तस्विर क्रेडिट: RAH
लेखकको बारेमा
सङ्युक्त राज्य मूल घर भएको म टेनेस्सी राज्यको ओक रिजमा हुर्किएँ । कजेल पढ्ने बेलामा मैले सुसमाचार सुनेँ । गर्मी मौसमको छुट्टीमा काम गर्ने बेलामा खानीका मजदुरहरूले मलाई पहिलोपटक सुसमाचार बुझाइदिए । मैले पछि त्यही कुरा एउटा सानो ब्याप्टिष्ट चर्चमा सुनेँ, जहाँ म गर्मी मौसममा कहिलेकाहीँ जाने गर्दथेँ । (त्रित्वसम्बन्धी ख्रीष्टियन सिद्धान्तबारेको एउटा प्रवचन सुनेर आश्चर्यचकित भएको म अझैै पनि सम्झन्छु । त्यही प्रवचनलाई नै म बाइबलको विषयवस्तु र सन्देशप्रति साँचो रुचि जगाइदिने कारक ठान्दछु ।) कलेजबाट दिक्षान्तित भएको धेरै महिनापछि मैले सुसमाचारमा विश्वास गरेँ । त्यो वर्ष थियो सन् १९९५ ।
मेरो परिवार सन् २००२ देखि दक्षिण एसियाको एउटा देशमा बसेको छ । मेरी श्रीमती र मेरा चारजना छोराछोरी छन्, जसमध्ये दुईजना अहिले सङ्युक्त राज्यमा फर्किएर कलेज पढिरहेका छन् । हामी आइडाहु राज्यको बोइसीमा अवस्थित एउटा ब्याप्टिष्ट चर्चका सदस्य हौं । केही कारणहरूले गर्दा — खास गरी दक्षिण एसियामा सुरक्षासँग सम्बन्धित कारणले गर्दा — मैले यो वेभसाइटमा मेरो नाम उल्लेख गरेको छैन ।
यो वेभसाइटको प्रयासचाहिँ केही विचारहरू र निरीक्षणका परिणामहरूलाई पाठकको सामु पस्किनु हो । यहाँ प्रकाशित हुने कुराहरू खास गरी पवित्रशास्त्रसम्बन्धी विचारहरू हुन्, तर धर्म तथा संस्कृतिसम्बन्धी केही विचारहरू पनि कहिलेकाहीँ प्रकाशन हुनेछन् ।
तपाईंसँग कुनै प्रश्नहरू वा विचारहरू भएमा तिनलाई खुलारूपमा मकहाँ पठाउनको लागि यो सम्पर्क लिङ्कमा क्लिक गर्नुहोस् ।
सम्पर्क
इमेलबाट नयाँ प्रकाशनका सूचनाहरू प्राप्त गर्नको लागि दर्ता गर्नुहोस् ।