पछिल्लो अपडेट: मार्च 19, 2023
तस्विर क्रेडिट: Rijksmuseum, Netherlands
निम्नलिखित खण्ड Oliver O’Donovan (ओलिभर ओडोनोभान) को पुस्तकका शुरुका चारवटा पृष्ठहरूबाट लिइएको होः Self, World, and Time: Ethics as Theology (Grand Rapids: William B. Eerdmans Publishing Company, 2013)। William B. Eerdmans Publishing Company को अनुमति लिएर यो खण्डलाई अनुवाद गरिएको छ र यहाँ प्रकाशन गरिएको छ । यो अनुवादको श्रोत अङ्ग्रेजी खण्डलाई यहाँ पढ्न पाइन्छ ।
Oliver O’Donovan ले आफ्नो पुस्तकको पहिलो अध्यायलाई यसरी शुरु गर्दछन्ः
अपरिचित सोचाइहरू र अनुसन्धानका विशेष नमुनाहरूलाई एउटा परिचयको साथमा उल्लेख गर्न सकिएला । त्यसले विद्यार्थीलाई तिनका आधारहरू र क्षेत्र देखाइदिन्छन् । तर हाम्रो सोच्ने चेतना हुनुभन्दा पहिलादेखि नै हामीसँग भएका सोचाइहरू, अनुसन्धानका नमुनाहरू, सञ्चारहरू र अभ्यासहरूको बारेमा नि ? हामीले पहिलोपटक कदापि भेट्टाउन नसक्ने कुराको लागि कुनै परिचयको कल्पना गर्न सकिँदैनः सचेत अनुभव स्वयं, त्यसका सबै रूपहरूमा । अनि सचेत अनुभवको एउटा अति ठूलो भागचाहिँ हामीले आफैलाई एजेन्टहरू ठान्नु हो । व्यावहारिक तर्क गर्नु त हाम्रो स्वाभाविक पक्ष भइआएको छ । तै पनि हामीले त्यो पक्षको बारेमा थप सचेत हुनुपर्ने खाँचो महशुस गर्न सक्दछौं र गरौंला । हामीले त्यसको बारेमा अझ पेचिला प्रश्नहरू सोध्न र हामीले सदैव यत्तिकै भरोसा गरेका कुराको तर्कप्रति आफैलाई खुला पार्न सिक्न सक्दछौं । अनि यसले अझ मुख्य कुराहरूको बारेमा हामीलाई बताउने कुराबारे हामीले प्रश्न गर्न सक्दछौं: विशेष गरी परमेश्वरको बारेमा, जो हाम्रो माध्यमको पछाडि र अगाडि उभिनुहुन्छ, र उहाँको संसार तथा समयमा हुने हाम्रो ओहोदाको बारेमा । यदि हामीले यी प्रश्नहरूलाई पछ्याउन सक्दैनौं भने, हामी आफै शान्तिमा रहन सक्दैनौं; तर यदि हामीले तिनलाई पछ्याउन सक्दछौं भने तिनलाई पालना गर्ने सहायता र हौसला हामीले पाउन सक्दछौं । त्यही कुरालाई ध्यानमा राख्दै हामी ईश्वरशास्त्रको रूपमा नैतिकताको यो उत्खननपछि, परमेश्वरले अनुमति दिनुभएमा, त्यसको थप व्याख्या लाई उचित समयमा प्रस्तुत गर्ने प्रस्ताव राख्दछौं ।
परिचय
