पछिल्लो अपडेट: फेब्रुअरी 8, 2023
तस्विर क्रेडिट: RAH
निम्नलिखित खण्ड हर्मन बाभिङ्कको पुस्तक The Wonderful Works of God बाट लिइएको हो (Herman Bavinck, The Wonderful Works of God: Instruction in the Christian Religion According to the Reformed Confession (Glenside, Pennsylvania: Westminster Seminary Press), 242-45.) ।
बाभिङ्कको मौलिक पुस्तक डच भाषामा लेखिएको थियो, तर तल दिइएको नेपाली संस्करण भने बाभिङ्कको पुस्तकको अङ्ग्रेजी संस्करणबाट अनुवाद गरिएको हो । प्रकाशकको अनुमति लिएर यो खण्डलाई अनुवाद गरिएको र यहाँ प्रकाशन गरिएको हो । पाठकहरूलाई लाभ पुगोस् भनेर, बाभिङ्कको पुस्तकमा नभएका पवित्रशास्त्रका पूर्ण सन्दर्भहरू पादटिप्पणीहरूमा थपिएका छन् । केही छोटा पादटिप्पणीहरू पनि थपिएका छन् जसमा उपयोगी परिभाषा दिइएको छ ।
बाभिङ्कले यो खण्डको शुरूआतमा अघिल्लो अध्यायमा भएको प्रश्नको जवाफ दिन्छन् । त्यो प्रश्न यो हो, “अनि त्यो न्यायमा को उभिन सक्दछ ?” अर्थत, परमेश्वरको न्यायमा को उभिन सक्दछ ? यही प्रश्नको बारेमा नै बाभिङ्कले मनन् गर्दछन् र आफ्ना टिप्पणीहरू प्रस्तुत गर्दछन् ।
उक्त प्रश्नको जवाफ सबै समयका र सबै स्थानका सबै मानवजातिले यो दिएका छन् कि मानिसहरू, तिनीहरूका हालको अवस्थामा, परमेश्वरको मुहारसामु देखा पर्न सक्दैनन्, न त उहाँको उपस्थितिमा वास गर्न नै सक्दछन् । यसो भन्न सक्ने वा यसो भन्न साहस गर्ने कोही पनि छैनः मैले मेरो हृदय शुद्ध पारेको छु, म मेरो पापबाट शुद्ध भएको छु (हितोपदेश २०:९[1]“मैले मेरो हृदय शुद्ध पारेको छु, म मेरो पापबाट शुद्ध भएको छु’ भनी कसले भन्न सक्छ ?”) । हरेकले आफै दोषी र अशुद्ध भएको महशुस गर्दछ, र हरेकले, अरूसँग नभए पनि कम्तिमा भित्रपट्टि आफैसँग, स्वीकार गर्दछ कि ऊ जस्तो हुनुपर्ने हो त्यस्तो छैन । कठोर हृदय भएको पापीले यस्ता क्षणहरू भोग्दछ जसमा अशान्ति र ब्याकुलताले उसलाई जकड्दछन् र अन्त्यमा गएर स्वधर्मीले सदैव यो आशा गरिरहन्छ कि परमेश्वरले मानिसको कमजोरीप्रति आँखा चिम्लनुहुन्छ र कामको अभिप्रायलाई स्वीकार गर्नुहुन्छ ।
वास्तवमा, धेरैजनाले आफ्ना दिमागबाट यी गम्भीर विचारहरूलाई हटाउने, अनि परमेश्वर नै हुनुहुन्न र आज्ञा नै छैन कि झैं गरी जीवनमा अगाडि बढ्ने प्रयास गर्दछन् । परमेश्वर हुनुहुन्न (भजनसंग्रह १४:१[2]“मूर्खले मनमनमा भनेको छ: “परमेश्वर छैन।” तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरूले घिनलाग्दा कामहरू गरेका छन्; असल गर्ने कोही छैन।”), उहाँले मानिसहरूका पापको वास्ता गर्नुहुन्न, जसले गर्दा खराबी गर्ने जोसुकै उहाँको नजरमा असल हुन्छ (मलाकी २:१७[3]“तिमीहरूले आफ्ना वचनहरूले परमप्रभुलाई थकित पारेका छौ; तैपनि तिमीहरू भन्छौ: ‘कुन कुरामा हामीले उहाँलाई थकित पारेका छौं?’ यस कुरामा, जब तिमीहरू भन्छौ: ‘हरेक जसले दुष्ट काम गर्दछ, त्यो परमप्रभुको दृष्टिमा असल ठहर्दछ; अनि उहाँ … पढ्न जारी राख्नुहोस्), उहाँले खराबीलाई सम्झनुहुन्न, न त त्यो देख्नु नै हुन्छ (भजनसंग्रह १०:११[4]“त्यसले मनमनमा भनेको छ: “परमेश्वरले बिर्सनुभएको छ; उहाँले आफ्नो चेहरा लुकाउनुहुन्छ; उहाँले यो कहिल्यै देख्नुहुनेछैन।” र ९४:७[5]“तरै पनि तिनीहरू भन्छन्: “याहले देख्नुहुनेछैन, न ता याकूबका परमेश्वरले यसमा ध्यान दिनुहुनेछ।”), वा अझै, उहाँ सिद्ध प्रेम हुनुभएको हुनाले, उहाँले खराबीलाई खोजेर दण्ड दिनुहुन्न (भजनसंग्रह १०:१४[6]“तर तपाईंले देख्नुभएको छ; किनकि आफ्नो हातले बदला लिन तपाईंले उपद्रव र दुःखलाई हेर्नुहुन्छ। गरिबलेf आफूलाई तपाईंको हातमा सुम्पन्छ; अनाथका सहायक तपाईं नै हुनुहुन्छ।”) भन्ने आशा गरेर तिनीहरूले आफैलाई धोका दिन्छन् । अनि नैतिक व्यवस्थाको मागलाई स्वीकार गर्ने र नैतिकवादी आदर्शलाई त्यसको उच्चतामा उभिन दिने व्यक्तिमात्र यो कुरामा सहमत हुन सक्दछ कि परमेश्वरले खराबीलाई सजाय दिनुपर्दछ । हो, परमेश्वर प्रेम हुनुहुन्छ, तर यो महिमित स्वीकारोक्ति तबमात्र सत्य हुन्छ जब ईश्वरीय सारमा हुने प्रेमलाई न्यायसँग पूर्णरूपमा मेल खाने पवित्र प्रेमको रूपमा बुझिन्छ । पहिला परमेश्वरको न्याय पूर्णरूपमा स्थापित भएपछि मात्र परमेश्वरको अनुग्रहले स्थान पाउँदछ ।
आखिर, संसारको सम्पूर्ण इतिहासले परमेश्वरको यो न्यायको अकाट्य गवाही दिन्छ । हामीले ख्रीष्टमा दिइएको विशेष प्रकाशलाई[7]सम्पादकको टिप्पणीः विशेष प्रकाश भन्नाले बाभिङ्कले पवित्रशास्त्रमा रहेको परमेश्वरको गवाहीलाई जनाउँदछन् । परमेश्वरले आफ्नो बारेमा प्राकृतिक संसारमा प्रकट गर्नुहुने तथ्यहरू र परमेश्वरले पवित्रशास्त्रमा आफ्नो बारेमा … पढ्न जारी राख्नुहोस् संसारका कुराहरूबाट अनुमान लगाउन सक्दैनौं जुन प्रकाशले हामीलाई परमेश्वरको प्रेमको बारेमा बताउँदछ । यदि हामीले त्यसो गर्न सक्ने भए त, साधारण प्रकाशचाहिँ त्यसका लाभहरू र आशिषहरूसँगै हामीदेखि हराउनेथियो । तर यदि हामीले हाम्रा सोचाइहरूमा, केवल एकै क्षणको निम्ति, ख्रीष्टमा दिइएको प्रकाशलाई एकातिर पन्छाउने हो भने प्रेमका परमेश्वरमाथि विश्वास गर्ने अति थोरै आधार बाँकी रहन्छ । किनकि यदि संसारको इतिहासले हामीलाई कुनै कुरा प्रष्टरूपमा सिकाउँदछ भने त्यो यही हो किः परमेश्वर र उहाँको सृष्टिबीच एउटा झगडा छ । परमेश्वर र उहाँको संसारबीच असहमति, अलग्ग्याइँ, विवाद छ । परमेश्वर मानिससँग सहमत हुनुहुन्न र मानिस परमेश्वरसँग सहमत हुँदैन । हरेक आफ्नै बाटोमा लाग्दछ र हरेकसँग चीजहरूको बारेमा आफ्नै विचार र इच्छा छ । परमेश्वरका विचारहरू हाम्रा विचारहरू होइनन्, र उहाँका मार्गहरू हाम्रा मार्ग होइनन् (यशैया ५५:८[8]“किनकि मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न ता तिमीहरूका चालहरू मेरा चालहरू हुन्, परमप्रभु भन्नुहुन्छ।”) । त्यसकारण संसारको इतिहासचाहिँ संसारको एउटा न्याय पनि हो । अहँ, एकजना कविले भनेका जस्तो, संसारको अन्तिम न्याय त होइन, किनकि त्यो त समयको अन्त्यमा हुनेछ । अनि यो न्यायमात्र छैन, किनकि पृथ्वी त परमेश्वरका सम्पत्तिहरूले पनि परिपूर्ण छ (भजनसंग्रह १०४:२४[9]“हे परमप्रभु, तपाईंका कामहरू कति धेरै छन्! तपाईंले यी सबै बुद्धिले बनाउनुभएको छ; पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ ।”) । फेरि पनि, संसारको इतिहास एउटा न्याय हो, अनि न्यायहरूले भरिएको, सङ्घर्ष र युद्धले, रगत र आँसुले, विपत्तिहरू र कष्टहरूले भरिएको इतिहास हो । यसमाथि ती शब्दहरू लेखिएका छन् जुन मोशाले आफ्नै आँखाको सामु मरिरहेका इस्राएली जातिलाई देख्दा एकपटक बोलेका थिएः तपाईंको रिसले हामी नष्ट भएका छौं, र तपाईंको क्रोधले हामी विचलित भएका छौं (भजनसंग्रह ९०:७[10]“किनकि तपाईंको रिसले हामी नष्ट भएका छौं, र तपाईंको क्रोधले हामी विचलित भएका छौं ।”) ।
परमेश्वरको न्यायको बारेमा इतिहासले दिने गवाहीलाई यो तथ्यले पुष्टि गर्दछ कि मानवजातिले सदैव एउटा हराएको स्वर्गलोकको, अनन्त आशिषको र यसलाई दबाउने सबै दुष्टताबाटको छुटकाराको खोजी गरेको छ, र अझै पनि गर्दछ । सबै मानिसहरूमा छुटकाराको खाँचो छ र सबैले त्यसको खोजी गर्दछन् । ठीक यही कुरा नै धर्ममा निर्दिष्टरूपमा प्रकट हुन्छ । वास्तवमा, छुटकारा शब्दलाई यति ठूलो अर्थमा लिन सकिन्छ कि यसले पृथ्वीमा मानिसहरूले गर्ने सबै मेहनतलाई समावेश गर्दछ । किनकि मानिसले आफ्ना हातको कामले आफ्नो जीवनका खाँचोहरू पूरा गर्न प्रयास गर्दा, उसले प्रकृतिमा र मानिसहरूको माझमा रहेका सबै किसिमका विरोधी शक्तिहरूदेखि आफैलाई बचाउने प्रयास गर्दा, र विज्ञान तथा कलामा उसले सारा संसारलाई अधीन गर्ने ठूलो प्रयास गर्दा, ती सबैमा खराबीबाट मुक्त हुने र असलको शुरूआत् गराउने उद्देश्य पनि हुन्छ ।
तथापि छुटकारासम्बन्धी अवधारणालाई[11]सम्पादकको टिप्पणीः बाभिङ्कको आशय यो हो कि छुटकारासम्बन्धी बाइबलीय अवधारणाले, यसलाई पवित्रशास्त्रको गवाहीमा दिइएअनुसार, यस प्रकारले छुटकारासम्बन्धी विचार भन्ने शब्द चलाउँदैन । मानिसका कामहरू र प्रयासहरूले उसलाई छुटकारा … पढ्न जारी राख्नुहोस् यस किसिमको मानवीय मेहनतप्रति कहिल्यै लागू गरिँदैन । यस्तो प्रयासले मानिसको जीवनलाई जतिसुकै मनोहर र भरिपूर्ण चीज बनाइदिने भए पनि, मानवजातिमा यस्तो भाव हुन्छ कि यस्ता सबै उन्नति र सभ्यताले सबैभन्दा गहिरा मानवीय खाँचोहरू पूरा गर्दैनन्, न त तिनीहरूका सबैभन्दा खराब निराशादेखि तिनीहरूलाई उद्धार नै गर्दछन् । छुटकारा एउटा धार्मिक अवधारणा