पछिल्लो अपडेट: फेब्रुअरी 8, 2023
तस्विर क्रेडिट: Wikimedia Commons
ख्रीष्टियानहरूले देह-धारण भन्ने शब्द बारम्बार प्रयोग गर्दछन् । अनि त्योचाहिँ यस कुरालाई बाइबलले विभिन्न तरिकाहरूद्वारा के-कसरी व्याख्या गर्छ र पुष्टि गर्दछ भन्ने कुरालाई निष्कर्षमा ल्याउनको निम्ति होः अनन्त परमेश्वरले उहाँको ईश्वरीय गुणलाई नत्यागीकन एक मानिसको गुणलाई मानिलिनुभयो ।[1]Cf. यूहन्ना १:१-४, १ तिमोथी ३:१६, etc. त्यहीअनुसार, येशू ख्रीष्ट, एक व्यक्तिमा परमेश्वर र मानिसको नयाँ सम्बन्धले मुक्तिको आधारलाई तय गरायो । पापी मानिसहरूले आफ्नो मुक्ति आफै प्राप्त गर्न सक्दैनथे; परमेश्वरले अनुग्रही हुनुभएर येशू ख्रीष्टमा विश्वास गर्नेलाई उक्त मुक्ति दिनुहुनेथ्यो, किनकि ख्रीष्टले आफ्नो शरीरद्वारा यस्तो बलिदान गर्नुभयो जुनचाहिँ मानिसको निम्ति उपयुक्त र परमेश्वरलाई खुसी पार्ने खालको थियो (१ पत्रुस ३:१८) ।[2]“किनकि हामीलाई परमेश्वरकहाँ पुर्याउनलाई ख्रीष्टले पनि – धर्मी जनले अधर्मीहरूका निम्ति – पापहरूका लागि एकपल्ट दुःख भोग्नुभयो र शरीरमा उहाँ मारिनुभयो, तर आत्माद्वारा उहाँ जीवित पारिनुभयो ।” त्यस बलिदानको तात्पर्य अपमानदेखि विजयसम्म भन्ने विचारहरूद्वारा बुझिँदछ । येशूले यस्तो अपमानलाई सहनुभयो जुन अरू मानिसहरूले सहनुपर्नेथ्यो ता कि उहाँले आफ्नो अनुग्रहअनुसार मानिसलाई आदर र महिमा दिन सक्नुभएको होस् । येशूको महिमाचाहिँ उहाँ मृत्युबाट बौरेर उठिसक्नुभएपछि प्रायः गरी सबै प्रकट भए; उहाँको अपमानचाहिँ उहाँको दैनिक जीवनका विभिन्न अनुभवहरू र गतिविधिहरूमा बारम्बार एकपछि अर्को समयमा व्यक्त भएको थियो ।
हेर्मन बेभिन्ङ्कले हाम्रा प्रभुको देह-धारण, मानवीय शरीरमा उहाँको जन्म जसले उहाँको अपमानलाई बाध्य पार्यो र शुरुवात गरायो, यसबारे यसरी लेख्छन्:
ख्रीष्टले परीक्षित हुनका लागि, दुःख भोगेर आज्ञाकारिता सिक्नका लागि, संघर्ष गर्नका लागि र हामीलाई हाम्रा कमजोरीहरूमा सहानुभूति दिनका लागि आफैलाई पवित्र पार्न संघर्ष गर्न र एक दयालु र विश्वासयोग्य महापूजाहारी हुनका निम्तिः छोटकरीमा भन्नुपर्दा दुःख भोग्न र मर्नको निम्ति त्यस्तो एक कमजोर मानवीय स्वभावलाई मानिलिनु परेको थियो । यसअर्थमा भन्नुपर्दा उहाँ पतनअघिको आदमजस्तो हुनुभए तापनि उहाँ पापरहित हुनुहुन्थ्यो, अर्को तवरले आदमभन्दा धेरै नै फरक हुनुहुन्थ्यो । किनकि आदम ता एकैपटक वयस्क सृष्टि गरिएका थिए, तर ख्रीष्टचाहिँ मरियमको गर्भमा गर्भधारण हुनभएको थियो र एक असहाय बालकको रूपमा जन्मनुभएको थियो । जब आदम आएका थिए, उनको निम्ति सबै कुराहरू तयारी अवस्थामा खडा थिए, तर जब ख्रीष्ट पृथ्वीमा आउनुभयो, कसैले पनि उहाँको आगमनको वास्ता गरेका थिएनन् र उहाँको निम्ति घरमा त्यहाँ कुनै पनि ठाउँ थिएन । आदम शासन गर्नका निम्ति, अनि पूरै पृथ्वीलाई आफ्नो अधीनको वशमा राख्न आए । ख्रीष्ट सेवा गरिनलाई होइन, तर सेवा गर्न, अनि धेरैका निम्ति आफ्नो जीवन छुटकाराको दामको रूपमा दिनका निम्ति आउनुभयो ।
परमेश्वरको पुत्रको देह-धारण त्यसैकारण एउटा विनम्रताले भरिएको भलाइको कार्य मात्र थिएन, जस्तो कि यो अझ पनि एउटा उच्चकोटीको अवस्थामा रहन्छ; तर यो उति नै खेर एउटा गहिरो अपमानको कार्य थियो । अपमान, उक्त गर्भधारण आफैबाट शुरु भएको थियो, अनि उहाँको जीवनभरी त्यो निरन्तर रहिरह्यो – उहाँको मृत्यु र चिहानसम्म नै । ख्रीष्ट एउटा आदर्श-वाक्य उत्कृष्ट भएको, जसले हरेक बाधा-व्यवधानहरूमाथि विजयी हासिल गर्नुहुने, र अन्त्यमा आफ्नो प्रसिद्धिको शिखर चुम्नुहुने एक मानवीय शुरवीर हुनुहुन्नथ्यो । त्यसको विपरितमा उहाँ सधैं तल अनि गहिराइमा झर्नुभयो र हामीसँगको सङ्गतिमा अझ घनिष्ठ रूपमा तल आउनुभयो । यी गहिराइहरूमा पुग्ने पाइलाहरू ती तहहरू वा चरणहरूद्वारा जनाइए थिएः गर्भधारण, जन्म, नासरतमा निम्न स्तरको जीवन, बप्तिस्मा र परीक्षा, विरोध, तुच्छ पारिनु, अनि सतावट, गत्समनीमा भारी व्यथा, कायफा र पिलातसको सामु दोष लगाइएको, क्रूसमा टङ्गाइ, मृत्यु, अनि गडाइ । यस बाटोले उहाँलाई पितासँगको आफ्नो घरदेखि अझ टाढा तल पुर्यायो, अनि त्यसले हामीलाई चाहिँ हाम्रो पाप र हाम्रो मृत्युको सङ्गतमा कहिल्यै नपुर्याएको नजिकमा पुर्यायो, यस बेलासम्मको लागि जतिबेला अन्तत्वगत्वा उहाँले आफ्नो दुःख भोइको सबैभन्दा गहिराइमा उहाँले परमेश्वरबाट त्यागिनुभएको कुराबारे अत्यन्तै व्याकुल रोदनले उच्चारण गर्नुभयो । अनि त्यसपछि उहाँले विजयको चिच्याहटको पनि उच्चारण दिन सक्नुभयोः पूरा भयो !
Bavinck, Herman. The Wonderful Works of God: Instruction in the Christian Religion According to the Reformed Confession. Glenside, Pennsylvania: Westminster Seminary Press, 2019.
नोट र सन्दर्भहरू