‘त्यसैले तब हामी ऋणी हौं,’[1]सम्पादकको नोटः O’Donovan ले आफ्नो उद्धरणलाई रोमी ८:१२ बाट सापट लिँदछन्, जसरी त्यसलाई अङ्ग्रेजी बाइबलमा यसरी पढ्न सकिन्छ, “Therefore, brethren, we are debtors, not to the flesh, to live after the flesh.” O’Donovan ले अङ्ग्रेजीमा यही अनुवादलाई पछ्याएका छन् । यसभन्दा हल्का फरक तरिकाले, … पढ्न जारी राख्नुहोस् भनी प्रेरित पावलले अचानक सबै कुराको माझमा लेख्दछन् (रोमी ८:१२)। निश्चित रूपमा, हामी ॠणी हौं ! हामीलाई यो कुरा बताइनेबित्तिकै हामी यो जान्दछौं । हामी नैतिक कर्त्तव्यहरूको सागरमा पौडन्छौं, चारैतिरबाट जलकुम्भीहरूमा अल्झिन्छौं, यहाँका दाबीहरूलाई स्वीकार गर्दछौं, त्यहाँका जिम्मेवारीहरूलाई पुष्टि गर्दछौं । यो हाम्रो स्वभाविक पक्ष हो ! तै पनि कसरी यस्तो भयो भन्ने हामीलाई केही थाहा हुँदैन । पवित्र जन पावललाई ‘यसकारण’ मा पुर्याएको कुराचाहिँ परमेश्वरले हाम्रो सट्टामा गर्नुभएको कुराको एउटा लामो वृत्तान्त थियोः सित्तैको अनुग्रहद्वारा धर्मीकरण, एउटा धर्मी कार्य जसले धेरैलाई जीवन दियो, व्यवस्थाको अधीनताबाट छुटकारा दियो । तर हरेक क्षणमा यसले यो कुरा मानिलिन्छ कि हामी पहिलादेखि नै ॠणी थियौंः हामीले सत्यतालाई अभक्तिमा दबाइराख्दाखेरिका ॠणीहरू, हामीलाई परमेश्वरसँग मेलपिलापमा ल्याइँदाखेरिका ॠणीहरू, अनुग्रह प्रशस्त होस् भनेर हामी पापमा लागिरहन नसक्दाखेरिका ॠणीहरू । यो वा त्यो ठोस ॠणको बारेमा हामीले कसरी ॠणी भइयो भनेर योजना बनाउन सक्दछौंः हामीले घरभाडामा लिने सम्झौता गर्यौं, जागिरका शर्तहरूमा सहमति जनायौं, प्रेम गर्ने घोषणा गर्यौं । तर यी कामहरू हाम्रो ॠणी अवस्थाको शुरुआत् थिएनन् । हामीले फ्ल्याट भाडामा लियौं किनभने हामी हरेक बिहान जानुपर्ने एउटा जागिर हामीसँग थियो; हामीले त्यो जागिर खायौं किनभने हामी आफ्नो केटी साथीको नजिक हुनुपरेको थियो; प्रेमको घोषणासमेत भावनात्मक लेनदेनहरूले उत्पन्न गराएका कर्त्तव्यहरूको जटिलताले गराएको थियो जुन लेनदेनहरूले हामीलाई जकडेर भित्र थुनिदिए । कर्त्तव्यहरूले हामीलाई तयार पारिदिए र हामीले कर्त्तव्यहरू तयार पार्यौं, तबसम्म जबसम्म हामीले आफैलाई जानेका थियौं । हामीले तिनको बारेमा सोच्ने तरिका थाहा पाउनुभन्दा अगावै, तिनले हाम्रो व्यवहार उत्पन्न गराए र हाम्रो चरित्र तयार पारिदिए । हामी अन्य सोचाइहरूबाट आउने भावार्थ, गणित वा सौन्दर्यशास्त्रका जस्ता सैद्धान्तिक विचारहरू वा इन्द्रियहरूको तत्कालिक ज्ञानद्वारा कर्त्तव्यसम्बन्धी सोचाइहरूमा पुगेनौं । हामीलाई सर्वप्रथम कर्त्तव्यहरूको सागरमा डुबाएका हुन सक्ने अन्य सोचाइहरू के-के हुन सक्लान् ?
