तस्विर क्रेडिट: RAH
तर्कहरूलाई बारम्बार तिनले सत्यतालाई प्रतिनिधित्व गर्दछ भन्ने मान्यतामा बसालिँदछन् — अथवा, कम्तिमा आफ्ना श्रोताहरूलाई यही नै हो भन्ने किसिमले मनाउन तिनलाई (अर्थात् तर्कहरूलाई) मिलाइएका हुन्छन् । यसलाई हामीले अर्को तरिकाले भन्न सक्छौं कि तर्कहरू प्रायःजसो त्यसमा झूटापन हुन सक्दैन वा असम्भव छ भन्ने तरिकाले निर्माण गरिन्छन्, अनि यही मात्रै बुझाइमा भर परोस् भन्ने किसिमले तिनको प्रभावी बनाइँदछ । तर यो बुझाइ कसरी प्राप्त हुँदछ त ? जसरी बौरिउठाइप्रति पावलको व्यवहारलाई हामीले देख्दछौं, उसको तरिकाचाहिँ अरू प्रायःको भन्दा हल्का भिन्न छ: उसले आफ्ना पाठकहरूलाई यदि ख्रीष्टियान अभिलेख वास्तवमै त्रुटीपूर्ण पो छ कि भन्ने अवस्थाहरूलाई कल्पना गर्नका निम्ति भन्दछन् । उसले प्रश्न गर्छन्, येशू ख्रीष्ट यदि मृत्युबाट बौरिउठ्नु नभएको भए के हुन्थ्यो ? उसले त्यसपछि यस प्रश्नको जवाफहरू दिन्छन्: “यही जीवनमा मात्र हामीले ख्रीष्टमा आशा राखेका छौं भने सबै मानिसहरूमध्ये हामीचाहिँ सबैभन्दा दुःखी हौं ।” थप लामो उद्धरण यसप्रकारले पढ्न सकिन्छ:
किनभने मरेकाहरू बौराइँदैनन् भने ख्रीष्ट पनि बौरिउठ्नुभएन । अनि यदि ख्रीष्ट बौरिउठ्नुभएन भने तिमीहरूको विश्वास व्यर्थै हो; तिमीहरू अझै पनि आफ्ना पापहरूमै छौ । तब ख्रीष्टमा सुतेकाहरू पनि नष्ट भए । यही जीवनमा मात्र हामीले ख्रीष्टमा आशा राखेका छौं भने सबै मानिसहरूमध्ये हामीचाहिँ सबैभन्दा दुःखी हौं । तर अबचाहिँ ख्रीष्ट मरेकाहरूबाट बौरिउठ्नुभएकै हो, र सुतिजानेहरूमध्ये पहिलो फल हुनुभएको छ। (१ कोरिन्थी १५:१६-२०)
जसरी अरूहरूले पनि पहिल्यै उल्लेख गरिसकेका छन्, यो एउटा असाधारण बहस हो । पावलले वास्तवमा, आफ्ना पाठकलाई बौरिउठाइको तथ्यलाई यो एउटा काल्पनिक कथा नै हो जस्तो गरी लिन भन्दछन् । यो एउटा असाधारण खालको तर्क हो, किनभने त्यसले यस्तो एउटा आधार दिँदछ जसमाथि अन्तत्वगत्वा अत्यन्तै आलङ्कारिक कुराको भर पर्नुपर्ने बनाइँदछ — यस्तो बलियो, भावनात्मक मतहरू जसलाई कहिलेकाहीँ तथ्यहरूको अनुपस्थिति (वा इन्कारी) मा खडा हुने तुल्याइँदछन् । त्यसो भए, बौरिउठाइको तथ्य त्यसप्रकारको हुन्थेन भने पनि जे होस् ख्रीष्टियान जीवनमा रहने ती थुप्रै फाइदाहरूलाई पावलले उजागर गरिदिओस् भन्ने अपेक्षा जसकसैले गर्ने थिए । यदि बौरिउठाइ एउटा काल्पनिक कुरा भइदिएको भए, मरेकाहरूबाट ख्रीष्ट बौरेर उठ्नु नभएको