रकट भएको छ र अनन्तका परमेश्वरको आज्ञाअनुसार भविष्यवक्ताहरूकाb पवित्र शास्त्रहरूद्वारा विश्वासप्रति आज्ञाकारी बनाउने उद्देश्यले सबै जातिहरूलाई बताइएको छ…” |
---|---|
↑2 | Floyd C. and Dillingham Watkins, William B., Practical English Handbook, Eighth Edition ed. (Boston: Houghton Mifflin Company, 1989), 446. |
↑3 | John Carrick, The Imperative of Preaching: A Theology of Sacred Rhetoric (Edinburgh: The Banner of Truth Trust, 2002), 15. |
↑4 | J. Gresham Machan, Christianity and Liberalism, (New York: Macmillan Company, 1923). 48. Accessed online. |
↑5 | Carrick, The Imperative of Preaching: A Theology of Sacred Rhetoric, 27. |
↑6 | cf. २ पत्रुस ३:१५-१६ |
↑7 | John Carrick, The Imperative of Preaching: A Theology of Sacred Rhetoric (Edinburgh: The Banner of Truth Trust, 2002), 15. |
↑8 | Carrick, The Imperative of Preaching: A Theology of Sacred Rhetoric, 148. |
↑9 | उदाहरणमा: फिलिप्पी २:१२, “यसकारण मेरा प्रियहरूहो, जसरी तिमीहरूले सधैं आज्ञापालन गरेका छौ, त्यसरी नै मेरो उपस्थितिमा जस्तो मात्र होइन, तर मेरो अनुपस्थितिमा झन् बढ़्ता गरी डराउँदै र काम्दै आ-आफ्नो मुक्तिको काम पूरा गर!” |