मानौं, हामी शुरुमा हाम्रो नैतिक अनुभवमा बिउँझिन्छौं । शुरुवात जस्तो देखिने कुरा वास्तवमा शुरुवात नै होइन । हामी बिउँझदा घटनाहरू घटिरहेका र हामी आफै पनि तिनको माझमा हिँडिरहेका पाउँदछौं । त्यो शुरुवात चाहिँ[2]सम्पादकको टिपोटः “शुरुवात” लाई उल्लेख गरेर, O’Donovan ले घटनाहरूको मूल शुरुवातलाई जनाउँदैनन्, तर व्यक्तिको चेतनाको शुरुवातलाई पो जनाउँदछन् । एक व्यक्तिको कर्तव्यको ज्ञान उसका अनुभवहरूको चेतना र तीबारे उसले गर्ने सोचविचारमा … पढ्न जारी राख्नुहोस् हाम्रो चेतनाको ढोका खुलेको, पहिला नै भइरहेको कुराको र हामी पहिला नै राखिएका ठाउँको सामु हामी आइपुगेका मात्र हो । नैतिकताको बारेमा सोचविचार गर्ने केही चिन्तकहरू, शैक्षिक तथा चर्चित दुवै, को लागि, यो एउटा लाजको कुरा प्रमाणित भएको छ । हाम्रो आफ्नै वा हाम्रो अवस्थासम्बन्धी ज्ञानको लागि, वस्तुगत ज्ञानको क्षेत्र — ईश्वरशास्त्र, समाजशास्त्र, क्रमविकासवादी जीवशास्त्र, वा जुनसुकै क्षेत्र — बाट निकालिएका केही सत्यताको लागि एउटा सुरक्षित आधार भेट्टाउन र त्यहाँबाट शुरु गरेर नैतिकताजस्तो कुनै कुरा हुन्छ कि र त्यो के हो भनी पत्ता लगाउन तिनीहरू चाहन्छन् । “नैतिकतालाई विज्ञानले परिचालन गर्नुपर्दछ !” भन्ने चाहिँ संशोधनवादीको परिचित रोदन हो । नैतिकताको जमिनमा टेक्नुभन्दा पहिला त्यसको जाँच गर्नु असल हुन्छ । तर यस्ता सबै प्रस्तावनाहरूको एउटा अकाट्य जवाफ हुन्छः ती अति ढिलो आउँदछन् । हामीले हाम्रा कामहरू र कर्त्तव्यहरूको बारेमा प्रश्नहरू सोध्न शुरु गरिसकेका छौं । हामीले यो प्रकारले वा त्यो प्रकारले काम गर्नुका कारणहरूलाई तुलना गर्न शुरु गरिसकेका छौं । वैज्ञानिकीय प्रस्थान-विन्दु जेसुकै भएको भए पनि, त्यो हामीभन्दा धेरै पछाडि छ र हामीले देख्न सक्नेभन्दा टाढामा छ । वास्तवमा नैतिक चेतनालाई घटनाहरूको वृहत्त क्षेत्रभित्र राख्नु, यसका पूर्वमान्यताहरू र संसारमा हुने यसको कामलाई पत्ता लगाउनु एउटा यथोचित आकांक्षा हो, तर हामीले यो जहाँ पाइनुपर्ने हो त्यहीँबाट शुरु गर्नुपर्दछ । त्यहाँ नै हामीले आफैलाई भेट्टाउँदछौं जो घटनाहरूमा अल्झिने सक्रिय विषयहरू हौं । यहाँनेर नै प्राचीन तथा दोहोरिने यो दाबीमा रहेको सत्यताको अंश पाइन्छः तथ्यबाट मान्यताहरू तयार पार्न सकिँदैन । मध्ययुगीन अध्यात्मवादीहरूले यो धारणा लिए कि प्रेम अर्थात् इच्छाको उपयोग, “पूर्व ज्ञानबिना नै” उत्पन्न हुन्छ । बीसौं शताब्दीका दर्शनशास्त्रीहरूले यो कुरालाई अस्वीकार गरे कि “हुन्छ” को अर्थ “हुनुपर्दछ” मात्र हुन सक्दछ ।