भए, केचाहिँ बाँकी रहन्थ्यो, उसले पाठकलाई सोध्दैछन् । यदि अवस्था त्यस्तै हो भने, उसले स्वीकार्छन्, त्यहाँ कुनै सान्त्वनाहरू छैनन्, कुनै सन्तोषजनक राहत छैनन् । त्यस्तो अवस्थामा, पावलले यो लेख्छन् कि विश्वासीहरूको निम्ति अझै पनि रहने जे-जस्ता प्रासङ्गिक कुराहरू छन् — उनीहरूको मनको सापेक्षिक शान्ति, उनीहरूको नयाँ मनोभावहरू, वा उनीहरूले पापलाई सद्गुणसित साटेका कुराहरूमा समेत — उसले कुनै सान्त्वना पाउँदैनन्; बरु, उसले यस्तै गरी भन्छन् कि त्यसप्रकारको जीवन त — त्यसको वर्तमान र व्यवहारिक फाइदा जेसुकै भए पनि — जिउने योग्यको छैन । पावल सुस्पष्टसित एक उपयोगीतावादी (यूटिलिटेरियन)[1]उपयोगितावाद (युटिलिटारियानिज्म) एउटा यस्तो दर्शनशास्त्र हो जसका धेरैवटा प्रकारहरू भए तापनि, त्यसले यो सिकाउँदछ कि मानिसले सबैभन्दा बढी उपयोगी हुने तरिकालाई — सबैभन्दा ठूलो फाइदा र आनन्द दिने कुरालाई — रोज्नुपर्दछ । अर्को … पढ्न जारी राख्नुहोस् होइनन् ।
* * *
पावलले, त्यसो भए, कम्तिमा पनि यहाँ अध्याय १५ मा (कसैलाई) मनाउन लेख्दैछैनन्, जसरी उनले बौरिउठाइले अहिले माग गर्ने जीवनको चरित्रको बारेमा वर्णन गर्न लागिपरेका छन् । बौरिउठाइ र त्यससँगै आउने परिणामहरूको बारेमा उनी यतिसम्म समर्पित छन् कि उनले आफ्ना पाठकहरूलाई मानिसमाथि हुने त्यसको पन्छाउनै नसकिने दाबीहरूलाई प्रमाणित गर्न त्यसको त्रुटीपूर्णतालाई कल्पना गर्न लगाउँछन् । अर्को शब्दमा भन्नुपर्दा, हामीले यो भन्न सकौंला कि पावलले येशूको बौरिउठाइको सत्यतामाथि आधारित गर्नका निम्ति यही जीवनका तर्क र बाध्यताहरू बनाउँदछन् । यो एउटा महत्वपूर्ण भिन्नता हो, किनभने बौरिउठाइले पक्कै पनि आउनेवाला संसारको चरित्रलाई परिभाषित गरे तापनि, पावलले औंल्याउनु खोजेको वृहत्त आशयचाहिँ त्यसको तथ्य वा कथनले अहिलेको जीवनलाई निर्देशित गर्दछ भन्ने हो । त्यस्तो कसरी हुन्छ त ? किनभने, यदि यो साँचो हो भने, येशू ख्रीष्टको बौरिउठाइले यो कुरालाई पुष्टि गर्दछ कि जीवन अब अत्यन्त भिन्न मान्यताहरू र अपेक्षाहरूअनुसार अगाडि बढ्दछ जसलाई प्रायः नैतिक र व्यवहारिक कारणद्वारा स्वीकार गरिन्छ । वर्तमान समयमा, पापहरू र मूर्तिपूजाहरूलाई प्रायः सत्य सावित गराइन्छन्, अनि सांसारिक विज्ञापनको निम्ति समेत सिफारिस गरिन्छन् । एउटा, यसो भन्ने गरिन्छ, अगाडि बढ्नको निम्ति यो वा त्यो गर्नैपर्छ; तर यसको विरुद्धमा, बौरिउठाइले यो कुरालाई प्रकट गर्दछ कि वर्तमान व्यवस्थाचाहिँ वास्तवमा बौरिउठ्नुभएको परमेश्वरको पुत्रमा प्रकट भएझैं धार्मिकता र जीवनको निम्ति जिम्मेवार छ ।
