तस्विर क्रेडिट: RAH
तल समावेश गरिएको पोष्टचाहिँ शुरुमा Colson Center (कोल्सोन सेन्टर) को वेभसाइट Breakpoint.org मा BreakPoint: Children Aren’t Optional (अनुवाद: प्रत्यावर्तन आवश्यक भएको विन्दुः नानीहरू भनेको विकल्प होइन) को रूपमा प्रस्तुत लेखको एउटा अनुवाद हो । उक्त लेख John Stonestreet (जोन स्टोनस्ट्रिट) द्वारा लेखिएको थियो।
यस विषय वस्तुको सान्दर्भिकता आफैमा स्पष्ट छ, अनि यस लेखले त्यससँग सम्बन्धी विभिन्न सवालहरूलाई छोटकरीमा सम्बोधन गर्न सफल भएको छ । यसले पश्चिम र टाढाको पूर्वीय भागहरूमा भएका प्रवृत्तिहरूका बारेमा विवरण दिएको र टिप्पणी गरेको भए तापनि, जनवरी २७, २०२२ मा The Kathmandu Post (द काठमाण्डु पोष्ट) मा छापिएको एउटा लेखले नेपालमा समेत त्यसको महत्व कस्तो रहेको छ भन्नेबारेमा पुष्टि गर्दछ, जहाँ २०२१ को जनगणनाले प्रतिमहिला जन्मदर घट्दै गएको विवरण प्रस्तुत गरेको छ । पछि, December 12, 2022 मा, myRepublica.com ले एउटा लेख प्रकाशित गर्यो, “Underpopulation Fears Grow as Fertility Rate in Nepal Halves in Two Decades” । अझ हालसालै, The Kathmandu Post ले निम्न लेख प्रकाशित गर्यो, “Nepal is Ageing as Children’s Share in Population Shrinks” ।
संयुक्त राज्य अमेरिकामा प्रजनन दर गिरावट भइरहेछ । रोग नियन्त्रण केन्द्र (Centers for Disease Control) का अनुसार, औसत अमेरिकी महिलाले उनको जीवनकालमा १.७६ बच्चाहरू जन्माउँछिन् ।
त्यसलाई एउटा परिप्रेक्ष्यमा राख्दा, त्योचाहिँ फ्रान्स, नर्वे र स्वीडेनजस्ता ठूला समकालीन पश्चिमी यूरोपेली देशहरूको भन्दा कम्ती हो । चीनको जबर्जस्त गर्भपतनको इतिहास र पहिलेको “एक-सन्तान,” अहिलेचाहिँ “दुई-सन्तान” को नीति लिएर पनि त्यो चीनभन्दा जम्मा १० प्रतिशत मात्र धेरै हो ।
प्रजनन क्षमतामा आएको गिरावट यतिसम्म गम्भीर भएको छ कि The New York Times (न्यू योर्क टाइम्स्) जस्ता प्रकाशकहरूले समेत यस गिरावटको पछाडि के कारण छ भनी प्रश्न गर्न थालेका छन् । वास्तवमा, Times (टाइम्स्) ले भर्खरै एउटा लेख निकालेको थियो, जसको शीर्षक यस्तो थियो “Americans are having fewer babies. They told us why.” (अनुवाद: “अमेरिकी नागरिकहरूले थोरै बच्चाहरू जन्माइरहेका छन् । किन हो? उनीहरूले हामीलाई बताए”) ।
यसको जवाफ एउटै शब्दमा थियो, “आर्थिक” । “एक बच्चा हुर्काउनु साह्रै महङ्गो छ” भन्ने कुराबाट डोहोर्याइँदै, त्यसको पाँचमध्ये चारवटा जवाफहरूमा आर्थिक वा वित्तीय कारणहरू भनेर देखाइयो । आर्थिकबाहेकका दुईवटा मुख्य कारणहरूचाहिँ “आफूसित भएका नानीहरूलाई बढी समय दिन चाहन्छु” र “अझ बढी फुर्सदको समय चाहन्छु” भन्ने थिए ।
ती सबै प्रतिक्रिया जनाउनेहरू गम्भीर थिए भन्ने कुरामा म कति पनि शङ्का गर्दिनँ । मानिसहरूले कहिले नानीहरू पाउने र कतिवटा नानीहरू पाउने भन्ने कुराको छनोटमा आर्थिक र वित्तीय मान्यताहरूले अवश्य पनि एउटा महत्वपूर्ण भूमिका खेल्दछ।
तर त्यसको निम्ति मुख्य शब्दहरू “कहिले” र “कतिवटा” भन्ने हुन् । उक्त Times (टाइम्स्) को लेखमा कुनै पनि कुराद्वारा सांस्कृतिक अनुमानहरूलाई चुनौती दिएको छैन जब कि पश्चिमी जगत्मा आर्थिक मान्यताहरूले भन्दा पनि बढी यसैले प्रजनन दरलाई तल झारिरहेको छ ।