[3]O’Donovan को टिपोटः John Gerson, Opusculum 1: “Stat amoremnaturalemcausari sine prevoacognittious in re que diligit, mat vel appetit.” यो दाबीको बारेमा धेरै ठूलो द्विविधा भएको छ, जसलाई voluntarism र intuitionism जस्ता वादहरूलाई[4]“Intuitionism” भनेर O’Donovan ले एउटा विशेष दर्शनशास्त्रलाई जनाउँदछन् जसभित्र स्व–प्रमाणका आधारभूत नैतिक प्रस्तावनाहरू पाइन्छन् । थप जानकारीको लागि Stanford Encyclopedia of Philosophy मा अनलाइन पढ्न सकिन्छ । अनुमति दिने कुरा भनी बारम्बार गलत रूपमा लिइएको छ, जुन वादहरूले नैतिक तर्कलाई व्यर्थतामा झारिदिन्छन् । तर हामीले यो प्रस्थान-विन्दुलाई स्वीकार गर्नुपर्दछः नैतिक अनुभव गैर-नैतिक अनुभवबाट निर्माण वा हासिल हुँदैन । यो त अन्य अनुभवसँग जोडिएको अनुभवको सामु बिउँझिन्छ जुन अन्य अनुभव शुरुदेखि नै उपस्थित र भिन्दै किसिमको हुन्छ ।
अनि यो भिन्दै किसिम के हो त ? यदि हामीले पावलको व्याख्यालाई थप पछ्याउने हो भने यो भेट्टाउँदछौं कि ॠणीको भावको साथमा फ्रोनेमा[5]सम्पादकको टिपोटः O’Donovan ले ग्रीक शब्द फ्रोनेमा प्रयोग गर्दछन्, जसले काम उत्पन्न गराउने दिमागको सोचाइलाई जनाउँदछ । त्यसका अनुवादहरू दिमाग, सोचाइ, उद्देश्य, आत्मा, आकांक्षाहरू हुन् जसलाई सन्दर्भअनुसार रोजिनेछ । आउँदछ, जसको अर्थ हुन्छ व्यावहारिक सोचाइ, हामीले के गर्नुपर्ने हो भन्ने कुरासम्बन्धी सोचाइ । व्यावहारिक सोचाइ मानवीय तार्किक अभ्यासहरूको सबैभन्दा साझा स्थान हो, किनकि काम नै मानव अस्तित्वको प्रथम र मूलभूत क्षितिज हो । आफ्नो प्राकृतिक वासस्थानमा भएका जीवजन्तुजस्तै, हाम्रा दिमागहरूलाई काम गर्नुका कारणहरू बुझाउनुपर्दैन, तर ती त आफ्नो निश्चित अधिकारसहित हाम्रा दिमागी वातावरणमा बस्दछन् । हामीले तिनको बारेमा नसोचीकन सोचाइको बारेमा सोच्नै सक्दैनौं । योचाहिँ विशुद्ध निरीक्षणको क्षण हो, जतिबेला हाम्रा व्यावहारिक सोचाइहरू हाम्रो लक्ष्यको विशाल आश्चर्यमा रोकिन्छन्, जतिबेला हामी देखिने ठाउँभन्दा ठीक पछाडि उभिन्छौंः त्यही नै सोचाइको बिरलै हुने र हासिल गरिने क्षण हो र त्यस्तो सोचाइको लागि हामीलाई कुनै किसिमको परिचय चाहिन्छ ।
Oliver O’Donovan, Self, World, and Time, vol. vol. 1, Ethics as Theology (Grand Rapids: William B. Eerdmans Publishing Company), 1-3.
