तस्विर क्रेडिट: RAH

अन्तिमपटक अद्यावधिक गरिएको मितिः २४ माघ २०७९ | February 7, 2023

An English translation of this page may be found here.

परिचय

हाम्रो वेभसाइट ठेगाना https://Chhalphal.org हो । प्रयोगकत्र्ताले यो वेभसाइट हेर्दा र अन्तरक्रिया गर्दा हरेकपटक वेभसाइटले गर्ने तथ्याङ्कको प्रयोगलाई यो पृष्ठले प्रस्तुत गर्दछ । उक्त गोपनियता नीतिलाई कुनै पनि समयमा परिवर्तन गर्ने अधिकार Chhalphal.org सँग छ र त्यसले यो पृष्ठमा गरिएका सबै परिवर्तनहरूलाई टिपोट गर्नेछ । यो वेभसाइटभरि, “हामी”, “हामीलाई” र “हाम्रो” शब्दहरूले Chhalphal.org लाई जनाउँदछन् । यो गोपनियता नीति यस साइटका सम्पूर्ण प्रयोगकत्र्ताहरूप्रति लागू हुन्छ । यो वेभसाइट प्रयोग गर्नुहुँदा तपाईं यो कुरामा सहमत हुनुहुन्छ कि यो गोपनियता नीति यसको सेवा तथा प्रयोगका शर्तहरूको अंश हो र तीचाहिँ प्रतिलिपि अधिकारका शर्तहरू हुन् ।

गोपनियता नीति

अधिकांश अनलाइन सेवाहरूजस्तै, हाम्रो वेभसाइटले प्रथम–पक्षीय र तेस्रो–पक्षीय कुकिजहरू दुवैलाई प्रयोग गर्दछ । कुकिजहरू ससाना शाब्दिक फाइलहरू हुन् जसलाई जानकारीका स–साना टुक्राहरू भण्डारण गर्नको लागि प्रयोग गरिन्छ । यो वेभसाइट तपाईंको ब्राउसरमा लोड हुँदा ती जानकारीहरू तपाईंको यन्त्रमा भण्डार गरिन्छन् । कुकिजहरूलाई विभिन्न तरिकाले प्रयोग गरिन्छ, जुन प्रत्येकले प्रयोगकत्र्ताको गोपनियतालाई फरक तरिकाले प्रभाव पार्दछ । यो गोपनियता नीतिले कुकिजहरू के हुन् र यो वेभसाइटले तिनलाई कसरी प्रयोग गर्दछ भनी व्याख्या गर्दछ ।

वेभसाइटले उचित तरिकाले काम गर्नको लागि प्रथम–पक्षीय कुकिजहरू आवश्यक पर्दछन्, र तिनले तपाईंको व्यक्तिगतरूपमा पहिचान गर्न सकिने कुनै पनि तथ्याङ्कलाई सङ्कलन गर्दैनन् । तैपनि तेस्रो–पक्षीय कुकिजहरू कहिलेकाहीँ बढी आक्रामक, कहिलेकाहीँ त जोखिम नै पैदा गर्न सक्ने समेत हुन्छन् । तैपनि यो वेभसाइटमा प्रयोग गरिएका तेस्रो–पक्षीय कुकिजहरू भने आक्रामक छैनन् । तिनलाई हामीले मुख्यतया वेभसाइटको कार्यसम्पादनलाई र तपाईंले यससँग अन्तरक्रिया गर्नुभएको तरिकालाई बुझ्नको लागि प्रयोग गर्दछौं । तपाईंले कुकिजहरूलाई रोक्न र मेटाउनको लागि तपाईंको ब्राउसरका सेटिङ्गहरू परिवर्तन गर्न सक्नुहुन्छ । कुकिजहरूलाई व्यवस्थापन गर्ने तथा मेटाउने तरिकाबारे थप जानकारीको लागि यी वेभसाइटहरूमा हेर्नुहोस्ः wikipedia.orgwww.allaboutcookies.org ।

हामीले कस्तो किसिमका कुकिजहरू प्रयोग गर्दछौं  ?

प्रयोगकत्र्ताको गोपनियतालाई हामी अत्यन्त गम्भीर तरिकाले लिन्छौं र Chhalphal.org मा कुकिजहरूलाई अत्यन्त सीमित तरिकाले प्रयोग गरिन्छ । तिनको प्रयोगलाई पूर्णरूपमा हटाउन सकिँदैन, तर यो वेभसाइटले कुकिजहरूमा सङ्कलित जानकारीलाई कसरी प्रयोग गर्दछ भन्ने बारेमा एउटा विवरण तपाईंले तल पाउनुहुनेछ । यी प्रयोगहरूलाई निम्न वर्गहरूमा सारांशित गर्न सकिन्छः अपरिहार्य कार्यसम्पादन प्रदान गर्न, तथ्याङ्कको अभिलेख राख्न, अत्यावश्यक नहुने कामहरूमा सहायता पु¥याउन र ब्राउसिङ्गका प्राथमिकताहरूलाई भण्डारण गर्न ।