हो र धर्मको क्षेत्रमा मात्र त्यो लागू हुन्छ । धर्म त सबै संस्कृति र सभ्यताभन्दा पहिला आयो, र अहिलेसम्म पनि धर्मले विज्ञान, कला र प्रविधिको साथमा त्यसको आफ्नै स्थान लिइरहन्छ । यसलाई मानवीय प्रयासका असाधारण परिणामहरूद्वारा समेत पूर्ण बनाउन वा प्रतिस्थापन गर्न सकिँदैन । धर्मले मानिसको एउटा अद्वितीय खाँचो पूरा गरिदिन्छ र पतनपश्चात्[12]सम्पादकको टिप्पणीः “पतन” भन्नाले बाभिङ्कले प्रथम मानव आदमले पाप गर्दा यो सृष्टि गरिएको संसारमा ल्याइएका धेरैवटा र रहिरहने असरहरूलाई जनाउँदछन् । यसको प्रवृत्ति सदैव मानिसलाई एउटा निश्चित निराशादेखि उद्धार गर्नु रहेको छ ।
त्यसैले छुटकारासम्बन्धी विचार सबै धर्महरूमा आउँदछ ।
यो कुरा साँचो हो कि कहिलेकाहीँ धर्महरूलाई प्राकृतिक, नैतिक र छुटकारामूलक धर्महरू भनेर वर्गीकरण गरिन्छ । त्यसो गरिँदा, छुटकारामूलक धर्मचाहिँ एउटा विशेष किसिमको रूपमा अन्य दुईभन्दा भिन्दै हुन्छ । तर यस्तो वर्गीकरण अवश्य पनि विवादास्पद हुन्छ । एउटा साधारण अर्थमा, छुटकारासम्बन्धी धारणा सबै धर्महरूमा पाइन्छ । मानिसहरूका सबै धर्महरू छुटकारामूलक धर्महरू हुन चाहन्छन् । निम्न कुराहरूमा भिन्नता हुन्छः खराबीको स्वभावको बारेमा जसबाट छुटकाराको इच्छा गरिन्छ, त्यो प्राप्त गर्न सकिने तरिकाको बारेमा र सर्वोच्च भलाइको बारेमा जसप्रति मानिसहरूले कडा मेहनत गर्नुपर्दछ । तर सबै धर्महरूले खराबीबाटको छुटकारा र सर्वोच्च भलाइ प्राप्त गर्ने लक्ष्य लिन्छन् । धर्ममा ठूलो प्रश्न सदैव यो हुन्छः मुक्ति पाउनको लागि मैले के गर्नुपर्दछ ? निश्चितरूपमा त्यो काम गर्नुपर्दछ जुन संस्कृति वा सभ्यताद्वारा, पृथ्वीमाथि अधिकार जमाएर प्राप्त गर्न सकिँदैन । निश्चितरूपमा त्यही कुरालाई नै धर्ममा खोजी गरिन्छः अनन्त खुशी, अनन्त शान्ति र सिद्ध आशिषित अवस्था । धर्ममा मानिसले सदैव परमेश्वरको बारेमा सोच्दछ । वास्तवमा, पापी अवस्थामा रहेको मानिसले परमेश्वरलाई गलत रूपमा, उहाँको व्यक्तित्वभन्दा फरक रूपमा प्रस्तुत गर्दछ, गलत अभिप्रायले, गलत तरिकाले र गलत स्थानमा उहाँलाई खोज्दछ, तर परमेश्वरको चाहना गरे झैं र उहाँलाई भेट्टाउँछु कि भने झैं गरी उसले उहाँलाई खोज्दछ (प्रेरित १७:२७[13]“तिनीहरूले प्रभुलाई खोजून् भनेर, सायद उहाँलाई छामछाम-छुमछुम गरेर भेट्टाउलान्; तैपनि उहाँ हामी हरेकबाटटाढ़ामा हुनुहुन्न…”) ।
सारा मानवजातिमा पाइने र मानिसहरूका धेरैवटा स्वेच्छिक धर्महरूमा सन्तुष्टि खोज्ने यो छुटकाराको खाँचो आफैमा र ख्रीष्टियन जगतको लागि अत्यन्त महत्वपूर्ण हुन्छ । किनकि यो खाँचो परमेश्वरले नै मानिसहरूका हृदयमा निरन्तर जगाउनुहुन्छ र त्यसलाई त्यहाँ जीवित राख्नुहुन्छ । यसले प्रष्ट पार्दछ कि परमेश्वरले मानवजातिलाई त्यसका आफ्नै मार्गहरूमा पूर्णरूपमा अझै छोडिदिनुभएको छैन । यो एउटा मेटाउन नसकिने आशा हो र यसले मानिसहरूलाई संसारको लामो तथा डरलाग्दो यात्रामा जिइरहन र काम गरिरहन सक्षम तुल्याउँदछ । अनि यसले यो तथ्यको निश्चयता र भविष्यवाणीको रूपमा काम गर्दछ कि यस्तो एउटा छुटकारा छ र मानिसहरूले यसको असफलतापूर्वक खोजी गरे तापनि, केवल कृपाको कारण परमेश्वरले यो सित्तैंमा दिनुहुन्छ ।