नोट र सन्दर्भहरू
↑1 | सम्पादकको नोटः O’Donovan ले आफ्नो उद्धरणलाई रोमी ८:१२ बाट सापट लिँदछन्, जसरी त्यसलाई अङ्ग्रेजी बाइबलमा यसरी पढ्न सकिन्छ, “Therefore, brethren, we are debtors, not to the flesh, to live after the flesh.” O’Donovan ले अङ्ग्रेजीमा यही अनुवादलाई पछ्याएका छन् । यसभन्दा हल्का फरक तरिकाले, नेपाली संस्करणमा यसलाई यसरी पढ्न सकिन्छ, “यसकारण अब भाइहरूहो, शरीरअनुसार जिउनलाई हामी शरीरका ॠणी होइनौं।” दुईवटा अनुवादहरूमा भएको भिन्नतालाई व्याख्या गर्न नेपाली संस्करणमा एउटा उस्तै गरी मिल्ने फुटनोट दिइएको छः “अक्षरश: ‘मासुअनुसार’ अर्थात् पापी स्वभावअनुसार ।” अर्को शब्दमा, शरीरको मागअनुसार जिउनलाई विश्वासी ॠणी छैनन् भनेर जे नेपाली भाषाले जनाएको छ, सोही कुरालाई अङ्ग्रेजी भाषामा समावेश गरिएको छ; तथापि, उनी पवित्र आत्माद्वारा जिउनका निम्ति ॠणी हुन्छन् । यही सन्दर्भमा रहेर पावलले रोमी आठ अध्यायलाई लेख्छन् । मानिसहरू कि त शरीरप्रति कि त पवित्र आत्माप्रति ॠणी हुन्छन् (रोमी ८:५), विश्वासीचाहिँ शरीरको ॠणी होइनन्; तरै पनि, यसको माने उनी पवित्र आत्माप्रति ॠणी छन् जसले उनलाई जीवन दिनुभयो (रोमी ८:१२) । पवित्र आत्माले विश्वासीमा त्यस्तो केही कुरा पूरा गर्नुभएको छ जुनचाहिँ शरीर (केवल प्राकृतिक प्रयासहरू) ले पुरानो वाचामुनि रहेर पूरा गर्न सकेन (रोमी ८:३-५) । त्यसो भए, म ठान्दछु कि O’Donovan ले भन्नु खोजेको कुराचाहिँ हाम्रा नैतिक बाध्यताहरू हाम्रा ॠणहरूको कारणले र सधैं नै त्यससँग सम्बन्धित भएर आउँदछन् । हामी एउटा नभए अर्को कुराको ॠणीहरू बन्दछौं । यसको माने हामीसित सधैं नै नैतिक बाध्यताहरू हुँदछ । |
---|---|
↑2 | सम्पादकको टिपोटः “शुरुवात” लाई उल्लेख गरेर, O’Donovan ले घटनाहरूको मूल शुरुवातलाई जनाउँदैनन्, तर व्यक्तिको चेतनाको शुरुवातलाई पो जनाउँदछन् । एक व्यक्तिको कर्तव्यको ज्ञान उसका अनुभवहरूको चेतना र तीबारे उसले गर्ने सोचविचारमा पाइन्छ । हामी यो संसारमा जन्मिँदाखेरि पहिलादेखि नै घटनाहरू घटिरहेका हुन्छन् र चाँडै नै हामी ती घटनाहरूबारे सचेत हुन्छौं र त्यसपछि हामीले तीप्रति प्रतिक्रिया जनाउँदछौं । |
↑3 | O’Donovan को टिपोटः John Gerson, Opusculum 1: “Stat amoremnaturalemcausari sine prevoacognittious in re que diligit, mat vel appetit.” |
↑4 | “Intuitionism” भनेर O’Donovan ले एउटा विशेष दर्शनशास्त्रलाई जनाउँदछन् जसभित्र स्व–प्रमाणका आधारभूत नैतिक प्रस्तावनाहरू पाइन्छन् । थप जानकारीको लागि Stanford Encyclopedia of Philosophy मा अनलाइन पढ्न सकिन्छ । |
↑5 | सम्पादकको टिपोटः O’Donovan ले ग्रीक शब्द फ्रोनेमा प्रयोग गर्दछन्, जसले काम उत्पन्न गराउने दिमागको सोचाइलाई जनाउँदछ । त्यसका अनुवादहरू दिमाग, सोचाइ, उद्देश्य, आत्मा, आकांक्षाहरू हुन् जसलाई सन्दर्भअनुसार रोजिनेछ । |