येशू ख्रीष्टको बौरिउठाइचाहिँ, त्यसो भए, एउटा पूरै भिन्न क्रमको सकारात्मक प्रमाण हो, जसले वर्तमानको मान्यताहरू र झूटा मनोभावहरूलाई प्रष्टै देखिनेगरी अस्वीकार गर्दछ । यदि ख्रीष्ट येशू बौरिउठ्नुभएको छैन भने, तब जीवनचाहिँ (यसो भन्न सकिएला) उहिलेका युगहरूका नैतिकताहरू र सिद्धान्तहरूको र तिनका विचारहरूमा अघि बढ्छन्, जतिबेला धार्मिकताले वास्तवमै भन्ने हो भने जीवनलाई डोर्याउँदछ भन्ने बौरिउठाइको दृढता जुन छ, त्यसको कमी थियो । यदि येशू ख्रीष्ट बौरिउठ्नुभएको छैन भने, आनन्दवाद (मोजमस्तीपना) ले समेत टेबलमा (मोजमस्ती गर्नमा) एउटा स्थान पाउन सक्दछ (१ कोरिन्थी १५:३२) । तरै पनि, पावलको आशय यो हो कि बौरिउठाइले यी सबै कुराहरूलाई उचित ठहर्याउन नसकिने विगत हुन् भनेर पन्साइदिँदछन् — यी सबै किन त भन्दा बौरिउठाइले सुसमाचारको सत्यतालाई पुष्टि गर्ने भएकाले नै हो । यसमा इस्राएलको निम्ति दिइएको सिनाइको वाचा[2]मूलभूत रूपमा, योचाहिँ पावलले गलातीहरू र कलस्सीहरूलाई आफूले लेखेका दुवै पत्रहरूमा तिनले गरेका तर्कहरूको अंश हो । जस्तै गलाती ३:१८ जस्तो खण्डलाई ध्यान दिनुहोस्, “किनकि पैतृक सम्पत्ति व्यवस्थाद्वारा पाइने हो भने … पढ्न जारी राख्नुहोस् र ग्रीकको बुद्धिको विचार समावेश हुँदछ; धर्मको परिभाषा सही सावित हुन्छ; कर्म एउटा ठगी हो ।
यसले पावललको निम्ति जीवन र अभ्यास — बौरिउठाइ र नैतिकता — र उसले प्रचार गरेको सुसमाचार कसरी एकसाथ बाँधिएका छन् भनेर देखाउँदछ; अनि त्यसरी उसले आफ्नो आशयलाई तरै पनि एउटा अत्यन्तै भिन्न तरिकाद्वारा बनाउँदछन् । उसले विश्वासीहरूलाई लेख्छन्, “अनि यदि ख्रीष्ट बौरिउठ्नुभएन भने तिमीहरूको विश्वास व्यर्थै हो; तिमीहरू अझै पनि आफ्ना पापहरूमै छौ ।” हामीले भनौंला कि पावलले येशू ख्रीष्टमाथि राखिने विश्वासको उचित आधार र विजयलाई प्रष्ट पार्नको लागि एउटा सैद्धान्तिक कथा लेख्दछन् । बौरिउठाइ यस्तो एउटै तथ्य बन्दछ जसले अन्य सबै विरोधमा रहेका “सत्यता” हरूलाई झूटो ठहर्याइदिँदछ ।
उठाइ नै ती सबै व्यक्तिगत र व्यर्थका धर्महरूको विरुद्धमा पर्याप्त प्रकाश हो । पावलले एथेन्सवासीहरूलाई सम्बोधन गर्दा यस्तो धेरै कुरा बताउँदछन् जुन प्रेरित १७:२९-३१ मा पढ्न पाइन्छः