* * *
परमेश्वरको अनुग्रहले ख्रीष्टमा तयार पारेको यो महान् छुटकारालाई सही तरिकाले बुझ्न र उत्तम तरिकाले प्रशंसा गर्नको निम्ति, मानिसहरूले खराबीबाट मुक्त पारिन र सर्वोच्च भलाइ प्राप्त गर्नको लागि, विशेष प्रकाशभन्दा बाहिर गएर, प्रयासहरू गर्नुभन्दा पहिला एकक्षण रोकिनु उपयोगी हुनेछ । त्यसो गर्ने क्षणमा हामीले ठूलो भिन्नताको साथसाथै ठूलो एकरूपता पनि पाउँदछौं, जुन ती सबै प्रयासहरूमा पाइन्छ ।
शताब्दीऔं पुराना र अझै पनि मानिसहरूमाझ रहेका धेरैवटा धर्महरूमा ठूलो भिन्नता छँदैछ । वास्तवमा, त्यो सङ्ख्या जातिहरू र भाषाहरूको भन्दा धेरै ठूलो छ । जसरी काँडाहरू र लोहोंडेहरू पृथ्वीमा उम्रन्छन्, त्यसरी नै मानवीय स्वभावबाट झूटा धर्महरू उम्रन्छन् । ती विभिन्न स्तरमा वृद्धि हुन्छन् । ती यति धेरै र यति भिन्न हुन्छन् कि तिनको सर्वेक्षण गर्न सकिँदैन र कुनै पनि सन्तोषजनक वर्गीकरणमा ती अटाउँदैनन् । जहाँसम्म धर्मले मुख्य स्थान लिन्छ भन्ने कुरा छ, यसले परमेश्वर र संसारको, प्रकृति र आत्माको, छुटकारा र खाँचो, गन्तव्य र दोष, इतिहास र संस्कृतिको सम्बन्धलाई हेर्ने तरिकाअनुसार यसले विभिन्न चरित्र लिन्छ । खराबीलाई सकारात्मक वा नकारात्मकरूपमा, सभ्यताको विकासमा हुने स्थायी कुरा वा अस्थायी क्षणको रूपमा, स्वाभाविक वा नैतिक, शारीरिक वा आत्मिक चरित्र भएको मानिएअनुसार, छुटकारासम्बन्धी विचार परिवर्तन हुन्छ, साथै मानिसहरूले त्यो प्राप्त गर्न खोज्ने तरिका पनि परिवर्तन हुन्छ ।
अझै, हामीले यी सबै धर्महरूको सारभित्र नियाल्न प्रयास गर्दा, ती सबैमा समानता र सम्बन्धका सबै किसिमका गुणहरू भएको जस्तो देखिन्छ । सर्वप्रथम, हरेक धर्मले परमेश्वर र संसारसम्बन्धी, आत्माहरू र मानिसहरूसम्बन्धी, प्राण र शरीरसम्बन्धी, चीजहरूको उत्पत्ति, सार र उद्देश्यसम्बन्धी समग्र विचारहरूलाई समावेश गर्ने प्रयास गर्दछ । हरेक धर्ममा एउटा सिद्धान्त, एउटा विश्व दृष्टिकोण र जीवन दृष्टिकोण, एउटा मत हुन्छ । दोस्रो स्थानमा, कुनै पनि धर्म यी विचारहरूको केवल बौद्धिक बुझाइमा सन्तुष्ट हुँदैन, तर त्यसले मानिसहरूलाई ती विचारहरूको माध्यमद्वारा र तिनको सहायताले परमेश्वर तथा आत्माहरूको अलौकिक संसारभित्र छिर्न र उहाँहरूसँग एकीकृत हुन हौसला दिन्छ । धर्म कहिल्यै पनि मत र सिद्धान्तमात्र हुँदैन । यसमा भावनाहरूको प्रेम, हृदयको मनोभाव र ईश्वरीय कृपाको