भिडियो

संसारको ज्योती

यहाँ तपाईंले संसारको ज्योति फिल्म हेर्न सक्नुहुन्छ । ७८ मिनट लामो यो प्रस्तुतिले येशू ख्रीष्टको सुसमाचारलाई वर्णन गर्दछ । यो फिल्मले चित्र देखाउँदै संसारको सृष्टिको र संसारमा पाप प्रवेश गरेको वृत्तान्त बताउँदछ । त्यसपछि यसले येशू ख्रीष्ट कसरी संसारको उद्धारकत्र्ता हुनुहुन्छ भनी देखाउँदछ । यो फिल्म चीक पब्लिकेसनले प्रकाशन गरेको थियो । तल दिइएका अनुवादहरू दक्षिण एसियामा गरिएका हुन् र अनुमति लिएर यहाँ राखिएका हुन् ।

संसारको ज्योती नेपालीमा
संसारको ज्योती नेपालीमा

यूहन्नाद्वारा लिखित सुसमाचार

यूहन्नाको सुसमाचार

यहाँ तपाईंले बाइबलमा रहेका पुस्तकहरूमध्ये एउटा पढ्न सक्नुहुन्छ । त्यो होः यूहन्नाद्वारा लिखित सुसमाचार । यसले येशू ख्रीष्टको जन्म तथा जीवनको बारेमा बताउँदछ । यसले सम्पूर्ण विश्वासीहरूको मुक्तिको लागि भएको उहाँको जीवन, मृत्यु र पुनर्जीवनको बारेमा घोषणा गर्दछ ।

यूहन्नाद्वारा लिखित सुसमाचारको नेपाली संस्करण ट्रिनिटरियन बाइबल सोसाइटी र जीवन मार्ग प्रकाशनद्वारा प्रकाशित नेपाली बाइबल, प्रतिलिपि अधिकार © २०११ बाट लिइएको हो र उहाँहरूको दयालु अनुमतिद्वारा प्रयोग गरिएको हो । गूगल प्ले स्टोरमा यो नेपाली बाइबलको सगम्र संस्करण देखाउने एप उपलब्ध छ ।

पुस्तकका खण्डहरू

केही पुस्तकहरूका शुरूका अध्यायहरू यहाँ पढ्न सकिन्छ ।

एउटा गुरुको मृत्यु​

रवि आर. महाराज

यो पुस्तक रवि महाराजको नेपाली भाषामा अनुदित जीवनी हो । सन् १९४७ मा ट्रिनिडाड र टोबागोमा जन्मिएका महाराज हिन्दू पूजाहारीहरू र गुरुहरूको लामो इतिहास भएको परिवारका सन्तान हुन् । तर तिनले सन् १९७० मा ख्रीष्टियन विश्वासलाई अङ्गाले । यो तिनको कथा हो ।

चिन्ह, चमत्कार तथा सामर्थ्यका कामहरू

जेम्स डब्ल्यू नक्स

यो पुस्तक सङ्युक्त राज्यका पास्टर जेम्स नक्सद्वारा लिखित पुस्तकको नेपाली अनुवाद हो । यसले क्यारिस्म्याटिक अभियानका व्याख्यात्मक तथा सैद्धान्तिक त्रुटिहरूमध्ये केहीलाई जाँच गर्दछ ।

पर्सियाका सत्य कथाहरू

विलियम म्याकइल्वी मिल्लर

योचाहिँ विलियम म्योचाहिँ विलियम म्याकएल्वी मिलरद्वारा लिखित एउटा पुस्तकको नेपाली अनुवाद हो । तिनी बीसौं शताब्दीको पहिलो अर्धभागमा पर्सियामा प्रिष्विटेरियन मिशनेरी बनेर गएका थिए । यो पुस्तकमा तिनी पर्सियामा हुँदाखेरिको समयका छोटा कथाहरू छन् । पर्सियालाई अहिले इरान भनिन्छ ।