विचार गरिनुपर्ने पहिलो अनुमान भनेको पश्चिममा “राम्रो जीवन (अर्थात् असल जीवन)” भन्नुको माने के हो ? लूका १२ मा, येशूले भन्नुहुन्छ, “होसियार रहो ! र आफूलाई लोभबाट जोगाइराख; किनकि मानिसको जिन्दगीचाहिँ त्यससँग भएको सम्पत्तिको भरपूरीमाथि आधारित छैन ।” कलस्सी ३ मा, पावलले लोभलाई मूर्तिपूजाको एउटा रूप हो भनी भन्दछन् ।
तर राम्रो जीवनबारे आधुनिक विचारहरूले यसलाई शिरबाटै घुमाइदिन्छ । लोभ नै यस्तो माध्यम बनेको छ जसद्वारा व्यवसायीहरूले हामीलाई सामानहरू बेच्दछन् । हाम्रो राष्ट्रमा त्यो नै प्रमुख क्रयविक्रय (बजार गर्ने काम) को रणनीति भएको छ । वास्तवमा, हामीलाई अब उसो सामानहरूसमेत बेचिँदैन; हामीलाई अनुभवहरू, आत्मपूर्ति, नवीनता, अनि सबैभन्दा बढी त कुनै पनि रोकावट वा संयमता र परिणामहरूबाटको स्वतन्त्रता बेचिँदछ ।
अनि त्यो त्यतिखेर विशेष गरी सत्य हुँदछ जब त्यो यौनको बारेमा आइपुग्दछ । हामीलाई बेचिएको व्यक्तिगत स्वतन्त्रताको विचारले यौन र विवाहको मात्र होइन, तर विवाह र नानीहरूबीचको कुनै पनि अन्तर्निहित सम्बन्धलाई इन्कार गर्दछ । एक उदार टिप्पणीकारले त्यसलाई यसरी भने – थुप्रै अमेरिकीहरूको निम्ति नानीहरू जन्माउनु भनेको प्रतिष्ठित (क्लासिक) कारहरू जम्मा गर्नु वा सुगालाई हुर्काइनका निम्ति भनेर बनाइएका संसारमा भएका सबै आश्रय-स्थानमा भ्रमण गर्नुजस्तै एउटा स्वाधिन वा डविवेकसम्मत कार्य हो ।
दुर्भाग्यवश, “थुप्रै अमेरिकीहरू” मा ख्रीष्टियानहरू पर्दछन् । यौन, विवाह, र नानीहरूबीचमा हुने स्थिर वा नटुट्ने सम्बन्धचाहिँ, हुन सक्छ ख्रीष्टियान परिधिमा सबैभन्दा बढी इन्कार गरिएको, तरै पनि सबैभन्दा स्पष्ट बाइबलीय सिद्धान्त हुन् ।
मलाई यो थाह छ किनकि हरेकपटक जब हामीले गर्भनिरोधक, वा सरोगेसी, वा नानीहरू जन्माउने आवाजहरूको बारेमा विषयहरू उठाउँदछौं, हामीले त्यस्ता थुप्रै आलोचनाहरू पाउँदछौं । विशेष गरी जब म जवान ख्रीष्टियानहरूसित कुरा गर्दछु, म उनीहरूमा यौन र विवाहको बीचको सम्बन्धलाई महशुस गर्ने तुल्याउन सक्छु, तर यौन, विवाह र नानीहरू — ख्रीष्टियानको लागि — एउटा सँग-सँगै आउने कुराहरू हुन् भन्ने जुन विचार छ, त्यसलाई बिकाउन वा बुझ्ने तुल्याउन अत्यन्तै गाह्रो हुन्छ ।
सबै जातिका ख्रीष्टियानहरूले यो बुझ्नुपर्दछ कि स्वबलिदान नै बाइबलले बताउने जे राम्रो जीवन छ, त्यसको केन्द्रमा हुँदछ । हाम्रो जीवनलाई बचाउने एउटै मात्र तरिका भनेको त्यसलाई गुमाएर नै हो । थुप्रै ख्रीष्टियानहरूको लागि, त्योचाहिँ नानीहरूद्वारा शुरुवात हुनुपर्दछ ।
जसरी हामीले पहिल्यै भनिसकेका छौं, मानवजातिको निम्ति “शुरुदेखि नै” विवाहसित परमेश्वरको योजनामा जोड्ने र उत्पादन गर्ने कार्यहरू हुँदछ । त्यही भएर नै हामी त्यस्ता दम्पतीहरूसित दुःख मनाउँदछौं जोहरूले बाँझोपनको त्यस गहिरो पीडालाई अनुभव गरेका हुन्छन् । हामी जान्दछौं त्यहाँ केही कुरा गलत छ । अर्कोतर्फ, नियतवश बच्चारहित रहेका विवाहहरू परमेश्वरले विवाहको निम्ति बनाउनुभएको उद्देश्यसित मेल खाँदैन । अहिले हाम्रो प्रजनन दर जति छ, यदि त्योभन्दा तीन गुणा बढी भइदिएको भए पनि यो सत्य हुने थियो ।
तर, पक्कै पनि, त्यस्तो छैन, जसले मलाई कतै हामीले आफ्ना सङ्केतहरू गलत श्रोतहरूबाट लिइरहेका पो छौं कि भनेर सोच्ने तुल्याउँदछ अर्थात् यस्तो संस्कृतिबाट जसले आफ्नै पूजा गर्दछन्, राम्रो जीवन मानेर संयमता वा रोकावट र परिणाम्हरूबाट स्वतन्त्रता खोज्दछन्, र अन्तत्वगत्वा विवाह र प्रजननको प्रसङ्गहरूबाट यौनको आनन्दलाई अलग पारिदिँदछन् ।