आनन्द पनि हुन्छन् । तर सबै समयका र सबै स्थानका मानिसहरू यो जान्दछन् कि परमेश्वरको यो कृपा स्वाभाविकरूपमा तिनीहरूमा छैन । एकातिर, मानिसहरूसँग यो तथ्यको ज्ञान हुन्छ कि तिनीहरूले अनन्त खुशी र तिनीहरूका प्राणको मुक्ति प्राप्त गर्ने हो भने तिनीहरूले त्यो कृपा पाउनुपर्दछ । अर्कोतिर, उत्तिकै प्रष्टरूपमा तिनीहरूले महशुस गर्दछन् कि तिनीहरूले त्यो कृपा पाएका छैनन् र तिनीहरूका पापको कारण परमेश्वरसँग तिनीहरूको सङ्गति छैन । त्यसैले, हरेक धर्ममा, तेस्रो पक्ष प्रवेश गर्दछ । त्यो पक्ष भनेको यो कृपा तथा सङ्गति प्राप्त गर्न र भविष्यमा त्यसको निरन्तरतालाई निश्चित गर्न कुनै न कुनै तरिकाले प्रयास गर्नु हो । हरेक धर्ममा सम्बन्धित विचारहरूको समूह हुन्छ । हरेक धर्मले विशेष प्रेमभावहरू र भावनाहरू विकास गर्न प्रयास गर्दछ । हरेक धर्मले विभिन्न व्यवहारहरू गर्न सिफारिश गर्दछ ।
अनि ती धार्मिक व्यवहारहरूलाई दुई किसिममा विभाजन गरिन्छ । पहिलो वर्गमा ती सबै व्यवहारहरू पर्दछन् जसलाई आराधना शीर्षकअन्तर्गत राख्न सकिन्छ र सैद्धान्तिकरूपमा तिनमा धार्मिक सभाहरू, बलिदानहरू, प्रार्थनाहरू र भजनहरू पर्दछन् । तर धर्म कहिल्यै पनि यी प्रत्यक्ष धार्मिक व्यवहारहरूमा सीमित रहँदैन । धर्मले जीवनमा मुख्य स्थान लिने भएकोले, यो त जीवनभरि नै पैmलिन्छ र यसले आफ्नो मार्गमा जीवनलाई हिँडाउने प्रयास गर्दछ । हरेक धर्मले कुनै नैतिक आदर्शलाई माथि उचाल्दछ र एउटा नैतिक व्यवस्थाको घोषणा गर्दछ जसअनुसार एक व्यक्तिले आफ्नो व्यक्तिगत, घरायसी, नागरिक तथा सामाजिक जीवनमा पनि व्यवहार गर्नुपर्दछ । हरेक धर्ममा यस्ता विचारहरू, भावनाहरू र कामहरू हुन्छन् जुन आंशिकरूपमा आराधनासँग सम्बन्धित हुन्छन् र आंशिकरूपमा नैतिक जीवनसँग सम्बन्धित हुन्छन् । त्यसैकारण तिनलाई आराधनागत र नैतिक दुवै भन्न सकिन्छ ।
कुनै पनि धर्ममा यी आधारभूत पक्षहरूमध्ये कुनै पनि छुट्दैनन् । तर ती पक्षहरू प्रत्येकमा हुने विषयवस्तुको बारेमा, तिनको आपसी सम्बन्धको बारेमा र ती प्रत्येकको महत्वको बारेमा ठूलो भिन्नता हुन्छ । पावल भन्दछन् कि गैरयहूदीहरूको मूर्तिपूजक धर्मको सारमा यो कुरा हुन्छः मानिसहरूले अविनाशी परमेश्वरको महिमालाई विनाशी मानिस, चराचुरुङ्गी तथा चारखुट्टे पशुहरू र घस्रने जन्तुहरूको स्वरूपमा परिवर्तन गरेका छन् । परमेश्वरलाई संसारसँग, प्रकृतिसँग, मानिसहरू वा पशुहरूसँग समान तुल्याइने मात्राअनुसार, धार्मिक अवधारणाहरू परिवर्तन हुन्छन् र त्यसैले धार्मिक भावनाहरू तथा कामहरू पनि परिवर्तन हुन्छन् ।