यसकारण हामी परमेश्वरकै सन्तान भएका हुनाले परमेश्वरत्वचाहिँ मानिसको कारिगरी र कल्पनाद्वारा कुँदेर बनाइएको सुन वा चाँदी वा ढुङ्गाको मूर्तिजस्तो हुन्छ भनी हामीले सोच्नुहुँदैन । तर त्यस अज्ञानताको समयहरू परमेश्वरले वास्ता गर्नुभएन, तर अब उहाँले सबै ठाउँमा सबै मानिसहरूलाई पश्चात्ताप गर्नू भन्ने आज्ञा गर्नुहुन्छ । किनभने उहाँले एउटा दिन ठहराउनुभएको छ, जुन दिनमा उहाँले आफूले नियुक्त गर्नुभएको मानिसद्वारा धार्मिकतापूर्वक संसारको न्याय गर्नुहुनेछ; उहाँलाई मरेकाहरूबाट बौराएर उठाईकन उहाँले सबै मानिसहरूलाई यस कुराको प्रमाण दिनुभएको छ ।
यहाँ, पावलले बौरिउठाइलाई त्यस सिद्धान्त बनाउँदछन् जसको आधारमा मूर्तिपूजालाई सदैव दोषी ठहर्याइन्छ । पावलले कुनै पनि तरिकाले विगतका मूर्तिपूजाहरूलाई सत्य प्रमाणित गर्दैनन्; तर बरु, येशू ख्रीष्टको शारीरिक बौरिउठाइले अन्य सबै झूटा मूर्तिहरूको साथ-साथै तिनको निर्माण तथा आराधनालाई ठीक ठहर्याउन प्रयोग गरिने नैतिकतालाई पनि पर्याप्त मात्रामा दोषी ठहर्याउँदछ । जीवित येशू नै परमेश्वरको प्रतिरूप हुनुहुन्छ (हिब्रू ३:१-३, २ कोरिन्थी ४:४) ।
नोट र सन्दर्भहरू
| ↑1 | उपयोगितावाद (युटिलिटारियानिज्म) एउटा यस्तो दर्शनशास्त्र हो जसका धेरैवटा प्रकारहरू भए तापनि, त्यसले यो सिकाउँदछ कि मानिसले सबैभन्दा बढी उपयोगी हुने तरिकालाई — सबैभन्दा ठूलो फाइदा र आनन्द दिने कुरालाई — रोज्नुपर्दछ । अर्को शब्दमा, एउटा रोजाइको नैतिकतालाई त्यसको शर्तअनुसार निर्धारण गरिन्छ । पक्कै पनि, यसले भिन्न मानिसहरूलाई भिन्न अर्थ दिनेछ । अनि एउटा मानिसले आफ्नै भलाइको लागि रोज्ने कुरा प्राप्त गर्दा उसको छिमेकीलाई हानि पुग्न सक्दछ । जेरेमी बेन्थामलाई आधुनिक उपयोगितावादका संस्थापक मानिन्छ । |
|---|---|
| ↑2 | मूलभूत रूपमा, योचाहिँ पावलले गलातीहरू र कलस्सीहरूलाई आफूले लेखेका दुवै पत्रहरूमा तिनले गरेका तर्कहरूको अंश हो । जस्तै गलाती ३:१८ जस्तो खण्डलाई ध्यान दिनुहोस्, “किनकि पैतृक सम्पत्ति व्यवस्थाद्वारा पाइने हो भने प्रतिज्ञाद्वारा हुँदै होइन; तर परमेश्वरले प्रतिज्ञाद्वारा अब्राहामलाई त्यो दिनुभयो ।” कलस्सी २:२० ले त्योसँग सम्बन्धित एउटा कुरा बताउँदछ । बौरिउठाइ आदमको जीवन र तिनका श्रोतहरूभन्दा अलग्गै जीवनको अर्को क्रम बनाउने कार्यमा यति आमूल परिवर्तनकारी हुन्छ कि त्यसले पहिलाका क्रमहरूलाई वर्तमान युगमा असान्दर्भिक बनाइदिन्छ । |