  • केही कुकिजहरू हाम्रो साइटको पूर्ण कार्यसम्पादन तपाईंलाई अनुभव गराउनको लागि अपरिहार्य हुन्छन् । तिनले हामीलाई प्रयोगकत्र्ताका समयावधिहरू सुरक्षित राख्न र कुनै पनि सुरक्षा खतराहरूलाई रोक्न सहायता गर्दछन् । तिनले कुनै पनि व्यक्तिगत जानकारी सङ्कलन वा भण्डारण गर्दैनन् ।
  • कुनै पनि वेभसाइट हेर्दाखेरि भैंm, प्रयोगकत्र्ताको सङ्ख्या, तिनीहरूले गर्ने पेजहरूको प्रयोग र तिनलाई हेर्नको लागि प्रयोग गरिने प्रविधिहरू, इत्यादिको बारेमा अनिर्दिष्ट तथ्याङ्क सङ्कलन गरिन्छ । यो जानकारीलाई कुकिजहरूमा भण्डारण गरिन्छ । यी तथ्याङ्कहरूले हामीलाई वेभसाइटले कति राम्रोसँग काम गर्दछ र यसमा कहाँनेर सुधारको खाँचो छ भनी बुझ्न र विवेचना गर्न सहायता गर्दछन् । योचाहिँ तपाईंले वेभसाइट प्रयोग गर्नुहुँदा सर्च इन्जिनहरूले सङ्कलन गर्ने किसिमको जानकारी हो । हाम्रो आफ्नै विवेचनाको लागि यो जानकारी सङ्कलन गर्न, जाँच्न र प्रदर्शन गर्न यो वेभसाइटले गूगल एनालाइटिक्स् र गूगल ट्याग म्यानेजरको प्रयोग गर्दछ । यो जानकारी कहिल्यै पनि अरूलाई दिइँदैन ।
  • केही कुकिजहरूले हाम्रो वेभसाइटमा अत्यावश्यक नहुने निश्चित कार्यसम्पादन गराउँदछन् । यी कार्यसम्पादनहरूमा भिडियो सामग्रीलाई समावेश गर्ने र वेभसाइटको सामग्रीलाई सामाजिक सञ्जालका मञ्चहरूमा बाँड्ने कार्यहरू पर्दछन् । यो साइटमा प्रकाशित केही लेखहरूले दृश्य सामग्रीहरूलाई समावेश गर्दछन् (जस्तै, भिडियोहरू, तस्विरहरू, लेखहरू, इत्यादि) । प्रयोगकत्र्ताले अन्य वेभसाइटहरूबाट जोडिएका सामग्रीमा क्लिक गर्दा, प्रयोगकत्र्ताले त्यो अर्को वेभसाइट चलाउनुभएभैंm गरी नै त्यसले व्यवहार गर्दछ । अर्को शब्दमा, यी जोडिएका वेभसाइटहरूले तपाईंको बारेमा जानकारी सङ्कलन गर्न, कुकिजहरूको प्रयोग गर्न, थप तेस्रो–पक्षीय अनुसरणलाई जोड्न र त्यो जोडिएको सामग्रीसँगको तपाईंको अन्तरक्रियालाई निरीक्षण गर्न सक्दछन्, जस्तो तपाईंले त्यही वेभसाइट प्रयोग गर्दा गरिन्छ । ती अन्य वेभसाइटहरू र तिनले गर्ने तपाईंको तथ्याङ्कको प्रयोगको बारेमा Chhalphal.org सँग कुनै नियन्त्रण हुँदैन ।
  • अन्त्यमा, अन्य कुकिजहरूलाई तपाईंका सेटिङ्गहरू र ब्राउसिङ्ग प्राथमिकताहरूलाई भण्डारण गर्नको लागि प्रयोग गरिन्छ, जस्तै भाषाका प्राथमिकताहरू । यिनले भविष्यमा गरिने वेभसाइटका प्रयोगहरूलाई उत्तम तथा अझ सरल अनुभव प्रदान गर्दछन् ।

इमेल फारमहरू र सूचनाहरू

प्रयोगकत्र्ताले सम्पर्क फारम भर्नुहुँदा, Chhalphal.org ले उक्त प्रयोगकत्र्ताको इमेल ठेगाना भण्डार गर्दछ । यी इमेल ठेगानाहरूलाई नयाँ सामग्री प्रकाशनका सूचनाहरू पठाउने उद्देश्यको लागि मात्र भण्डार गरिन्छ । तपाईंले स्वेच्छापूर्वक फारममा इमेल ठेगाना नभर्नुभएसम्म ती इमेल ठेगानाहरू सङ्कलन गरिँदैनन् । ती कहिल्यै पनि अर्को पक्षलाई दिइँदैनन् वा बेचिँदैनन् । ती सूचनाहरूमा आउने हाइपरलिङ्कलाई पछ्याएर कुनै पनि समयमा तपाईंले यी सूचनाहरूबाट आफुलाई अलग गर्न सक्नुहुन्छ र त्यति बेला तपाईंको इमेल ठेगानालाई भण्डारबाट हटाइनेछ । अहिलेको लागि Chhalphal.org ले आफ्ना न्यूजलेटरहरू र सूचनाहरू पठाउनको लागि मेलपोइटको प्रयोग गर्दछ । तपाईंले मेलपोइटको आफ्नै गोपनियता नीतिलाई यहाँ पढ्न सक्नुहुन्छ ।

कुनै पनि समयमा र कुनै पनि कारणको लागि यहाँ गरिने कुनै पनि दर्तालाई रद्द गर्ने अधिकार Chhalphal.org सँग सुरक्षित छ ।

अन्य विवरणहरू

यो वेभसाइटमा विज्ञापन गरिँदैन र तिनको कामलाई सहायता गर्नको लागि कुनै पनि कुकिजहरूको प्रयोग गरिँदैन ।

यो वेभसाइटमा टिप्पणीहरूलाई बन्द गरिएको छ ।

फेरि पनि, यो वेभसाइट प्रयोग गर्दा तपाईंले यो कुरामा सहमति जनाउनुहुन्छ कि यो गोपनियता नीति सेवा तथा प्रयोगका शर्तहरूको अंश हो ।

सम्पर्क

तपाईंसँग कुनै प्रश्नहरू वा टिप्पणीहरू भएमा सङ्कोच नमानीकन इमेलद्वारा मलाई लेख्न सक्नुहुन्छ ।