धर्मलाई तीनवटा मुख्य किसिमहरूमा वर्गीकरण गर्न सकिन्छ । परमेश्वरलाई प्रकृतिका रहस्यमयी शक्तिहरूसँग समान तुल्याइँदा, धर्म ठूलो अन्धविश्वास र भयानक जादू बन्न पुग्दछ । त्यसपछि ज्योतिषीहरू र जादूगरहरूले मानिसहरूलाई अदृश्य ईश्वरीय सारहरूको स्वेच्छाचारिताभन्दा शक्तिशाली अधिकार दिने काम गर्दछन् । यदि परमेश्वरलाई मानिसजस्तै ठानिन्छ भने धर्मले अत्यन्त मानवीय चरित्र धारण गर्दछ, तर फेरि पनि यो सजिलैसँग रीतिगत आराधनाका रूपहरूमा या कट्टर नैतिकतावादमा फँस्दछ । अनि परमेश्वरलाई संसारका विचार, प्राण र सारको रूपमा लिइँदा, धर्म चीजहरूको वास्तविकतादेखि हृदयको अध्यात्मवादतिर फर्किन्छ र यसले सन्यासवाद र उल्लासवाद (आत्मिक स्थानान्तर) को तरिकाले परमेश्वरसँग सङ्गति गर्न खोज्दछ । धेरैवटा धर्महरूमा, यी मुख्य रूपहरूमध्ये कुनै न कुनै रूप देखा पर्दछ, तर तिनले कहिल्यै पनि एकअर्कालाई बाहेक भने गर्दैनन् । छुटकारालाई सदैव समझदारी तथा ज्ञानको, इच्छा तथा कामको र हृदय तथा भावनाहरूको तरिकाले प्राप्त गर्न खोजिन्छ ।
यसलाई समर्थन गर्न दर्शनशास्त्र प्रवेश गर्दछ । दर्शनशास्त्रले पनि छुटकाराको विचार बोक्दछ र यस्तो विश्व दृष्टिकोणको खोजी गर्दछ जसले मन र भावनाहरू दुवैलाई तृप्त पार्दछ । दर्शनशास्त्र धर्मबाट निस्कियो । त्यसले नियमितरूपमा धर्मका तत्वहरूलाई आफ्नो प्रणालीमा ल्याउँदछ र धेरैजनाको लागि यसले त एक किसिमको धर्मको रूपमा काम गर्दछ । तर सम्पूर्ण अनुमान तथा मनन गरेपछि पनि, योचाहिँ धर्मका आधारभूत विचाहरूभन्दा पर पुग्दैन । दर्शनशास्त्रले आफ्नो विश्व दृष्टिकोणबाट जीवनको व्यवहारसम्बन्धी एउटा सिद्धान्तलाई घटाइदिने क्षणमा, यसले दिमागी ज्ञानमा, इच्छाका नैतिक कामहरूमा र हृदयका अनुभवहरूमा छुटकारा पाउने बाटो खोलिदिने प्रयास गर्दछ । विशेष प्रकाशबिना त मानिसहरूको धर्म र चिन्तकहरूको दर्शनशास्त्रमा परमेश्वरसम्बन्धी सही ज्ञान हुँदैन, र त्यसैले मानिस तथा संसारसम्बन्धी, र पाप तथा छुटकारासम्बन्धी कुनै सही ज्ञान हुँदैन । परमेश्वरलाई खोज्न र भेट्टाउन सकिन्छ कि भने झैं गरी तिनीहरू दुवैले वास्तवमै परमेश्वरलाई खोज्दछन्, तर तिनीहरूले उहाँलाई भेट्टाउँदैनन् ।
नोट र सन्दर्भहरू
↑1 | “मैले मेरो हृदय शुद्ध पारेको छु, म मेरो पापबाट शुद्ध भएको छु’ भनी कसले भन्न सक्छ ?” |
---|---|
↑2 | “मूर्खले मनमनमा भनेको छ: “परमेश्वर छैन।” तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरूले घिनलाग्दा कामहरू गरेका छन्; असल गर्ने कोही छैन।” |
↑3 | “तिमीहरूले आफ्ना वचनहरूले परमप्रभुलाई थकित पारेका छौ; तैपनि तिमीहरू भन्छौ: ‘कुन कुरामा हामीले उहाँलाई थकित पारेका छौं?’ यस कुरामा, जब तिमीहरू भन्छौ: ‘हरेक जसले दुष्ट काम गर्दछ, त्यो परमप्रभुको दृष्टिमा असल ठहर्दछ; अनि उहाँ तिनीहरूसित प्रसन्न हुनुहुन्छ’, अथवा ‘न्याय गर्नुहुनेf परमेश्वर कहाँ हुनुहुन्छ?’ भन्छौ।” |
↑4 | “त्यसले मनमनमा भनेको छ: “परमेश्वरले बिर्सनुभएको छ; उहाँले आफ्नो चेहरा लुकाउनुहुन्छ; उहाँले यो कहिल्यै देख्नुहुनेछैन।” |
↑5 | “तरै पनि तिनीहरू भन्छन्: “याहले देख्नुहुनेछैन, न ता याकूबका परमेश्वरले यसमा ध्यान दिनुहुनेछ।” |
↑6 | “तर तपाईंले देख्नुभएको छ; किनकि आफ्नो हातले बदला लिन तपाईंले उपद्रव र दुःखलाई हेर्नुहुन्छ। गरिबलेf आफूलाई तपाईंको हातमा सुम्पन्छ; अनाथका सहायक तपाईं नै हुनुहुन्छ।” |
↑7 | सम्पादकको टिप्पणीः विशेष प्रकाश भन्नाले बाभिङ्कले पवित्रशास्त्रमा रहेको परमेश्वरको गवाहीलाई जनाउँदछन् । परमेश्वरले आफ्नो बारेमा प्राकृतिक संसारमा प्रकट गर्नुहुने तथ्यहरू र परमेश्वरले पवित्रशास्त्रमा आफ्नो बारेमा प्रकट गर्नुभएका थप तथ्यहरूबीच भिन्नता छुट्ट्याउनको लागि कहिलेकाहीँ ख्रीष्टियन लेखकहरूले साधारण र विशेष प्रकाशको तुलना गर्दछन् । त्यसकारण बाभिङ्क लेख्दछन्ः “हामीले ख्रीष्टमा दिइएको विशेष प्रकाशलाई संसारका कुराहरूबाट अनुमान लगाउन सक्दैनौं जुन प्रकाशले हामीलाई परमेश्वरको प्रेमको बारेमा बताउँदछ ।” बाभिङ्कको आशय यो हो कि मानिसले प्राकृतिक संसारको गवाहीमा परमेश्वरले मानिसलाई दिन चाहनुहुने सम्पूर्ण सन्देशलाई — ख्रीष्ट येशूमा प्रस्ताव गरिने परमेश्वरको प्रेमलाई — पत्ता लगाउन सक्दैन । यसलाई बुझ्नको लागि, मानिसलाई थप प्रकाश चाहिन्छ जुन हामीलाई बाइबल स्वयंका पृष्ठहरूमा दिइएको छ । परमेश्वरको साधारण प्रकाशका निश्चित लाभहरू छन् । त्यसले निश्चित तथ्यहरू प्रकट गर्दछ । तर पवित्रशास्त्रमा प्रकट गरिएको कुरा धेरै पूर्ण छ र अरूसँग सम्बन्धित हुन्छ । ख्रीष्टमा भएको परमेश्वरको प्रकाशबिना, जुन हामीलाई पवित्रशास्त्रमा दिइएको छ, प्राकृतिक संसारको गवाही अपूर्ण हुन्छ र त्यसको अलग अर्थ लगाइन्छ । |
↑8 | “किनकि मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न ता तिमीहरूका चालहरू मेरा चालहरू हुन्, परमप्रभु भन्नुहुन्छ।” |
↑9 | “हे परमप्रभु, तपाईंका कामहरू कति धेरै छन्! तपाईंले यी सबै बुद्धिले बनाउनुभएको छ; पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ ।” |
↑10 | “किनकि तपाईंको रिसले हामी नष्ट भएका छौं, र तपाईंको क्रोधले हामी विचलित भएका छौं ।” |
↑11 | सम्पादकको टिप्पणीः बाभिङ्कको आशय यो हो कि छुटकारासम्बन्धी बाइबलीय अवधारणाले, यसलाई पवित्रशास्त्रको गवाहीमा दिइएअनुसार, यस प्रकारले छुटकारासम्बन्धी विचार भन्ने शब्द चलाउँदैन । मानिसका कामहरू र प्रयासहरूले उसलाई छुटकारा दिलाउँदछन् भनेर यसले भन्दैन । |
↑12 | सम्पादकको टिप्पणीः “पतन” भन्नाले बाभिङ्कले प्रथम मानव आदमले पाप गर्दा यो सृष्टि गरिएको संसारमा ल्याइएका धेरैवटा र रहिरहने असरहरूलाई जनाउँदछन् । |
↑13 | “तिनीहरूले प्रभुलाई खोजून् भनेर, सायद उहाँलाई छामछाम-छुमछुम गरेर भेट्टाउलान्; तैपनि उहाँ हामी हरेकबाटटाढ़ामा हुनुहुन्न…” |